४० वर्ष उमेर पुगेका विद्यार्थी नेताहरुलाई अनेरास्ववियुबाट बिदा हुन आग्रह

काठमाडौं । नेकपा (एमाले) का स्थायी कमिटी सदस्य भानुभक्त ढकालले ४० वर्ष हाराहारीमा उमेर पुगेका विद्यार्थी नेताहरुलाई अनेरास्ववियुबाट बिदा हुन आग्रह गरेका छन् ।

मंगलवार अनेरास्ववियुको २३ औँ राष्ट्रिय महाधिवेशनको उद्घाटन समारोहमा बोल्दै पार्टीको जनसम्पर्क समन्वय समिति संयोजक समेत रहेका स्थायी कमिटी सदस्य ढकालले ४० वर्ष हाराहारीमा उमेर पुगेका विद्यार्थी नेताहरुलाई संगठनबाट बिदा हुन आग्रह गरे ।

उनले विद्यार्थी संगठन छोडेर पार्टीका काममा लाग्न सुझाव समेत दिए । उनले भुगोलमा काम नगरी पार्टीले निर्वाचनको टिकट पनि नदिने भन्दै भुगोलमा गएर पार्टीको काम गर्न सुझाव दिए ।

संगठनबाट स्वेच्छाले बाहिरिने विद्यार्थी नेताहरुलाई पार्टीले पहिलो प्राथमिकतामा राखेर जिम्मेवारी दिने उनको भनाई थियो । उनले उच्च समझदारीका साथ नयाँ नेतृत्व चयन गर्नुपर्नेमा जोड दिए ।

उनले विद्यार्थी संगठनले पुरानो तरिकाको राजनीति नगरी रचनात्मक तरिकाले कामहरुहरु गर्नुपर्ने सुझाव दिए । एमालेमा कसैले संस्थागत गुट बनाउँछ भने सो कुरा स्वीकार्य नहुने उनको भनाइ थियो । निर्वाचन भएको खण्डमा प्यानल नबनाई एक्लाएक्लै उम्मेदवार बन्नुपर्नेमा उनको जोड थियो ।

 

Comments are closed.