नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीले मलेसियामा टीट्वान्टी शृंखला खेल्ने

काठमाडौँ । नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीले मलेसियासँग टीट्वान्टी क्रिकेट शृंखला खेल्ने भएको छ । नेपाल र मलेसियाबीचको क्रिकेट शृंखला ५ खेलको हुनेछ ।

उक्त शृंखला मलेसियामा खेलिने नेपाल क्रिकेट संघ क्यानले जनाएको छ । नेपाल र मलेसियाबीचको शृंखला मे २९ तारिखबाट सुरु हुनेछ । शृंखलाको दोस्रो खेल मे ३० तारिखमा खेलिनेछ ।

यसैगरी तेस्रो खेल जुन १ तारिखमा र चौथो खेल जुन ३ तारिखमा खेलिने छ । शृंखलाको पाँचौं तथा अन्तिम खेल जुन ४ तारिखमा हुनेछ । यसअघि नेपाली टोलीले मलेसियामै एसीसी महिला टीट्वान्टी च्याम्पियनसिप खेलेको थियो । उक्त प्रतियोगितामा गत वर्षको जुन १७ देखि २५ तारिखसम्म आयोजना भएको थियो ।

यसैगरी नेपाली महिला टोलीले गत वर्ष घरेलु मैदानमा युगान्डासँग पनि ५ खेलको टीट्वान्टी शृंखला खेलेको थियो । उक्त शृंखलामा नेपाली टोली ३–२ ले विजयी भएको थियो ।

Comments are closed.