आग्रह

प्रिय उज्यालो

प्रणय दिवसको पुवृ सन्ध्यामा

अनुभूत गर्नू प्रेमलाई

छुनु आत्माको गहिराईबाट

समयले कोरेका परिधिभित्रबाट

बोलाउनु मलाई आभासका मैदानहरूमा

चुम्नु आखाले मेरो अधर

 

अलिकती सुस्ताउनु

सम्झनाका तरेलीहरूमा

आउनेछु हावासँग बयली खेल्दै

स्पर्श गर्नु मेरो सुगन्ध अनि

समाहित गर्नु तिमी मलाई

तिमीले फेर्ने हरेक स्वासहरूमा

 

प्रेमको अनन्त यात्राभरि

ओझेल पर्न नदिनु कतै घुम्ति मोडहरूमा 

बाधेर राख्नु मलाई स्मृतिको अुगालोमा

सुनाउनु ह्रदयको स्पन्दन हर पल

अमर बनाउँदै हाम्रा प्रेम कविताका हरफहरूमा

 

सुमन वर्षा

काठमाडौँ, नेपाल

  

sumanbarsha.np@gmail.com

Comments are closed.