कलाकार पल शाहलाई थुनामै राख्न आदेश

जेठ २१ तनहुँ,। नाबालिकाको यौन शोषण गरेको अभियोगमा तनहुँ कारागारमा पूर्पपक्षको लागि थुनामा रहेका नायक पूर्णविक्रम शाहलाई उच्च अदालत पोखराले पनि थुनामै राख्न आदेश दिएको छ । शाहलाई पुर्पक्षका लागि थुनामा पठाउने तनहुँ र पुर्वी नवलपरासी जिल्ला अदालतको आदेशलाई उच्च अदालत पोखराले सदर गर्दै थुनामा राख्न आदेश दिएको हो ।
निवेदनमा पुर्पक्षका लागि थुनामा पठाउने अदालतको आदेश बदर गरी तारेखमा रिहा गर्न माग राखिएको थियो । बिहीबार बहसपछि उच्च अदालतका न्यायाधीश उज्ज्वल शुक्ला र श्रीधराकुमारी पुडासैनीको संयुक्त इजलासले जिल्ला अदालतको आदेश सदर गरेको हो ।
शाहले साधारण तारेखमा रिहा गर्न गरेको मागलाई उच्च अदालतले अस्वीकार गरेको छ । शाह गत फागुन १५ गते पक्राउ पर्नुभएको थिए । तनहुँ जिल्ला अदालतले चैत ११ गते पुर्पक्षका लागि थुनामा दमौली पठाउने आदेश गरेको थियो ।
पीडित भनिएकी गायिका होस्टाइल भएपछि उच्च अदालतले शाहलाई धरौटीमा वा साधारण तारेखमा रिहा गर्ने आशा समर्थकले राखेका थिए ।
अब फैसला नहुञ्जेलसम्मका लागि नायक शाह कारागारमै रहनुपर्ने भएको छ । पुनरावदेनको निर्णय चित्त नबुझेको खण्डमा सर्वोच्च अदालत जाने विकल्प खुला रहेको शाहको तर्फबाट बहस गरेका वरिष्ठ अधिवक्ता कमलामोहन वाग्लेले बताए ।
पीडित पक्षले नै आफूमाथि केही भएको होइन भनेकी छिन् । मेरो अस्मिता सुरक्षित छ, मेरो अस्मितामा कही कतै दाग लागेको छैन, म चोखी छु, म कन्या छु भनेर बयान दिएकोेले थुनामुक्त हुने अपेक्षा गरिएको थियो ।

 

Comments are closed.