Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
No Result
View All Result
No Result
View All Result
Home News Nepal

मकवानपुरको बागमती विकट गाउँमा बल्यो बिजुली

Editorial Team by Editorial Team
January 28, 2026
in Nepal, News
0
मकवानपुरको बागमती विकट गाउँमा बल्यो बिजुली
0
SHARES
4
VIEWS
Share on FacebookShare on Twitter

बागमती--साँझ पर्नासाथ अँध्यारोले घेर्ने देउजर र गढनसिरमा मंगलबार फरक दृश्य देखियो । बिजुलीको मधुरो उज्यालो खोजिरहने आँखाहरू पहिलोपटक बल्बको तेज प्रकाशमा चम्किए । मोबाइल चार्ज गर्न घण्टौँ हिँड्नुपर्थ्यो भन्ने गुनासो गर्ने युवाहरू घरमै प्लग खोज्दै थिए । स्कुल जाने बालबालिका उज्यालो कोठामा रमाइरहेका थिए ।
पछिल्लोपटक मकवानपुरको बागमती गाउँपालिका–३ को दक्षिणमा पर्ने यी दुई बस्तीमा पहिलोपटक विद्युत् पुगेको हो । गाउँपालिका अध्यक्ष सर्केश घलानले ट्रान्सफर्मर जडान गरिएको पोलमा रिवन काट्दै बत्ती बाल्दा स्थानीयले लामो समयपछि विकासको अनुभूति गरे ।
‘बिकट र विपन्न समुदायलाई केन्द्रमा राखेर योजना बनाउँदा परिणाम ढिलो देखिए पनि दिगो हुन्छ’, अध्यक्ष घलानले भने, ‘आज बलेको बत्तीले यहाँका बालबालिकाको भविष्य उज्यालो बनाओस् भन्ने हाम्रो चाहना छ ।’
यहाँ तामाङ समुदायको बसोबास छ । औलोको त्रासका कारण वि.सं. १९९८ मा समथर भाग छोडेर तामाङ समुदायका पुर्खा पहाड चढेका थिए । यहाँ बस्ती बसेको आठ दशकमा पनि उनीहरू आधारभूत सेवाकै लागि संघर्षमा थिए । केही समयअघि मात्रै सडक खुलेको यो क्षेत्रमा वर्षात्को समयमा आवतजावत अवरुद्ध हुने समस्या छ ।
गाउँपालिका कार्यालय झुरझुरेबाट करिब १७ किलोमिटर दक्षिण र रौतहटको चन्द्रनिगाहपुरसँग जोडिएको यो क्षेत्रसम्म विद्युत् पुर्‍याउने लक्ष्य गत वर्षकै थियो । तर खोल्सा, भीर र अप्ठ्यारो भूगोलले योजना पछि धकेलिएको हो । यस वर्ष भने स्थानीयको सहभागिता, पालिकाको लगानी र नेपाल विद्युत् प्राधिकरणको सहयोगले सपना पूरा भएको हो ।
देउजरका ६२ र गढनसिरका १७ घरमा लाइन विस्तार गरिएको छ । प्राधिकरणले पोल, तार र ट्रान्सफर्मर उपलब्ध गराएको छ भने थ्रिफेज लाइनका लागि आवश्यक संरचना गाउँपालिकाले व्यवस्थापन गरेको हो ।
स्थानीयको श्रमदानले पनि गाउँमा बिजुली पुर्‍याउन सम्भव भएको हो । पोल बोक्दै उकालो–ओरालो गर्न यहाँका स्थानीय आफैं अघि सरे । ‘बत्ती बालिएको देख्दा अब गाउँ छोड्नुपर्छ जस्तो लाग्दैन’, स्थानीय दिलबहादुर पाख्रिनले भने, ‘गाउँमा बिजुली पनि आयो, सडक पनि आयो । अब गाउँमै आशा जागेको छ ।’
बिकट भूगोल र थोरै बस्तीका कारण यसअघिका जनप्रतिनिधिहरूको यी दुई गाउँ विकासको प्राथमिकतामा परेनन् । यहाँका अधिकांश युवा रोजगारीका लागि गाउँ बाहिर छन् ।
३ नम्बर वडा अध्यक्ष कमानसिं पाख्रिनका अनुसार इतिहास, शीतल हावापानी र जैविक वातावरणले भरिएको बागमती–३ कृषि र पर्यटनका लागि उपयुक्त क्षेत्र हो । ‘गिताराजा–गितारानी, बनठाकराजा र बनठाकरानीको इतिहाससँग जोडिएको यो ठाउँ चन्द्रनिगाहपुरसँग सडकले जोड्न सके कृषि उत्पादन क्षेत्र र पर्यटकीय गन्तव्य बन्न सक्छ’, उनले भने । प्रमुख प्रशासकीय अधिकृत ओमबहादुर दर्जीले विद्युत् विस्तारले शिक्षा, स्वास्थ्य र स्थानीय अर्थतन्त्रमा सकारात्मक परिवर्तन ल्याउने विश्वास व्यक्त गरे ।

Advertisement Banner
Previous Post

आगामी चुनावमा कांग्रेस संसद्को पहिलो पार्टी बन्छ : शेखर कोइराला

Next Post

दल र उम्मेदवारले बैंकिङ प्रणालीमार्फत मात्र आर्थिक कारोबार गर्नुपर्ने निर्वाचन आयोगको कडा निर्देशन

Editorial Team

Editorial Team

Next Post
६ राजनीतिक दल खारेज

दल र उम्मेदवारले बैंकिङ प्रणालीमार्फत मात्र आर्थिक कारोबार गर्नुपर्ने निर्वाचन आयोगको कडा निर्देशन

Recommended

US President Trump says Washington not ready for any deal with Tehran as US and Israel launch fresh attacks on Iran

US President Trump extends pause on strikes against Iranian energy sites by 10 days

5 months ago
चिनियाँ कम्पनीले ४ खर्ब ३० अर्बको नोट छाप्न ठेक्का पायो

Nepal Rastra Bank relaxes profit repatriation rules for foreign investors

8 months ago

Don't Miss

A Familiar Visitor, A Poem by Avignya  Abhilasha Kashyap

A Familiar Visitor, A Poem by Avignya  Abhilasha Kashyap

August 22, 2026
होर्मुजलाई ‘नयाँ अमेरिकी भूभाग’ बताउँदै ट्रम्प, इरानको कडा आपत्ति

होर्मुजलाई ‘नयाँ अमेरिकी भूभाग’ बताउँदै ट्रम्प, इरानको कडा आपत्ति

August 19, 2026
भारतीय गायक नवजोत आहुजा सांगीतिक प्रस्तुतिका लागि नेपालमा

भारतीय गायक नवजोत आहुजा सांगीतिक प्रस्तुतिका लागि नेपालमा

August 19, 2026
मधेशको वर्तमान अवस्था र भविष्यको दिशामाथि गहन बहस

मधेशको वर्तमान अवस्था र भविष्यको दिशामाथि गहन बहस

August 19, 2026
Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia

Copyright © 2025 Himalaya Diary.

Navigate Site

  • About Us
  • Contact

Follow Us

No Result
View All Result
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology

Copyright © 2025 Himalaya Diary.