Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
No Result
View All Result
No Result
View All Result
Home Book Releases

विमला ढुंगाना निरौलाको कथासङ्ग्रह ‘प्रेमाश्रु’ सार्वजनिक

Editorial Team by Editorial Team
February 10, 2026
in Book Releases, Literature, Nepal, News
0
विमला ढुंगाना निरौलाको कथासङ्ग्रह ‘प्रेमाश्रु’ सार्वजनिक
0
SHARES
36
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ –– साहित्यकार विमला ढुंगाना निरौलाको कथासङ्ग्रह ‘प्रेमाश्रु’ लोकार्पण गरिएको छ । सोमबार काठमाडौँमा एक विशेष कार्यक्रमबिच स्रष्टा समाजका अध्यक्ष श्रीओम ‘रोदन’, साहित्यकार कृष्ण भुसाल, समीक्षक प्राडा.यज्ञश्वर निरौला, कृतिकार निरौला, साहित्यकार प्रमोद प्रधान लगायतले कृति विमोचन गरे ।
कार्यक्रममा स्रष्टा विमला निरौलालाई मिलाप कभर सम्मान पनि हस्तान्तरण गरिएको थियो । सङ्गीकार सन्तोष श्रेष्ठ, साहित्यकार सीता पाण्डे, लक्ष्मी उप्रेती, डा.फणिन्द्रराज निरौला र गीतकार संघका अध्यक्ष वसन्त वित्यासी थापाले शुभकामना मन्तव्य राखेको कार्यक्रममा
कृतिको समिक्षा गर्दै डा.यज्ञश्वर निरौलाले अधिकांश कथा प्रेमसँग सम्बन्धित रहेको बताउँदै नेपालबाहिर अमेरिका र नेपाली परिवेशका जनजीवनका कथा रहेको बताए ।
‘समाजका विविध विषयलाई कथाका रूपमा एकै कृतिमा उनेर विमलाले पाठकसमक्ष प्रस्तुत गर्नुभएको छ’, डा.निरौलाले भने ‘समाजमा रहेका रीति र विकृति सरल तर गहन, सजीव बाचाल रूपमा यसमा प्रस्तुत भएका छन् ।’
साहित्यकार प्रमोद प्रधानले स्रष्टा विमला निरौला साहित्य सिर्जना सँगसँगै समाज सेवामा पनि त्यतिकै सशक्त रूपमा लाग्दै आएको बताउँदै नेपाल बाल साहित्य समाजमा पनि उहाँको योगदानको चर्चा गरे ।
स्रष्टा विमलाले आफूले बाल साहित्यमा अलिक धेरै कलम चलाउँदै आए पनि सबै विधामा कलम चलाइरहेको बताउँदै पछिल्लो कृति ‘प्रेमाश्रु’ले पाठकको मन जित्नेमा आशावादी रहेको बताइन् ।
किशोर गौतमको वर्णविन्यास रहेको २०० पृष्ठको यस कृतिमा ‘प्रणय प्रेम, प्रेम र मानवताको खाता, प्रेमको क्षमादान, हुर्रे !, प्रेमिक्षा, स्वप्निल प्रेम, अतृप्त प्रेम, प्रेम जीवन, अस्ताएको प्रेम, प्रेम पैयाँ, प्रेम र आराधना, आफैंसँगको प्रेम, अपराजित प्रेम, प्रेमका आँसु, प्रेम संकल्प, प्रेम प्रस्ताव, प्रेमको अवशेष, भय, सपना कुरा, तीजको रहर, नारी दिवस, पुरस्कार, अनिश्चित आयु, प्रेमको पुनर्मिलन, माला र गला, भलाद्मी, अनुत्तरित बाध्यता, प्रेमील साकुरा, बेहुला मामाको बटुक भान्जा’ जस्ता २९ कथा समाविष्ट गरिएको छ ।

Advertisement Banner
Previous Post

कांग्रेसलाई गरेको विश्वासलाई अब भोटमा बदल्न आग्रह गर्दछु _ गगन थापा

Next Post

आकाश श्रेष्ठको ‘तिम्रो स्पर्श’ सार्वजनिक

Editorial Team

Editorial Team

Next Post
आकाश श्रेष्ठको ‘तिम्रो स्पर्श’ सार्वजनिक

आकाश श्रेष्ठको ‘तिम्रो स्पर्श’ सार्वजनिक

Recommended

Research extends the lifetime of molecules in organic flow batteries to practical values

Research extends the lifetime of molecules in organic flow batteries to practical values

4 years ago
पोखरामा अन्तर्राष्ट्रिय आर्ट क्याम्प’हुने

पोखरामा अन्तर्राष्ट्रिय आर्ट क्याम्प’हुने

4 years ago

Don't Miss

Patan High Court annuls membership of 18 FNCCI commodity associations

FNCCI forms three more thematic committees

August 4, 2026
Tea exports to India fall 37 percent via Kakarvitta

Tea exports to India through Kakarbhitta decline

August 4, 2026
Chinese tourist arrivals fall short despite ‘Visit Nepal Year in China’ push

Nepal received 71,775 foreign visitors in July 2026, marking a 2.3 percent increase

August 4, 2026
Nepal Rastra Bank absorbs Rs 20 billion to manage excess liquidity

Nepal’s trade deficit widened to Rs 1.78 trillion in fiscal year 2025/26

August 4, 2026
Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia

Copyright © 2025 Himalaya Diary.

Navigate Site

  • About Us
  • Contact

Follow Us

No Result
View All Result
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology

Copyright © 2025 Himalaya Diary.