काठमाडौँ – अमेरिकी रक्षा मन्त्रालय पेन्टागनले इरानसँगको जारी द्वन्द्वमा ज्यान गुमाएका चार अमेरिकी सैनिकको आधिकारिक पहिचान सार्वजनिक गरेको छ ।
फेब्रुअरी २८ मा अमेरिका र इजरायलले अली खामेनीलाई लक्षित गरी गरेको आक्रमणपछि चर्किएको तनावबीच ज्यान गुमाउने यी नै पहिलो अमेरिकी सैनिक हुन् ।
मार्च १ मा कुवेतको पोर्ट शुआइबामा भएको मानवरहित हवाई आक्रमणमा उनीहरूको मृत्यु भएको थियो।मारिनेहरूमा फ्लोरिडाका ३५ वर्षीय क्याप्टेन कोडी ए खोर्क, नेब्रास्काका ४२ वर्षीय सार्जेन्ट प्रथम श्रेणी नूह एल टिट्जेन्स, मिनेसोटाकी ३९ वर्षीया सार्जेन्ट प्रथम श्रेणी निकोल एम अमोर र आयोवाका २० वर्षीय सार्जेन्ट डेक्लान जे कोडी छन्।उनीहरू सबै डेस मोइनेस आर्मी रिजर्भ युनिटमा कार्यरत थिए।–एजेन्सी ।






