Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
No Result
View All Result
No Result
View All Result
Home Author

वनिताका विभिन्न पुरस्कारहरुको घोषणा

himalaya Diary News Service by himalaya Diary News Service
April 19, 2022
in Author, Awards, Feature, Literary Festival & Event, Literature, Nepal
0
वनिताका विभिन्न पुरस्कारहरुको घोषणा
0
SHARES
24
VIEWS
Share on FacebookShare on Twitter

२०७९ बैशाख ५ गते काठमाडौं, वनिता साहित्यिक पत्रिकाले विभिन्न विधाका पुरस्कारहरुको घोषणा गरेको छ । पत्रिकाले  २०७८ र २०७९ सालका साहित्य, सङ्गीत, रङ्गमञ्च, संचार र शिक्षाका क्षेत्रमा दिइने विभिन्न पुरस्कारको घोषणा गरेको हो ।

पत्रिकाले रु. २५,००० राशि सहितको ‘वनिताश्री कथा रत्न सम्बुद्ध अभिनन्दन -२०७८’ वरिष्ठ साहित्यकार डा.दयाराम श्रेष्ठ ‘सम्भव’लाई प्रदान गर्ने निर्णय गरेको छ । यस्तै रू. १०,०१५ राशि सहितको ‘वनिताश्री गोपालप्रसाद रिमाल काव्य सम्मान पुरस्कार -२०७८’ वरिष्ठ कवि, गीतकार दिनेश अधिकारीलाई प्रदान गर्ने भएको छ ।

 

पत्रिकाले रू.१०,०००  राशि सहितको ‘देवकुमारी थापा बालसाहित्य वनिता पुरस्कार’ २०७८ र २०७९  बाल साहित्यकार प्रभा भट्टराई र बाल साहित्यकार रामदेव पाण्डेलाई ,रु. ५,००० राशि सहितको  ‘वनिताश्री डा.नरेन्द्र चापागाईं समालोचक शिरोवर्ती सम्मान’ २०७८ र २०७९  समालोचक डा.शैलेन्दुप्रकाश नेपाल र समालोचक डा.दुर्गाप्रसाद दाहाललाई प्रदान गर्ने भएको छ ।

यसैगरी पत्रिकाले रू ५,५५५  राशि सहितको ‘वनिताश्री देवकुमारी थापा कथा विशिष्ट सम्मान पुरस्कार’ २०७८ र २०७९ कथाकार मातृका पोखरेल रकथाकार इल्या भट्टराईलाई ,रू ५,०५५ राशि सहितको  ‘व्यथित काव्य वनिताश्री पुरस्कार’ २०७८ र २०७९ कवि कृसु क्षेत्री र कवि मनोज न्यौपानेलाई ,रू.१५,००० राशि सहितको ‘वनिता शिक्षा र साहित्य पुरस्कार २०७८’ शिक्षासेवी गायत्री श्रेष्ठलाई  रू. १५, ००० राशि सहितको ‘वनिता बहुआयामिक प्रतिभा पुरस्कार -२०७९’  बहुआयामी प्रतिभा मोहन अभिलाषीलाई,रू.१०,००५ राशि सहितको ‘वनिताश्री उन्नती गीतसङ्गीत पुरस्कार’ २०७८ र २०७९ गायिका संगीता थापा शाक्यलाई  र नेपाल आइडल सिजन ४ का विजेता भुपेन्द्र थापा मगरलाई प्रदान गर्ने भएको छ ।

यस्तै पत्रिकाले रू. ५,०००  राशि सहित ‘वनिता विशेष वसुश्री–मधु पुरस्कार’ २०७८ र २०७९ संचारकर्मी भगवती बस्नेत र रंगकर्मी पुरू लम्साललाई , रू.१०,००० राशि सहितको ‘वनिताश्री पुरुषोत्तमराज पाण्डेय पुरस्कार’ ०७८ र ०७९ गायक जुजुकाजी रञ्जित र साहित्यकार धनकुटे कान्छालाई  प्रदान गर्ने भएको छ । ,

यसैगरी पत्रिकाले रू.१०,००० राशि सहित ‘वनिता जलेश्वरी बालप्रतिभा पुरस्कार’ २०७८ र २०७९ राइजिङ स्टार बोर्डिङ स्कुलका साना नानीहरू र प्रिभा रेग्मीलाई संयुक्त रुपमा प्रदान गर्ने भएको छ ।

यस्तै पत्रिकाले रू .५,००० राशि सहितको ‘वनिता बाल कलाकार पुरस्कार -२०७९’ कृशला श्रेष्ठलाई प्रदान गर्ने भएको छ ।

 यी पुरस्कारहरू  वैशाख १७ गते प्रदान गरिने बनिता पत्रिकाका सम्पादक एवं प्रकाशक साहित्यकार लक्ष्मी उप्रेतीले जानकारी दिइन ।

Advertisement Banner
Previous Post

भ्रष्टाचारविरुद्ध कार्टुन कला

Next Post

श्रदेय पारिजातको २९ औँ स्मृति-वर्षको सन्दर्भमा भावपूर्ण “श्रद्धा-सुमन”

himalaya Diary News Service

himalaya Diary News Service

Next Post
श्रदेय पारिजातको २९ औँ स्मृति-वर्षको सन्दर्भमा भावपूर्ण “श्रद्धा-सुमन”

श्रदेय पारिजातको २९ औँ स्मृति-वर्षको सन्दर्भमा भावपूर्ण "श्रद्धा-सुमन"

Recommended

UML to File Writ Petition at Supreme Court for HoR Restoration

UML to File Writ Petition at Supreme Court for HoR Restoration

8 months ago
निर्वाचन आयोग गयो गगन थापा नेतृत्वको कांग्रेस

Congress President Thapa and Vice President Sharma meet former President Deuba in Maharajgunj

6 months ago

Don't Miss

Lyricist Pushpa Khanal receives ‘Music Khabar Diaspora Music Award-2082’

Lyricist Pushpa Khanal receives ‘Music Khabar Diaspora Music Award-2082’

June 29, 2026
The Gold Ring, A short story by Ranjit K. Sahu from the USA

The Box of Treasures, a short story by Ranjit K. Sahu

June 23, 2026
नेपाल र भारतका सर्जकबाट काव्य वर्षासंगै गीत र नृत्य प्रस्तुत

नेपाल र भारतका सर्जकबाट काव्य वर्षासंगै गीत र नृत्य प्रस्तुत

May 14, 2026
वसन्त ऋतुका लागि सगरमाथाको शिखरसम्म डोरी टाँग्ने कार्य सम्पन्न

वसन्त ऋतुका लागि सगरमाथाको शिखरसम्म डोरी टाँग्ने कार्य सम्पन्न

May 14, 2026
Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia

Copyright © 2025 Himalaya Diary.

Navigate Site

  • About Us
  • Editor In Chief
  • Contact

Follow Us

No Result
View All Result
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology

Copyright © 2025 Himalaya Diary.