Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
No Result
View All Result
No Result
View All Result
Home Feature

साहित्य र कलाको मन्थन सम्पन्‍न

himalaya Diary News Service by himalaya Diary News Service
April 10, 2022
in Feature, Literary Festival & Event, Literature, Nepal
0
साहित्य र कलाको मन्थन सम्पन्‍न
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

चैत्र २५, २०७८   जनकपुर — मैथिली विकास कोषको आयोजनामा बुधबारदेखि सुरु भएको तीन दिवसीय ‘जनकपुररधाम साहित्य, कला तथा नाट्य महोत्सव–२०७८ शुक्रबार अबेर राति सम्पन्न भएको छ । जानकी मन्दिरमा आयोजित रंगारंग कार्यक्रमबीच मधेस प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले महोत्सवको समापन गरेका हुन् ।

तीन दिने महोत्सवको क्रममा प्राचिन मिथिलाको राजधानी जनकपुरधाम मिथिला मैथिलीमय बनेको थियो । जानकी मन्दिर प्रांगणमा मिथिला भोजन, मिथिला चित्रकला, मैथिली पुस्तक प्रदर्शनी, कथा र कविता गोष्ठीसँगै रंगारंग सांस्कृतिक कार्यक्रमको आयोजन गरिएको थियो भन्ने जनकपुर उद्योग वाणिज्य संघको सभाकक्षमा नेपाल र भारतका विभिन्न नाट्य समूहद्वारा पाँचवटा नाटक मञ्चन गरिएको थियो । मैथिली भाषा, साहित्य, कला, संस्कृतिको विषयसँग सम्बन्धित १० विषयमाथि गम्भीर विचार मन्थन पनि भएको थियो ।

बुधबार पूर्वप्रधानमन्त्री तथा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल महोत्सवको उद्घाटन गरेका थिए । महोत्सवको तेस्रो दिन शुक्रबार पहिलो चरणमा ‘मातृभाषामाथि लगाम’ विषयमा विमर्श भएको थियो । जसमा मधेस प्रदेशका भौतिक पूर्वाधार मन्त्री रामसरोज यादव, मधेसी आयोगका अध्यक्ष विजय दत्त, मैथिली केन्द्रिय विभागका पूर्वप्रमुख परमेश्वर कापडि, नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका प्राज्ञपरिषद सदस्य धिरेन्द्र प्रेमर्षि र विराटगरका मैथिली साहित्यकार प्रवीणनारायण चौधरी सहभागी थिए ।

सहभागीहरुले मुलुक संघीय गणतन्त्रमा प्रवेश गरेपनि नेपालीबाहेकका मातृभाषाको अवस्थामा सुधार नआएको भन्दै दुःख व्यक्त गरेका थिए । नेपालको संविधान २०७२ को धारा ७ (२ )ले प्रदेश सरकारलाई प्रदेशभित्र सर्वाधिक बोलिने भाषाहरुमध्ये एक वा एकभन्दा अधिकलाई सरकारी कामकाजको भाषा निर्धारण गर्न सक्ने अधिकार दिएको छ । तर, हालसम्म मधेसप्रदेशले सरकारी कामकाजको भाषा निर्धारण गर्न पाएको छैन । चौधरीले संविधानको धारा ७ मा संशोधन नभएसम्म नेपालीबाहेकका भाषाहरुको विकास हुन नसक्ने बताएका थिए । यस धारामा देवनागरी लिपिमा लेखिने नेपाली भाषा नेपालको सरकारी कामकाजको भाषा हुने उल्लेख गरिएपनि संघीय सरकारमा अन्य भाषाको प्रयोगबारे भने केही उल्लेख छैन ।

