Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
No Result
View All Result
No Result
View All Result
Home Awards

विभिन्न विधाका ४३ जना स्रष्टालाई पुरस्कृत

Editorial Team by Editorial Team
July 12, 2022
in Awards, Feature
0
विभिन्न विधाका ४३ जना स्रष्टालाई पुरस्कृत
0
SHARES
26
VIEWS
Share on FacebookShare on Twitter

असार २६, २०७९
काठमाडौँ — संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयले विभिन्न विधाका ४३ जना स्रष्टालाई पुरस्कृत गरेको छ । कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा मन्त्रालयले आइतबार आयोजित कार्यक्रममा प्रधानमन्त्री शेरबहादुर देउवा र संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री जीवनराम श्रेष्ठले पुरस्कृत स्रष्टाहरुलाई नगद पुरस्कारसहित सम्मान गरे ।
समारोहमा राष्ट्रिय तथा प्रादेशिक प्रतिभा पुरस्कार, महाकवि देवकोटा पुरस्कार, गोपालप्रसाद रिमाल राष्ट्रिय पुरस्कार, भगत सर्वजित मानव मर्यादा राष्ट्रिय पुरस्कार र इतिहास शिरोमणि बाबुराम आचार्य राष्ट्रिय पुरस्कार वितरण गरिएको थियो ।
राष्ट्रिय प्रतिभा पुरस्कारअन्तर्गत साहित्य, संगीत नाट्य, संस्कृति र ललितकला विधामा पुरस्कार प्रदान गरिएको थियो । राष्ट्रिय प्रतिभा पुरस्कारबाट सम्मानित हुनेहरुमा सोमराज अभय, हरिवंश आचार्य, रमेश ढुंगेल, हेम पौडेल छन् ।
प्रादेशिक प्रतिभा पुरस्कार पाउनेहरुमा यज्ञेश्वर निरौला, अयोध्यानाथ चौधरी, हरिप्रसाद सिलवाल, बालकृष्ण अधिकारी, विष्णुबहादुर सिंह, बखतबहादुर थापा, गणेशराज जोशीलगायत छन् । महाकवि देवकोटा पुरस्कारबाट बेञ्जु शर्मा, राम विनय, पुस्करराज भट्ट, विजय चालिसे, आरडी प्रभास चटौत सम्मानित भए ।
गोपालप्रसाद रिमाल राष्ट्रिय पुरस्कारबाट अमरराज गिरी सम्मानित भए भने इतिहास शिरोमणि बाबुराम आचार्य पुरस्कारबाट त्रिरत्न मानन्धर र भगत सर्वजित मानव मर्यादा पुरस्कारबाट लालबहादुर विश्वकर्मा र खगेन्द्र संग्रौलालाई सम्मान गरिएको थियो । पुरस्कार छनोटका लागि मन्त्रालयको कार्यविधिअनुसार छनोट मूल समिति गठन गरिएको थियो ।
कार्यक्रममा सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले भाषा, साहित्य, संस्कृति, संगीत एवं नाट्य विधा देशको सभ्यता र संस्कृतिको धरोहर रहेको बताए । उनले सम्मानबाट स्रष्टाहरुमा थप सिर्जनात्मक काम गर्न प्रेरणा मिल्ने विश्वास व्यक्त गरे ।
यस्तै मन्त्री श्रेष्ठले भाषा, साहित्य र संस्कृति प्रवद्र्धनलाई सरकारले प्राथमिकतामा राखेको बताए । भाषा, साहित्य, संस्कृतिलगायत राष्ट्रिय जीवनका विभिन्न क्षेत्रमार्फत स्वदेश तथा विदेशमा नेपालको पहिचान विस्तारमा योगदान दिने मूर्धन्य स्रष्टाहरुको मन्त्रालयले सम्मान गरेको श्रेष्ठले बताए ।

Advertisement Banner
Previous Post

International Cricket Council (ICC) has sanctioned the 1st season of NepalT20, 2022, Nepal’s first and the only official T20 Cricket League

Next Post

२०९ औँ भानु जयन्तीमा काव्यगोष्ठी सम्पन्न

Editorial Team

Editorial Team

Next Post
२०९ औँ भानु जयन्तीमा काव्यगोष्ठी सम्पन्न

२०९ औँ भानु जयन्तीमा काव्यगोष्ठी सम्पन्न

Recommended

Rare wild ancestors of feral pigeons found living on British and Irish islands

Rare wild ancestors of feral pigeons found living on British and Irish islands

4 years ago
Dialogue, not intimidation, key to boosting revenue: Finance Minister Swarnim Wagle

Dialogue, not intimidation, key to boosting revenue: Finance Minister Swarnim Wagle

4 months ago

Don't Miss

एक चीन सिद्धान्तप्रति नेपालको दृढ प्रतिबद्धता कायमै : परराष्ट्रसचिव राई

एक चीन सिद्धान्तप्रति नेपालको दृढ प्रतिबद्धता कायमै : परराष्ट्रसचिव राई

August 14, 2026
राजा वीरेन्द्र र परिवारको नाममा रहेको सम्पत्ति खोजबिन गर्न नेपाल ट्रष्टको सार्वजनिक आह्वान

राजा वीरेन्द्र र परिवारको नाममा रहेको सम्पत्ति खोजबिन गर्न नेपाल ट्रष्टको सार्वजनिक आह्वान

August 14, 2026
बटवारा १९४७’ नेपालमा आजदेखि प्रदर्शनमा, सेन्सर विवादपछि बिनाकाटछाँट रिलिज हुने दाबी

बटवारा १९४७’ नेपालमा आजदेखि प्रदर्शनमा, सेन्सर विवादपछि बिनाकाटछाँट रिलिज हुने दाबी

August 14, 2026
अमेरिका–दक्षिण कोरियाको सैन्य अभ्यासअघि उत्तर कोरियाको चेतावनी, ‘नयाँ स्तरको प्रतिरोध’ गर्ने दाबी

अमेरिका–दक्षिण कोरियाको सैन्य अभ्यासअघि उत्तर कोरियाको चेतावनी, ‘नयाँ स्तरको प्रतिरोध’ गर्ने दाबी

August 14, 2026
Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia

Copyright © 2025 Himalaya Diary.

Navigate Site

  • About Us
  • Contact

Follow Us

No Result
View All Result
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology

Copyright © 2025 Himalaya Diary.