शरद भेषवाकरसँग अंश माग्दै निशा अधिकारीले हालिन् मुद्दा

क्रिकेटर शरद भेषावकरविरुद्ध उनकी पत्नी अभिनेत्री निशा अधिकारीले अदालतमा मुद्दा दायर गरेकी छन्।

निशाले जिल्ला अदालत काठमाडौंमा अंश मुद्दा दायर गरेकी हुन्। आइतबार उक्त मुद्दामा सुनुवाई समेत भएको छ।

न्यायाधीश कमलप्रसाद ज्ञवालीको इजलासले सुनुवाईपछि शरदको सम्पत्तिको फाँटबारी माग गर्न आदेश दिएको छ।

शरदको सम्पत्ति विवरण प्राप्त भइसकेपछि अदालतले अंश मुद्दा टुंग्याउने छ। निशाले आफूसँगै छाराका लागि पनि अंश माग गरेकी छन्।

केही वर्षको प्रेमपछि विवाहमा बाँधिएका यी चर्चित जोडीको सम्बन्ध ५ वर्षमै टुट्ने अवस्थामा पुगेको हो। उनीहरुले २०७४ असारमा विवाह गरेका थिए।

२०७५ मा उनीहरुका एक छोरा जन्मिएका छन्। तर सन्तानका बाबुआमा भइसकेका उनीहरुको प्रेममा छोटो समयमै खटपट देखिएको हो।

अंश मुद्दा दायर गरेकी निशाले सम्बन्ध विच्छेद गर्न भने चाहेकी छैनन्। निशाले अंश लिएर अलग बस्ने गरी मुद्दा दिएकी छन्। उनले सम्बन्ध विच्छेद गर्नका लागि सम्बन्ध विच्छेदकै मुद्दा दायर गर्नुपर्छ।

सम्बन्ध विच्छेदको मुद्दा दिएको अवस्थामा भने अंशबण्डा पनि हुन्छ।

 

Comments are closed.