आधुनिक समय र परिवर्तित चाडपर्व

विराटनगर, कार्तिक ९ गते । तिहारमा झिलिमिली उज्यालो सँगै खेलिने देउसीभैलोमा आधुनिकताले सांस्कृतिक विचलन ल्याएको छ । देउसीमा पप संगीत, सिनेमाको गीत र नाच गानले गर्दा एतिहासिक शैली हराउदै गएको छ । देउसीभैलो आजकाल कमै खेलिने गरिएको छ । आफ्नो परम्परागत मौलिकता नबुझि सिनेमा र पप गीतलाई देउसीभैलोको आवरण बनाउनु “कल्चरल लस” हो । चाडपर्वले देशको पहिचान बोकेको हुँदा यसको आधुनिकिकरण गर्नु भन्दा अगाडि यसमा ध्यान जानु आवश्यक छ । स्कुलको पाठ्यक्रममा चाड पर्व के हुन र कसरी मनाउनु पर्छ भन्ने बारेमा सही जानकारी राखिनु पनि आवश्यक छ । मौलिकता हराउदै गरेकोे समाजको रुपान्तरण चाडपर्वको एतिहासिकताबाट सम्भव छ । एतिहासिकताको खोज नै सही पहिचान हो । हामीले अग्रजहरुबाट सिकने परम्पराको आविस्कार गर्नु नै आधुनिक युगको माग हो ।

Comments are closed.