Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
No Result
View All Result
No Result
View All Result
Home Book Releases

‘दिनेश अधिकारीको ‘कविताको कथा र गीतको कथा’ पुस्तक सार्वजनिक’ 

himalaya Diary News Service by himalaya Diary News Service
April 20, 2022
in Book Releases, Literary Festival & Event, Literature
0
‘दिनेश अधिकारीको ‘कविताको कथा र गीतको कथा’ पुस्तक सार्वजनिक’ 
0
SHARES
27
VIEWS
Share on FacebookShare on Twitter

 

 

काठमाडौं, चर्चित कवि तथा गीतकार दिनेश अधिकारीले आफ्ना गीतका स्रोता र पाठकका लागि एउटा पृथक कोसेली सुम्पिएका छन्, ‘कविताको कथाः गीतको कथा’। शिखा बुक्सले कवि अधिकारीको यो कृति प्रकाशनमा ल्याएको हो । जसमा सैयौँ चर्चित गीत तथा कविताका सर्जक अधिकारीका लोकप्रिय कविता तथा गीतहरूको रचनागर्भ समेटिएको छ ।

दिनेश अधिकारी भन्छन्, “यो कविता र गीतहरूको रचनागर्भ मात्रै नभएर सिर्जनाले गरेको यात्रा हो ।“

यस कृतिभित्र ‘हर्क बहादुर’, …नीलो वह’,…सिपाही, …बिहे, …हट घोडा हट’लगायतका ११ वटा कविता र …‘तिमी जुन रहरले, …सोचेजस्तो हुन्न जीवन’, …यो सम्झिने मन छ, …जीवन भन्नु त घात छ, पहाडमा जाडो बढे, …रक्सी बेचेँ आलु बेचेँ, …पहाड झुक्नु पर्छ’लगायत १८ गीतहरूको यात्रा कथा समेटिएको छ ।

अधिकारीकाअनुसार पुस्तकमा समेटिएको गीत र कविताको कथामा त्यस विषयमा लेखिएका, बोलिएका र संगतबाट थाहा पाएका सबै प्रसंगहरू राखिएको छ ।

उनी भन्छन्, “मैले गीत र कविताको यात्रालाई छर्लङ्ग बनाउने प्रयास गरेको छु । मलाई लाग्छ, यो किताब अनुसन्धान गर्ने, सिर्जनशील लेखनमा लाग्नेहरू र रेडियोकर्मीहरूका लागि बढी उपयोगी हुनसक्छ ।“

यो किताब प्रकाशित हुनुको कारण बताउँदै अधिकारीले बाह्रखरीसँग भने, “एउटा पत्रिकामा मेरा केही गीतहरू जन्मिँदाको विषयलाई लिएर एउटा आलेख प्रकाशित भयो । मेरो शिक्षक कथाकार भुवन ढुङ्गानाले त्यो पढनुभएछ । अनि उहाँले मलाई भन्नु भयो, ‘दिनेशजी, गीतका कुराहरू धेरै छोटो भयो । बरु त्यसको रचनागर्भ आफैले लेखे हुन्थ्यो नि’ त्यसपछि मलाई आफ्ना गीत र कविताका बारेमा केही लेख्न पाए हुन्थ्यो भन्ने हुटहुटी जाग्यो । मलाई लाग्यो सर्जकको हैसियतले मेरो सिर्जनाले गरेको यात्राका बारेमा त म साक्षी भएर लेख्न सक्छु । त्यसैको परिणाम हो, यो किताब ।“

बजारमा आएको यो पुस्तकको मूल्य ३५० रुपैयाँ राखिएको उनले बताए ।

Advertisement Banner
Previous Post

कृष्ण प्रसाईको घामको आयु कवितासंग्रह अनावरण

Next Post

संयुक्त साहित्यिक संगोष्ठी सम्पन्न

himalaya Diary News Service

himalaya Diary News Service

Next Post
संयुक्त साहित्यिक संगोष्ठी सम्पन्न

संयुक्त साहित्यिक संगोष्ठी सम्पन्न

Recommended

UN High Commissioner for Human Rights raises concerns about counter-terrorism measures in Xinjiang

UN High Commissioner for Human Rights raises concerns about counter-terrorism measures in Xinjiang

4 years ago
India’s first portable solar rooftop system inaugurated at Akshardham, Gandhinagar

India’s first portable solar rooftop system inaugurated at Akshardham, Gandhinagar

4 years ago

Don't Miss

Lyricist Pushpa Khanal receives ‘Music Khabar Diaspora Music Award-2082’

Lyricist Pushpa Khanal receives ‘Music Khabar Diaspora Music Award-2082’

June 29, 2026
The Gold Ring, A short story by Ranjit K. Sahu from the USA

The Box of Treasures, a short story by Ranjit K. Sahu

June 23, 2026
नेपाल र भारतका सर्जकबाट काव्य वर्षासंगै गीत र नृत्य प्रस्तुत

नेपाल र भारतका सर्जकबाट काव्य वर्षासंगै गीत र नृत्य प्रस्तुत

May 14, 2026
वसन्त ऋतुका लागि सगरमाथाको शिखरसम्म डोरी टाँग्ने कार्य सम्पन्न

वसन्त ऋतुका लागि सगरमाथाको शिखरसम्म डोरी टाँग्ने कार्य सम्पन्न

May 14, 2026
Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia

Copyright © 2025 Himalaya Diary.

Navigate Site

  • About Us
  • Editor In Chief
  • Contact

Follow Us

No Result
View All Result
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology

Copyright © 2025 Himalaya Diary.