सिन्धुपाल्चोक । चीनबाट आयात गरिएको रासायनिक मल तातोपानी भन्सार कार्यालयबाट काठमाडौँतर्फ धमाधम ढुवानी भइरहेको छ ।
करिब ११ महिना गोदममा थन्किएको मल आयातकर्ता ट्रान्स सिल्कले आवश्यक प्रक्रिया पूरा गरेसँगै मल काठमाडौँतर्फ ढुवानी भएको हो । कृषि सामग्री कम्पनी र आयातकर्ताबीच सहमति भएपछि तीन हजार पाँच सय टन मल काठमाडौँ पठाइएको भन्सार कार्यालयले जनाएको छ ।
तातोपानी भन्सार कार्यालयका प्रमुख दयानन्द केसीका अनुसार तीन हजार पाँच सय टन मलमध्ये हालसम्म एक हजार दुई सय टनभन्दा बढी मल जाँच पास भएर काठमाडौँ पुगेको छ । बाँकी मल पनि जाँच पास प्रक्रियामा रहेकाले चाँडै नै काठमाडौँ पुग्नेछ ।
Trending Now
- CAG of India Sh. Girish Chandra Murmu met Auditor General of Nepal Mr. Toyama Raya and signed an MoU today
- भट्टराईको ‘मनोभिराम’ मुक्तकसङ्ग्रह विमोचन
- ‘विश्वमञ्च’मा नरेन्द्र मोदी पुस्तक सार्वजनिक
- काठमाडौंमा न्युयोर्क राइटर्स वर्कसप र हिमालयन लिटरेचर फेस्टिभल हुँदै
- विभिन्न साहित्यकारहरू सम्मानित
- साहित्यकार डा. विमल, रंगकर्मी शर्मा तथा रेडियोकर्मी घिमिरे पुरस्कृत
- ‘पुष्पा २’ को पहिलो गीत सार्वजनिक
- गाजामा तत्काल युद्धविराम गर्न इजिप्ट र कुवेतको संयुक्त आग्रह
- The first opportunity for Nepal to host the AIPS Asia Congress
- अबुधाबी र दुबईमा चट्याङसहित भीषण वर्षा
Comments are closed.