दोश्रो सत्रमा मैथिली साहित्यमा वैचारिक चेत विषयमा विमर्श भएको थियो । जसमा साहित्यकार रामभरोस कापडि, कालीकान्त झा तृषित, अजित अजाद, कमलमोहन चुन्नु, रोशन जनकपुरी र नित्यानन्द मण्डल सहभागी थिए भन्ने तेश्रो सत्रमा आयोजित समाज परिवर्तनमा युवाको भूमिकामा युवा अभियानीहरु रणधीर चौधरी, सुशील कर्ण, सरोज झा, राकेशविक्रम साह, कृष्णा सिंह, जितेन्द्र महासेठ, दिपू कापडि, घनश्याम मिश्र र गायत्री मिश्र सहभागी थिए । यसैगरी अन्तिम सत्रमा आयोजित ‘शून्य सिनेमा,पश्चगामी रंगमंच’ शीर्षकको विमर्शमा महेन्द्र मलंगिया, किशलय कृष्ण, अमितेश साह, पुर्नेन्दु झा, अशोक दत्त र रूपा झा सहभागी थिए ।

दोश्रो दिन बिहीबार जनकपुर उद्योग वाणिज्य संघको गणपति सभाकक्षमा ‘भाषा,भाषिका र मैथिली’ विषयमा गम्भीर विमर्श भएको थियो । पछिल्ला दिन मैथिली भाषीहरुले समेत आफू अन्य भाषा बोल्ने गरेको दाबी गर्न थालेपछि कोष यस विषयमा महत्त्वपूर्ण विमर्श गराउने निर्णय गरेको थियो । विमर्शमा भाष वैज्ञानिक प्रा.डा. रामावतार यादव, भाषाविद् डा. अमरकान्त झा, भारतीय साहित्य समीक्षक डा. रमानन्द झा रमण, डा. विजयकुमार सिंह र रामचन्द्र झा सहभागी थिए ।

आफ्नो मन्तव्यको क्रममा भाषा वैज्ञानिक प्रा.डा.यादवले भाषिकाहरुको सबलताबिना समृद्ध भाषाको निर्माण हुनै नसक्ने बताए । उनले भने – ‘चाहे जतिसुकै पढेलेखेका जातीय समूहका व्यक्ति नै किनन होस्, उनी भाषिकामात्र बोल्ने गर्छन । भाषिकाहरुको समिश्रणले भाषा बन्दछ । भाषालाई सम्बृद्ध बनाउन भाषिकाहरु समृद्ध हुनै पर्दछ ।’

विचार मन्थनको क्रममा भाषाको मानकीकरण, भाषामाथिको जातीय अहंकार, लोप हुन लागेको मैथिलीको मौलिक लिपि मिथिलाक्षरको विषयमा समेत गम्भीर छलफल भएको थियो । डा. झा, डा. रमण तथा डा. सिंहले मिथिलाक्षरको सट्टा देवनागरी लिपिमा लेखिन थालेपछि मैथिलीमा उच्चारण सम्बन्धी दोष उत्पन्न भएको बताएका थिए ।

‘पर्यटन विकास, सांस्कृतिक आधार’ विषयक विमर्शमा मधेस सरकारका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री शत्रुघन महतो, निति तथा योजना आयोगका उपाध्यक्ष डा.भोगेन्द्र झा, योजना आयोगका सदस्य प्रा.डा.सुरेन्द्र लाभ, प्रदेश सांसद मञ्जु यादव,युवा राजनीतिकर्मी श्रीप्रसाद साह तथा पत्रकार मोनिका झा सहभागी थिए । छलफलको क्रममा जनकपुरमा सांस्कृतिक पर्यटनको सम्भावना, समस्या तथा यसको समाधानबारे गम्भीर विमर्श भएको थियो ।

फरक फरक स्वादका पाँच नाटक

जनकपुरधाम साहित्य, कला तथा नाट्य महोत्सव २०७८ को क्रममा फरकफरक स्वादका पाँच नाटक मञ्चन भएका छन् । शुक्रबार अशान्त शर्माको लेखन तथा निर्देशनमा नेपाली भाषाको ‘ढल्केको सालैजो’ र भारत मणिपुरको अखोका थिएटरले मणिपुरी भाषाको इच्चे अर्थात् बहिनी नाटक प्रदर्शन भएको थियो । बिहीबार भने मिथिला नाट्यकला परिषद् , जनकपुरले महेन्द्र मलगिया लिखित तथा परमेश झा निर्देशित ‘गाम नै सुतैए ’, भारत, दरभंगाको द स्पटलाइट थिएटरले मुरारी मोहनको लेखन तथा निर्देशनमा ‘अभिसप्त देवव्रत’ तथा भारत, पटनाको भंगिमा नाट्य समूहले कुमार गगनको लेखा तथा किशोर केशवको निर्देशनमा ‘अनथक यात्रा’ नाटक प्रदर्शन गरेको थियो ।

