नेपालले बरोडालाई २७ रनले हरायो

काठमाडौं । नेपाली राष्ट्रिय पुरुष क्रिकेट टिमले एसएमएस फ्रेन्डसिप कपको आफ्नो दोस्रो खेलमा बरोडा क्रिकेट एसोसिएसनलाई २७ रनले हराएको छ । भारत गुजरातको भापीस्थित साई मेघपन स्पोर्ट्स लाइफ मैदानमा भएको खेलमा नेपालले बरोडा टिमलाई २७ रनले हराएको हो । नेपालले दिएको १५७ रनको लक्ष्य पछ्याएको बरोडाले निर्धारित २० ओभरमा सबै विकेट गुमाएर १२९ रन मात्रै बनाउन सक्यो ।
टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १५६ रन बनाएको थियो । नेपमालका लागि कुशल मल्लले ४० र सन्दीप जोराले २९ रन प्रहार गरेका थिए ।
आफ्नो पहिलो खेलमा नेपालले गुजरातमाथि ८ विकेटको सहज जित हात पारेको थियो । पहिले ब्याटिङ गरेको गुजरातलाई नेपाली बलरले उत्कृष्ट प्रदर्शन गर्दै ९८ रनमा अल आउट गरेका थिए ।

Comments are closed.