योगमाया स्रष्टा सम्मान कार्यक्रम सम्पन्न

२२ अषाढ,काठमाडौँ, नेपाल प्रज्ञा प्रतिष्ठानमा स्रष्टा समाज नेपालको  प्रायोजनमा योगमाया दिवस सम्पन्न भएको छ |  स्रष्टा समाज नेपालले हरेक वर्ष योगमायाको नाममा सम्मानहरू प्रदान गर्ने गरेको छ । त्यसै सन्दर्भमा तीन व्यक्तित्वहरूलाई सम्मानित गरिएको हो ।
वासु शशी स्मृति परिषद्का उपाध्यक्ष वरिष्ठ साहित्यकार हिरण्यकुमारी पाठक, योगमाया राष्ट्रिय नारी स्रष्टासम्मान २०७८’ द्वारा सम्मानित, साहित्यकार रुकु कार्की, योगमाया राष्ट्रिय नारी स्रष्टासम्मान २०७९बाट सम्मानित र सामाजिक अभियन्ता मोहनकुमार बस्नेत योगमाया न्यौपाने अभियन्ता राष्ट्रिय सम्मान २०७९’ द्वारा सम्मानित हुनुभएको छ ।

कार्यक्रममा श्रीओम श्रेष्ठ रोदनद्वारा सबैको स्वागत गरिएको थियो भने प्रा.डा. गोविन्दमान सिंह कार्कीद्वारा पुरस्कृत व्यक्तित्वको परिचय दिइएको थियो । प्रा. डा. कार्कीले योगमायाबारे विशेष अध्ययन अनुसन्धान गरेर २०६९ सालमा ‘समाज सुधारक योगमाया’ शीर्षकको पुस्तक प्रकाशित गराउनु भएको थियो । साझा प्रकाशनले सो पुस्तकको तेश्रो संंस्करण प्रकाशित गरिसकेको जानकारी दिइएको थियो ।
योगमाया राष्ट्रिय नारी स्रष्टा सम्मानका संस्थापक पवन आलोक र योगमाया न्यौपाने अभियन्ता राष्ट्रिय सम्मानका संस्थापक राजेश न्यौपानेले योगमाया बारे बोल्नु भएर योगमायालाई राष्ट्रिय विभूति घोषणा गर्नु पर्ने माग दोहोर्याउनु भएको थियो ।
कार्यक्रममा कार्यक्रमका प्रमुख अतिथि प्रज्ञा प्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेती, हिरण्यकुमारी पाठक, रुकु कार्की, मोहनकुमार बस्नेतले पनि मन्तव्य प्रकट गर्नुभएको थियो । स्रष्टा समाजका अध्यक्ष विधान आचार्यको सभापतित्वमा र समाजका सचिव जानु धितालले कार्यक्रम सञ्चालन गर्नु भएको थियो ।

Comments are closed.