आगलागीबाट विभिन्न धनमाल जलेर नष्ट

उदयपुर, २६ फागुन

रौतामाई गाउँपालिका-५ डुडे बस्ने मान बहादुर कटुवालको रौता राकुली कृषि तथा पशुपन्छी फर्ममा विद्युत सर्ट भई शुक्रबार बिहान आगलागी हुँदा बाख्रा, खसि, बोका र पाठापाठीसहित फर्म पूर्णरूपमा जलेर करिब ४४ लाख ६ हजार रूपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।

प्रहरीले स्थानीय बासिन्दाको सहयोगमा आगलागी नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ

Comments are closed.