काठमाडौं । अलपत्र परेको गौतम बुद्ध अन्तराष्ट्रिय क्रिकेट रंगशाला निर्माणको काम पुनः सुरु हुने भएको छ ।
भरतपुर महानगरपालिकाले चितवनको भरतपुर महानगरपालिका–१५ रामपुरमा रहेको सो क्रिकेट रंगशाला निर्माणका लागि टेण्डर आह्वान गरेको छ ।
महानगरपालिकाले रंगशालाको पहिलो चरणको निर्माण कार्यका लागि १ अर्ब १० करोड रुपैँयाको टेण्डर आह्वान गरेको हो । महानगरपालिकाले बिहीबार सार्वजनिक सूचना जारी गरेर इच्छुक र योग्य कम्पनीलाई एक महिनाभित्र आवेदन पेश गर्न आह्वान गरेको छ ।
धुर्मुस–सुन्तली फाउन्डेसनले निर्माण सुरु गरेको सो मैदान निर्माणमा आर्थिक सहयोग जुटाउन नसकेपछि महानगरपालिकालाई स्वामित्व हस्तान्तरण गरेको थियो । झण्डै तीन वर्षदेखि अलपत्र अवस्थामा रहेको मैदान निर्माणको काम महानगरले अघि बढाएको हो ।
रंगशालाको पहिलो चरणमा १० हजार जना क्षमताको स्टयाण्ड, मैदानको सम्पूर्ण काम, पेभेलियनसहित दुई वटा टावर बिल्डिङ निर्माण हुनेछन् । यो काम पूरा हुँदा रंगशालाको क्षमता १५ हजार जनाको पुग्नेछ ।
वाग्मती प्रदेश सरकार र भरतपुर महानगरपालिकाले ७० र ३० को साझेदारीमा रंगशाला निर्माण गर्ने सहमति भएसँगै अलपत्र अवस्थामा रहेको रंगशाला निर्माणको काम अघि बढेको हो ।
Trending Now
- 13 million people in Ukraine urgently need humanitarian assistance
- शैक्षिकसत्र सुरु हुनुअघि नै विद्यार्थीको हातहातमा पाठ्यपुस्तक पुर्याउने लक्ष्य
- वर्ष २०८१ का अकल्पनीय विपद् : जलवायुजन्य सङ्कट गहिरिँदै
- बिम्स्टेकको तेस्रो कृषिमन्त्रीस्तरीय काठमाडौंमा बैठक सम्पन्न
- संरक्षणको पर्खाइमा मुस्ताङको ऐतिहासिक ‘कागबेनी दरबार’
- Nepali Ambassador to Belgium Lamsal presents credentials
- On the invitation of the Chinese Communist Party, the leaders of the Maoist Center reached Chongqing, China
- आज महावीर जयन्ती : जैन धर्मावलम्बीहरूले विभिन्न कार्यक्रम आयोजना गरी मनाउंदै
- मोदीवेणीधामको सम्पत्ति सार्वजनिक गर्न प्रशासनको पत्र
- National Health and Scientific Summit in Kathmandu from Thursday
Comments are closed.