कवि चूड़ामणि देवकोटाको  “अर्धशतक“ कवितासंग्रह  लोकार्पण

 गीतकार तथा कवि चूड़ामणि देवकोटाको  कोरोना कहरलेगर्दा पर सर्दै आएको  काव्यकृति अर्धशतक  को लोकार्पण नेपाल प्रज्ञा प्रतिष्ठानको लेखनाथ कक्षमा कूलपति गंगाप्रसाद उप्रेतीज्यूको प्रमुख आतिथ्य साहित्यकारहरूको समुपस्थितिमा  सम्पन्न भएको

उक्त लोकार्पण कार्यक्रममा कवि एवं पूर्व मुख्यसचिव विमल कोइराला, कवि तथा गीतकार यादव खरेल प्रकाश सायमीले शुभकामना मन्तव्य राखेका थिए प्राध्यापक द्वय महेश प्रसाईं महेश पौड्यालले विमोचित कृतिको समीक्षात्मक टिप्पणी गरेका थिए

कार्यक्रममा लव गाउँले, रवि के.सी., कृष्ण प्रधान, प्रमोद प्रधान, दुर्गाकिरण तिवारी, ओमकुमारी बन्जारा, शशि पण्डित, राजबाबु सागर, गोविन्दराज खनिया, प्रल्हाद पोखरेल, डा. विष्णु गुरूङ, गायक सुमित खड्का, सङ्गीतकार शक्तिबल्लभ, प्रकाश घायल, नेपाल सांस्कृतिक संघका शभापति तीर्थबहादुर थापा, गीतकार केशव भट्टराई, सुरेन्द् खड्का, पूर्व सचिव शंकर पाण्डे, विष्णु उप्रेती, श्रीराम नेपाल, समालोचक युवराज मैनालीलगायतका अतिथिहरूको उत्साहवर्दक उपस्थिति रहेको थियो 

Comments are closed.