Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
No Result
View All Result
No Result
View All Result
Home News Nepal

काठमाडौँमा हुण्डीको अबैध कारोबार: प्रहरीकै छायाँमा फस्टाउँदै

Editorial Team by Editorial Team
March 26, 2026
in Nepal, News
0
काठमाडौँमा हुण्डीको अबैध कारोबार: प्रहरीकै छायाँमा फस्टाउँदै
0
SHARES
3
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ – राजधानी काठमाडौँमा अन्तरदेशीय अवैध रकम कारोबार अर्थात् हुण्डी धन्दा भयावह रूपमा फैलिएको खुलासा भएको छ। पछिल्लो केही दिनमा प्रहरीद्वारा गरिएका पक्राउका घटनाले सतहमा देखिएको सानो भाग मात्रै भएको देखिएको छ, जबकि भित्री रूपमा करोडौँ रुपैयाँको समानान्तर आर्थिक सञ्जाल सञ्चालनमा रहेको स्रोतहरूको दाबी छ।
प्रहरीले काठमाडौँको ठमेल क्षेत्रबाट स्रोत नखुलेको १० लाख रुपैयाँ नगदसहित एक चिनियाँ नागरिकलाई पक्राउ गरेपछि यो विषय पुनः चर्चामा आएको हो। पक्राउ पर्नेमा ५३ वर्षीय तान जियाङ रहेका छन्। उनी चीनको हुवान प्रान्तका बासिन्दा हुन्। प्रहरीका अनुसार उनी अन्तरदेशीय रकम लेनदेन अर्थात् हुण्डी कारोबारमा संलग्न रहेको आशंकामा आइतबार पक्राउ परेका हुन्। उनको साथबाट बरामद भएको नगद रकमसहित थप अनुसन्धान अघि बढाइएको छ।
त्यसैगरी, अर्को ठूलो कारबाहीमा जिल्ला प्रहरी परिसर काठमाडौँको टोलीले नागार्जुन नगरपालिका–८ भीमढुङ्गाबाट एक करोड १६ लाख रुपैयाँ नगदसहित दुई जना हुण्डी कारोबारीलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा २८ वर्षीय सागर गिरी र २८ वर्षीय प्रमोदप्रसाद धिताल रहेका छन्। उनीहरू दुवै स्थानीय बासिन्दा हुन्।
प्रहरी उपरीक्षक पवनकुमार भट्टराईका अनुसार अभौतिक मुद्रा (हुण्डी) कारोबार भइरहेको सूचनाको आधारमा उनीहरूलाई नियन्त्रणमा लिइएको हो। पक्राउ परेकाहरूको साथबाट तीन थान चेकबुक, विभिन्न व्यक्तिका नाममा काटिएका २७ लाख ३० हजार रुपैयाँ बराबरका चेक, विभिन्न बैंकका चार थान एटिएम कार्ड, छ थान मोबाइल फोन, एनसेल र एनटिसीका ३१ थान सिम कार्ड तथा एक कम्प्युटर समेत बरामद गरिएको छ।
यी पक्राउ घटनाहरूले प्रहरी सक्रिय भएको सन्देश दिन खोजे पनि यथार्थ भने निकै फरक रहेको जानकारहरू बताउँछन्। राजधानीका विभिन्न स्थानहरू—ठमेल, महाबौद्ध, सुनधारा आसपासको ‘चाइना टाउन’, न्युप्लाजा, न्यूरोड लगायत क्षेत्रमा हुण्डी कारोबार खुल्लमखुल्ला जस्तै भइरहेको स्थानीयहरूको भनाइ छ।
व्यवसायी, विदेशमा काम गर्ने नेपाली, र विदेशी नागरिकहरूसँग जोडिएको यो नेटवर्कले बैंकिङ प्रणालीलाई छल्दै ठूलो रकम देशभित्र र बाहिर सार्ने काम गर्दै आएको छ। यसरी हुने कारोबारले राज्यलाई कर राजस्वमा ठूलो घाटा पु¥याउने मात्र होइन, अवैध आर्थिक गतिविधि, तस्करी, र अपराधलाई समेत प्रश्रय दिने गरेको छ।
हुण्डी कारोबार सामान्यतया गोप्य रूपमा सञ्चालन हुने भए पनि काठमाडौँमा यसको विस्तार यति व्यापक भएको छ कि कतिपय स्थानहरूमा खुलेआम जस्तै कारोबार भइरहेको आरोप लाग्दै आएको छ। तर यस्ता गतिविधि रोक्नुपर्ने निकायहरू—प्रहरी र राजश्व प्रशासन—प्रभावकारी रूपमा अघि नबढेको देखिन्छ।अझ गम्भीर कुरा के छ भने, केही ठूला हुण्डी कारोबारीहरू प्रहरीकै संरक्षणमा रहेको आरोप समेत लाग्दै आएको छ। स्रोतका अनुसार केही बहालवाला तथा अवकाशप्राप्त उच्च प्रहरी अधिकारीहरूको नाम समेत यस्ता नेटवर्कसँग जोडिने गरेको चर्चा चल्ने गर्छ। यद्यपि यसबारे आधिकारिक पुष्टि भने हुन सकेको छैन।
विशेषज्ञहरूका अनुसार हुण्डी कारोबार बढ्नुका पछाडि केही मुख्य कारणहरू छन्ः बैंकिङ प्रणालीको जटिलता र ढिलासुस्ती , विदेशबाट पैसा पठाउँदा लाग्ने शुल्क , अवैध व्यापार तथा तस्करीसँगको सम्बन्ध , नियमन निकायहरूको कमजोर अनुगमन , राजनीतिक तथा प्रशासनिक संरक्षण । विशेषगरी, विदेशमा रहेका नेपालीहरूले छिटो र सस्तो माध्यमको खोजी गर्दा पनि हुण्डी प्रयोग हुने गरेको पाइन्छ। तर यसले दीर्घकालीन रूपमा अर्थतन्त्रमा नकारात्मक असर पार्ने चेतावनी अर्थविद्हरूले दिएका छन्।
हुण्डी कारोबार केवल आर्थिक अपराध मात्र होइन, यसले अन्य आपराधिक गतिविधिहरूलाई समेत सहज बनाउने माध्यमका रूपमा काम गर्ने गर्छ। लागूऔषध तस्करी, मानव बेचबिखन, सुन तस्करी लगायतका संगठित अपराधहरूमा पनि हुण्डीको प्रयोग हुने गरेको विभिन्न अनुसन्धानले देखाएका छन्।यसले गर्दा राज्यको सुरक्षा प्रणालीमाथि समेत गम्भीर चुनौती खडा भएको छ।
स्थानीय र जानकारहरूको गुनासो छ—प्रहरीले कहिलेकाहीँ साना कारोबारीहरूलाई पक्राउ गरे पनि वास्तविक ‘ठूला खेलाडी’हरू भने सधैं उम्किने गरेका छन्। यसले कारबाहीमाथि नै प्रश्न उठाउने गरेको छ।“पक्राउ पर्नेहरू प्रायः भरिया वा सानो स्तरका एजेन्ट हुन्छन्, तर करोडौँको कारोबार चलाउने मुख्य व्यक्तिहरू कहिल्यै समातिँदैनन्,” एक व्यवसायीले नाम नखुलाउने सर्तमा भने।
हुण्डी कारोबार नियन्त्रण गर्नका लागि कडा कानुनी कार्यान्वयन, प्रविधिको प्रयोग, अन्तर्राष्ट्रिय समन्वय तथा पारदर्शी बैंकिङ प्रणाली आवश्यक रहेको विज्ञहरू बताउँछन्। साथै, प्रहरी र राजश्व प्रशासनभित्रको आन्तरिक शुद्धीकरण पनि उत्तिकै आवश्यक देखिन्छ।
काठमाडौँ उपत्यकामा फस्टाउँदै गएको हुण्डी कारोबार केवल आर्थिक अपराधको विषय मात्र नभई राष्ट्रिय सुरक्षासँग समेत जोडिएको गम्भीर चुनौतीका रूपमा उभिएको छ। केही पक्राउका घटनाले समस्या समाधान हुँदैन। जबसम्म यसको जरोमा पुगेर नेटवर्क नै ध्वस्त पारिँदैन, तबसम्म यस्तो अवैध साम्राज्य झन् फैलिने खतरा बढ्दै जाने निश्चित छ।राज्यका सम्बन्धित निकायहरूले अब पनि आँखामै पट्टी बाँधेर बस्ने हो भने, हुण्डीको यो सञ्जालले अर्थतन्त्र मात्र होइन, सम्पूर्ण शासन प्रणालीलाई नै चुनौती दिन सक्ने अवस्था नजिकिँदै गएको छ।

