जेठ २१ तौलिहवा, , कपिलबस्तुमा नेपाली प्रसिद्ध कथाकार र उपन्यासकार भवानी भिक्षुको ११३ औं जन्मजयन्ती विविध कार्यक्रम गरी मनाइएको छ । उनको गृह जिल्ला कपिलबस्तु नै हो । तौलिहवामा नव कपिलवस्तु साहित्यिक समाजलगायतका संस्थाले विभिन्न कार्यक्रम गरी मनाएका छन् । उनले मदन र साझा पुरस्कार जितेका थिए । सदरमुकाम तौलिहवास्थित भिक्षु चोकमा रहेको भवानीप्रसाद गुप्ता ‘भवानी भिक्षु’ को सालिकमा साहित्यकारहरुले माल्यार्पण गर्दै भिक्षुको जीवनी र उनको कृति बारे चर्चा गरेका थिए ।
नेपाली साहित्यमा भिक्षुको योगदान अतुलनीय रहेको कपिलबस्तु नगरपालिका ३ का वडाध्यक्ष प्रकाश गैरेले बताए । ‘भिक्षुले लेखेका कृतिहरु अझै पनि जीवन्त रहेका छन् । उनले भने, ‘नेपाली साहित्यमा ठूलो गुन लगाउने साहित्यकार भिक्षुले आगत, अवान्तर, मैँया साहेव, पाइप नम्बर १ र २ लगायतका कृति, कविता, निवन्ध, लेख आदिमा मनोदशा र मनोविज्ञानलाई प्राथमिकता दिने गर्थे ।
कार्यक्रममा समाजका अध्यक्ष पशुपतिमणि त्रिपाठी, वरिष्ठ साहित्यकार हरिराज शर्मा पत्रकार महासंघका जिल्ला अध्यक्ष किरणमान बज्राचार्य तौलिहवा उद्योग बाणिज्य संघका महासचिव अर्जुन चापागाई साहित्यकार सकुन्तला ज्ञवाली पौडेलले सात्यिकार भवानी भिक्षुले नेपाली साहित्यको विकासमा अतुलनीय योगदानको चर्चा गरे ।
नव कपिलबस्तु साहित्यिक समाजले प्रदान गर्ने साहित्यकार भवानी भिक्षु स्मृति पुरस्कार कपिलबस्तुको तौलिहवाका कवि शकुन्तला ज्ञवाली पौडेललाई दिने निर्णय गरेको छ । विगत वर्षहरुमा लुम्बिनी अञ्चलका साहित्यकारलाई दिँदै आएकोमा यस वर्षदेखि कपिलबस्तुकै साहित्यकारलाई दिने निर्णय गरिएको वरिष्ठ साहित्यकार हरिराज शर्माले बताए ।
११ हजार १११ रुपियाँसहित यही जेठ २३ गते सोमबार आनन्दबागस्थित राधाकृष्ण मन्दिरमा पुरस्कृत गरिने नव साहित्यिक समाजका अध्यक्ष पशुपतिमणि त्रिपाठीले बताउनुभयो ।
Trending Now
- दक्षिण सुडानका नागरिकलाई जारी गरिएका सबै अमेरिकी भिसा तत्काल रद्द गरिने : मार्को रुबियो
- रहनु भएन पत्रकार भैरव रिसाल
- चलचित्र ‘कर्मा’को ट्रेलर सार्वजनिक
- पाणीनि तपोभूमि सम्मेलन चैत २७ र २८ गते हुने
- रवि लामिछानेलाई रुपन्देही जिल्ला अदालतमा उपस्थित गराइँदै
- Musk’s Starlink allowed in Bangladesh
- ‘दमन्ता खनाल स्मृति नारी स्रष्टा सम्मान’ लक्ष्मी तिवारीलाई
- मौसम पूर्वानुमान महाशाखाको अनुमान वायु प्रदूषण बढ्दै जाने सम्भावना कायमै छ
- एनसेलले ल्यायो आकर्षक एनएसएल अफरहरु
- पूर्वउपराष्ट्रपति नन्दकिशोर पुन माओवादी उपाध्यक्ष
Comments are closed.