काठमाडौं, २१ माघ
ललितपुर, ललितपुर महानगरपालिका-४ सानेपा पट्टीपा चोकमा हाल अल्फावेट नखुलेको गाडीको ठक्करबाट पैदलयात्री रामेछाप मथली नगरपालिका-५ सुनारपानी घर भई हाल ललितपुर सानेपा बस्ने ४७ वर्षीय रामकुमार पुरीको शुक्रबार राति मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएका उनको पाटन अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । ठक्कर दिने गाडीको प्रहरीले खोजी गरिरहेको छ ।
दैलेख, आठबिस नगरपालिका-३ जाक्सीस्थित सडकमा कालिकोटबाट सुर्खेततर्फ जाँदै गरेको भे.१ ख ३५१८ नम्बरको ट्रकको ठक्करबाट पैदलयात्री सोही नगरपालिका-४ बस्ने ५५ वर्षीय तिल बहादुर माझिको शुक्रबार राति घटनास्थलमै मृत्यु भएको छ । हाल फरार ट्रक चालकको प्रहरीले खोजी गरिरहेको छ ।
बाँके, कोहलपुर नगरपालिका-३ मदनचोकस्थित सडकमा रा.१ क १३५६ नम्बरको ट्रकले भे.७ प ८४३१ नम्बरको स्कुटरलाई शुक्रबार राति ठक्कर दिँदा स्कुटर चालक कोहलपुर नगरपालिका-११ बस्ने ३० वर्षीय जय प्रकाश घर्तीको घटनास्थलमै मृत्यु भएको छ । ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
पाल्पा, बगनासकाली गाउँपालिका-९ गुनठाँटीस्थित सडकमा लु.२ त ९८८४ नम्बरको ट्याक्टरले लु.५३ प ७५७१ नम्बरको स्कुटरलाई शनिबार बिहान ठक्कर दिँदा स्कुटरमा सवार तानसेन नगरपालिका-१३ बस्ने १९ वर्षीय अभिषेक थापा र ३९ वर्षीया मिना थापाको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनीहरूको जिल्ला अस्पताल तानसेनमा उपचारको क्रममा मृत्यु भएको हो । ट्याक्टर र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
यसैगरी पाल्पा, तिनाउ गाउँपालिका-५ चौबिस माईलस्थित सडकमा लु.२९ प ३२९७ नम्बरको मोटरसाइकललाई ग.२ ख ८४३ नम्बरको ट्रकले शनिबार दिउँसो ठक्कर दिँदा मोटरसाइकल चालक भारत घर भई हाल स्याङ्जा वालिङ नगरपालिका-८ बस्ने ३७ वर्षीय बिनय चौधरीको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको लुम्बिनि मेडिकल कलेज प्रभास पाल्पामा उपचारको क्रममा मृत्यु भएको हो । ट्रक र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
सर्लाही, मलंगवा नगरपालिका-४ स्थित सडकमा ना.१ क ४९५१ नम्बरको स्कूल बसले बिआर ०६ पिबि ३५१३ नम्बरको मोटरसाइकललाई शनिबार बिहान ठक्कर दिंदा मोटरसाइकल चालक कबिलासी नगरपालिका-९ बस्ने १८ वर्षीय दिपेन्द्र महतोको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको प्रादेशिक अस्पताल मलंगवामा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार २ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ । बस र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
Comments are closed.