कार्तिक २०,
काठमाडौँ — भाषावैज्ञानिक नोवलकिशोर राईको ‘बान्तावा भाषाको वर्णनात्मक अध्ययन’ (ए डिस्क्रिप्टिभव स्टडी अफ बान्तावा) बजारमा ल्याइउको छ । त्रिभुवन विश्वविद्यालय नेपाल र एसियाली अध्ययन केन्द्र (सिनास)ले उक्त पुस्तक प्रकाशित गरेको हो । किरात राई जातिभित्र २६ वटा भाषा छन् । त्यसमध्ये बान्तावा भाषा एक हो ।
बान्तावा भाषामा भाषावैज्ञानिक अध्ययन भएको यो पहिलो शोधग्रन्थ हो । बान्तावा भाषामा हतुवाली, आमचोके र दिल्पाली भाषिका छन् । बान्तावा र अंग्रेजी भाषामा प्रकाशित कृति पाँचथर क्षेत्रको दिल्पाली भाषिकालाई लिएर यो शोध गरिएको हो ।
राईले भारतको डेक्कन कलेज, पुना विश्वविद्यालयबाट सन् १९८५ मा भाषाविज्ञान विषयमा विद्यावारिधि उपाधि हासिल गरेका हुन । उक्त विद्यावारिधि शोधलाई पुस्तकका रूपमा प्रकाशन गरिएको सिनासका कार्यकारी निर्देशक मृगेन्द्रबहादुर कार्कीले बताए । यो कृतिलाई भाषावैज्ञानिक अध्ययन तथा किरात राई भाषामध्ये पहिलो कृतिका रूपमा लिइन्छ ।
समुदायका केही अगुवाले राई जातिको एउटै ‘राई भाषा’ बनाउने अभियान थालेको स्थितिमा भाषावैज्ञानिक राईले अस्वीकार गरेपछि राई समूहमा बोलिने २६ वटा भाषा सहअस्तित्वमा रहेका छन् ।‘बान्तावा भाषाको व्याकरणीक कोटीका बारेमा विस्तृत चर्चा गरिएको छ,’ प्रकाशन प्राविधिक संयोजक पदम राईले भने, ‘बान्तावा व्याकरणको हरेक पक्षको व्याख्या, विश्लेषण रहेका छन् । बान्तावा भाषा उच्चारण संकेत रोमन लिपिमै राखिएका छन् ।’ यसैगरी राई जातिको संक्षिप्त परिचय र राईभित्र विभिन्न भाषाबारे चर्चा गरिएका छन् ।
पाँचथरको हिकुनाम्बा रविमा जन्मिएका राईले आफ्नो जन्मथलोमा बोलिने बान्तावा मातृभाषामा विद्यावारिधि शोध गरेका थिए । २०२९ सालमा सहायक प्राध्यापकको रुपमा त्रिभुवन विश्वविद्यालय प्रवेश गरेका उनी २०५९ मा प्राध्यापकमा पदोन्नति भई सेवानिवृत भएका हुन् । प्राध्यापक राईको ‘बान्तावा सिकौं’, ‘बान्तावा व्याकरण’ र ‘अ बेसिक बान्तावा कोर्स’ कृति प्रकाशित छन् ।
Trending Now
- North Korea is building the largest warship ever
- प्राडा मोहनप्रसाद तिमल्सिना अभिनन्दन ग्रन्थ लोकार्पण
- भण्डारीको ‘दिए पुग्छ’ कृति लोकार्पण
- अमेरिकी पप गायिका केटी पेरीसमेत ६ जना महिलाको टोली अन्तरिक्षको यात्रा गरेर फर्कियो
- China has developed the world’s first medical drone
- More than 200 media workers killed in Israeli strikes
- कक्षा १२ को परीक्षामा सहयोग नगर्न शिक्षक–कर्मचारीहरूलाई महासंघको आग्रह
- भक्तपुरमा बिस्का जात्रा अन्तर्गत पर्ने सिन्दुर जात्रा सम्पन्न
- काठमाडौंमा सुरु भयो १८–डी सिनेमा
- स्रष्टा चैत्र ३०’ सम्मानबाट प्रा.डा. ज्ञानु पाण्डे र डा. विजय सुब्बा सम्मानित
Comments are closed.