Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
No Result
View All Result
No Result
View All Result
Home Poetry Hindi

मेरो प्रेमको कथा

Editorial Team by Editorial Team
February 13, 2022
in Hindi, Poetry
0
मेरो प्रेमको कथा
0
SHARES
2
VIEWS
Share on FacebookShare on Twitter

म अलपत्र थिएँ

हुरी चलेको थियो मनभरीएर

बाँझो धर्तिमा काँडाघारी थियो जीवन

खडेरीमा तप तप ओइलिँदै

जीवनका पाइलाहरू गन्तव्य विहीन थिए

तिमी आयौ हरियाली आयो

त्यो अधरको सुन्दरता

तिम्रो कोमलता

मैंले त्यहाँ

प्रेम दिवसको मेला देखें

शाली नदीमा पार्वतीले वालुवाको लिंग बनाएझैं

मेरो मनमा  तिम्रो आराधना देखें

राधाले कृष्णको मुरलीधुनमा आफूलाई

निथ्रुक्क डुबाएझैं यो मनको मझेरीमा

अँगालो भरी तिमीलाई कसें

गीत बजीरहे मायालु धुनमा

अरु केही सुनेनन् कर्णहरूले

यी आँखाहरुले तिम्रो मुहार बाहेक

केही देखेनन्

भन्नेहरू त भन्थे

त्यहाँ धेरै भिड़ छ

कोलाहल छ

धुवाँ नै धुवाँ छ

तर यी आँखाहरुले केवल तिमी देखे

यी कानले केवल तिमी सुनेँ

न भिड़ थियो न कोलाहल थियो

त्यहाँ त यो मनमा

मनभरी भरी मायानै मायाका

सुमधुर अतिनै कर्णप्रिय गीतहरू सुनेँ

तिम्रो अनमोल प्रेम भावमा

व्यस्त भएको बेला

यो मन तिम्रो मायाको बजारमा

तिम्रै काखमा लिलामीमा भेटें

माया साँच्चै सुन्दर र ईमान्दार हुँदोरहेछ

लाग्छ हजारौं मायाका पारखीहरूले भनेझैं

मायाका लीलाहरू हे कृष्ण

आकाश दिउसो सूर्य भएर

चन्द्रमासँग रात भएर

अनन्त बाँचीरहने छन् जीवन्त भएर

बजीरहने छन् कर्णप्रिय प्रेमका गीतहरू

सुन्दर फूलहरू फूलिरहेछन् बगैंचामा

के त्यही त होला नि प्रेम

त्यसैमा होली रंगीन हुनु नै होला प्रेमिल जीवन

कति सुमधुर छ कति मुलायम छ

सलल बगेको छ कंचन झरना

तरंगित बनाएर जीवनको झंकार

त्यही सुन्दर फाँटमा बाँचेको छ मायाको संसार

जहाँ महंगा महलहरूमा सुन चाँदीको मूल्य छैन

मेरो प्रेमको कथा ।

एस.आर. ढकाल

अमेरिका

Advertisement Banner
Previous Post

Clinical Love

Next Post

आग्रह

Editorial Team

Editorial Team

Next Post
आग्रह

आग्रह

Recommended

French President meets Xi Jinping in Beijing for talks on Ukraine and trade

French President meets Xi Jinping in Beijing for talks on Ukraine and trade

4 months ago
अभिनेत्री मिथिला शर्मा र पत्रकार विदुर गिरीलाई हरितारा चलचित्र पुरस्कार

अभिनेत्री मिथिला शर्मा र पत्रकार विदुर गिरीलाई हरितारा चलचित्र पुरस्कार

4 years ago

Don't Miss

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलो सार्वजनिक ‘एइडी’ स्थापना, आपतकालीन स्वास्थ्य सेवामा नयाँ कदम

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलो सार्वजनिक ‘एइडी’ स्थापना, आपतकालीन स्वास्थ्य सेवामा नयाँ कदम

April 10, 2026
निजी क्षेत्र र सरकारबीच सहकार्य सुदृढ भए मात्र आर्थिक समृद्धि सम्भव : राष्ट्रपति पौडेल

निजी क्षेत्र र सरकारबीच सहकार्य सुदृढ भए मात्र आर्थिक समृद्धि सम्भव : राष्ट्रपति पौडेल

April 10, 2026
विद्यार्थी संगठनमाथि प्रतिबन्धको निर्णयविरुद्ध संयुक्त विद्यार्थीले आन्दोलन गर्ने

विद्यार्थी संगठनमाथि प्रतिबन्धको निर्णयविरुद्ध संयुक्त विद्यार्थीले आन्दोलन गर्ने

April 10, 2026
 टोकियोमा शान्तिवादी संविधानलाई कमजोर पार्ने सरकारी कदमको विरुद्धमा३० हजार प्रदर्शनकारी

 टोकियोमा शान्तिवादी संविधानलाई कमजोर पार्ने सरकारी कदमको विरुद्धमा३० हजार प्रदर्शनकारी

April 10, 2026
Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia

Copyright © 2025 Himalaya Diary.

Navigate Site

  • About Us
  • Editor In Chief
  • Contact

Follow Us

No Result
View All Result
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology

Copyright © 2025 Himalaya Diary.