अक्षरमार्गले गर्यो सात सर्जकलाई सम्मान

काभ्रे — अक्षरमार्गले नेपाली साहित्य, संस्कृति, इतिहासका क्षत्रमा उल्लेखनीय योगदान गरेका सात सर्जकलाई सम्मान गरेको छ । अक्षरमार्गको वार्षिक उत्सवको अवसरमा आयोजित कार्यक्रममा वाङ्मयको क्षेत्रमा उल्लेखनीय योगदान पुर्‍याउने सर्जकहरुलाई सम्मान गरिएको हो ।

वरिष्ठ साहित्यकार तथा इतिहास शिरोमणि हरिराम जोशीलाई विष्णुहेम अक्षरमार्ग वरिष्ठ साधक सम्मान, समालोचक तथा साहित्यकार प्रा.डा.लक्ष्मणप्रसाद गौतमलाई श्रीराम स्मृति अक्षरमार्ग साधक सम्मान, इतिहासकार प्रा डा.पुरुषोत्तमलोचन श्रेष्ठलाई अक्षरमार्ग नरबहादुर स्रष्टा सम्मान, साहित्यकार तथा साहित्यिक पत्रकार नरेशबिर शाक्यलाई कृष्णसुन अक्षरमार्ग साहित्यिक सम्मान, साहित्यकार डा. गार्गी शर्मालाई कृष्णदास अक्षरमार्ग स्रष्टा सम्मान, साहित्यकार विजयध्वज थापालाई ध्रुवमीरा अक्षरमार्ग मिराज प्रतिभा सम्मान र साहित्यकार रामसुन्दर देउजालाई अक्षरमार्ग भरतराज काभ्रेली गौरव सम्मानबाट सम्मानित गरिएको हो ।

कार्यक्रमका प्रमुख अतिथि वरिष्ठ कलाकार तथा नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका कुलपति के.के कर्माचार्यले सम्मानित सर्जकहरुलाई दोसल्ला, सम्मानपत्र र प्रल्हाद केसी र ध्रुवनारायण जोंन्छे, ध्रुव ताम्राकारले माला, टीका तथा नगद प्रदान गरेका थिए ।

अक्षरमार्गका संयोजक, साहित्यकार सूर्यप्रसाद लाकोजूको सभापतित्वमा सम्पन्न भएको कार्यक्रममा दुईवटा पुस्तक पनि लोर्कापण गरिएको थियो। सूर्यप्रसाद लाकोजूद्वारा लिखित पनौतीका केही जात्रापर्वहरू’ र कवितामा समवेत स्वरहरू’ नामक कविता सङ्ग्रहको पनि लोकार्पण भएको हो ।

Comments are closed.