Advertisement Banner
Previous Post

आज चैते दसैं पर्व मनाइँदै: आज घर-घरमा नव दुर्गा भगवतीको पूजा आराधना गरी मनाइँदै

Next Post

उदयपुर सिमेन्ट उद्योग घोटाला प्रकरण : पूर्वमहाप्रबन्धक पौडेलसँग अदालतले माग्यो १५ लाख धरौटी

Editorial Team

Editorial Team

Next Post

उदयपुर सिमेन्ट उद्योग घोटाला प्रकरण : पूर्वमहाप्रबन्धक पौडेलसँग अदालतले माग्यो १५ लाख धरौटी

Recommended

आज आठौँ राष्ट्रिय झण्डा दिवस मनाइदै

आज आठौँ राष्ट्रिय झण्डा दिवस मनाइदै

5 months ago
Nepal: Restoration work on the Krishna Octagonal Temple in #Patan Durbar Square completed

Nepal: Restoration work on the Krishna Octagonal Temple in #Patan Durbar Square completed

4 years ago

Don't Miss

नेपाल र भारतका सर्जकबाट काव्य वर्षासंगै गीत र नृत्य प्रस्तुत

नेपाल र भारतका सर्जकबाट काव्य वर्षासंगै गीत र नृत्य प्रस्तुत

May 14, 2026
वसन्त ऋतुका लागि सगरमाथाको शिखरसम्म डोरी टाँग्ने कार्य सम्पन्न

वसन्त ऋतुका लागि सगरमाथाको शिखरसम्म डोरी टाँग्ने कार्य सम्पन्न

May 14, 2026
चीन र घानाबीचको व्यापारमा १९.३ प्रतिशतले वृद्धि, द्विपक्षीय व्यापार १४ अर्ब डलर नाघ्यो

चीन र घानाबीचको व्यापारमा १९.३ प्रतिशतले वृद्धि, द्विपक्षीय व्यापार १४ अर्ब डलर नाघ्यो

May 14, 2026
ट्रम्प रसी जिनपीङबीच बेइजिङस्थित ‘ग्रेट हल अफ द पिपुल’मा भेटवार्ता जारी

ट्रम्प रसी जिनपीङबीच बेइजिङस्थित ‘ग्रेट हल अफ द पिपुल’मा भेटवार्ता जारी

May 14, 2026
Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia

Copyright © 2025 Himalaya Diary.

Navigate Site

  • About Us
  • Editor In Chief
  • Contact

Follow Us

No Result
View All Result
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology

Copyright © 2025 Himalaya Diary.