https://assets-cdn.kantipurdaily.com/uploads/source/news/kantipur/2022/third-party/dalkeko-salejo-0942022075929-1000x0.jpg

पाँचवटै नाटक फरक फरक स्वादका थिए । मिनापद्वारा मञ्चित गामनै सुतैय नाटकमा अव्यवस्थाको कारण खल्बलाएको ग्रामीण परिवेश, राजनीतिमा अपराधीकरण विषयको उठान गरिएको छ भन्ने अभिशप्त देवव्रत महाभारतकालीन कथामा आधारित नाटक हो । अनथक यात्रामा भने सरकारी सेवामा दिइने आरक्षणको गलत प्रयोगबारे चित्रण गरिएको छ । अन्तिम दिन मञ्चित ‘ढल्केको सालैजो’ नाटकमा कोभिड महामारीको कारण आमनागरिकको आर्थिक अवस्थामा परेको प्रभावको हृदयविदारक चित्र प्रस्तुत गरिएको छ । मणिपुरको अखोका थिएटरले मञ्चन गरेको इच्चे नाटक मणिपुरी कवि शरतचन्द्र थियामको कवितामाथि आधारित थियो । जसमा मणिपुरमा व्याप्त सामाजिक असुरक्षाको मार्मिक तस्बिर प्रस्तुत गरिएको छ ।

 

Advertisement Banner
Previous Post

नयाँ वर्षको पूर्वसन्ध्यामा काव्य उत्सवको वसन्त ऋतु काव्य वर्षा

Next Post

मञ्जुश्री साहित्य समाजद्वारा सम्मान र लोकार्पण कार्यक्रम सम्पन्न

himalaya Diary News Service

himalaya Diary News Service

Next Post
मञ्जुश्री साहित्य समाजद्वारा सम्मान र लोकार्पण कार्यक्रम सम्पन्न

मञ्जुश्री साहित्य समाजद्वारा सम्मान र लोकार्पण कार्यक्रम सम्पन्न

Recommended

Dhaka Court Sentences Former PM Sheikh Hasina, Sheikh Rehana, and MP Tulip Siddiq in Purbachal Plot Case

Former Bangladesh PM Sheikh Hasina urges unity to save Bangladesh from darkness

1 month ago
दायित्व वाङ्मय प्रतिष्ठानद्वारा विभिन्न चार पुरस्कारहरूको घोषणा

दायित्व वाङ्मय प्रतिष्ठानद्वारा विभिन्न चार पुरस्कारहरूको घोषणा

1 month ago

Don't Miss

Dr. Karma Wangchu Sherpa honored

Dr. Karma Wangchu Sherpa honored

February 8, 2026

Italy will not join Trump’s ‘Board of Peace’

February 8, 2026
काठमाडौँ उपत्यकाको वायु प्रदूषण अस्वस्थ तहमा

काठमाडौँ उपत्यकाको वायु प्रदूषण अस्वस्थ तहमा

February 8, 2026
अमेरिकाको ग्रीनल्यान्डलाई अधिग्रहण गर्ने धम्कीबीच क्यानडा र फ्रान्सले खोले वाणिज्य दूतावास

अमेरिकाको ग्रीनल्यान्डलाई अधिग्रहण गर्ने धम्कीबीच क्यानडा र फ्रान्सले खोले वाणिज्य दूतावास

February 8, 2026
Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia

Copyright © 2025 Himalaya Diary.

Navigate Site

  • About Us
  • Editor In Chief
  • Contact

Follow Us

No Result
View All Result
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology

Copyright © 2025 Himalaya Diary.