हेम–सरिता पाठक फाउन्डेसनद्वारा चार हजार डलरको पुरस्कार प्रदान गरिने
पत्रकार जीवराम भण्डारी, गायक नवीन पौडेल र कवि मनोज विश्वकर्मालाई चार हजार डलरको पुरस्कार प्रदान गरिने
हेम(सरिता पाठक फाउन्डेसनले आगामी पुस ११ गते प्रज्ञा भवनमा वरिष्ठ पत्रकार जीवराम भण्डारीलाई दुई हजार अमेरिकी डलरसहित ‘टकंप्रसाद–रमादेवी पाठक पत्रकारिता पुरस्कारबाट सम्मानित गर्ने भएको छ ।
यसैगरी फाउन्डेसनले एक हजार अमेरिकी डलर राशिसहित चर्चित गायक नवीन पौडेललाई हेम–सरिता पाठक अन्तर्राष्ट्रिय संगीत पुरस्कारबाट सम्मानित गर्ने भएको छ ।
यसैगरी एक हजार अमेरिकी डलर राशिसहित कवि मनोज विश्वकर्मालाई ‘भ्रष्टाचार विरुद्धको अन्तर्राष्ट्रिय कविता पुरस्कारबाट सम्मानित गर्ने भएको छ ।
हेम–सरिता पाठक फाउन्डेसन नेपाल शाखाका अध्यक्ष राधेश्याम लेकालीका अनुसार यी पुरस्कारहरु यस फाउन्डेसनका संरक्षक समाजसेवी हेम पाठक र सरिता पाठक
(टेक्सस,अमेरिका)ले स्थापना गर्नु भएको हो । यी पुरस्कारहरु चेतना विकास र उत्प्रेरणाका लागि स्थापना गरिएका हुन् ।
Trending Now
- North Korea is building the largest warship ever
- प्राडा मोहनप्रसाद तिमल्सिना अभिनन्दन ग्रन्थ लोकार्पण
- भण्डारीको ‘दिए पुग्छ’ कृति लोकार्पण
- अमेरिकी पप गायिका केटी पेरीसमेत ६ जना महिलाको टोली अन्तरिक्षको यात्रा गरेर फर्कियो
- China has developed the world’s first medical drone
- More than 200 media workers killed in Israeli strikes
- कक्षा १२ को परीक्षामा सहयोग नगर्न शिक्षक–कर्मचारीहरूलाई महासंघको आग्रह
- भक्तपुरमा बिस्का जात्रा अन्तर्गत पर्ने सिन्दुर जात्रा सम्पन्न
- काठमाडौंमा सुरु भयो १८–डी सिनेमा
- स्रष्टा चैत्र ३०’ सम्मानबाट प्रा.डा. ज्ञानु पाण्डे र डा. विजय सुब्बा सम्मानित
Comments are closed.