Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
No Result
View All Result
No Result
View All Result
Home News Nepal

पशुपतिमा भिक्षा माग्ने फ्रान्सेलीबारे वास्तविकता खुल्यो

Editorial Team by Editorial Team
April 8, 2026
in Nepal, News
0
पशुपतिमा भिक्षा माग्ने फ्रान्सेलीबारे वास्तविकता खुल्यो
0
SHARES
2
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं – पशुपतिनाथ मन्दिर क्षेत्रमा एक फ्रान्सेली नागरिक भिक्षा मागिरहेको भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि उक्त घ’टनाबारे प्रहरीले वास्तविकता सार्वजनिक गरेको छ।भाइरल भिडियोमा ती विदेशी नागरिक नेपाल भ्रमणका क्रममा लु’टिएपछि भिक्षा माग्न बाध्य भएको दाबी गरिएको थियो। तर प्रहरीका अनुसार उक्त विवरण पूर्ण रूपमा सत्य नभएको स्पष्ट भएको छ।प्रहरीले जनाएको अनुसार ४८ वर्षीय ती फ्रान्सेली नागरिक विगत करिब ६ वर्षदेखि नेपालमै बसोबास गर्दै आएका छन् र उनकी श्रीमती नेपाली नागरिक हुन्।सामाजिक सञ्जालमा फैलिएको जस्तो उनका मोबाइल, ट्राभल डकुमेन्ट र ल्यापटप लु’टिएको नभई, चाबहिलस्थित एक होटलमा बस्दा बिल तिर्न नसक्दा ती सामान कोठामै छोडिएको पाइएको प्रहरीले जनाएको छ। उनी “पैसा ल्याउँछु” भन्दै केही समयका लागि बाहिर निस्किएका थिए।
ती नागरिक विभिन्न स्वास्थ्य समस्याबाट ग्रसित रहेको र फ्रान्स सरकारले मासिक भत्ता उपलब्ध गराउँदै आएको जानकारी पनि प्रहरीले दिएको छ। तर उनकी आमाको अप्रत्याशित दु’र्घटनापछि उक्त भत्ता रोकिएको जनाइएको छ।पछिल्ला तीन महिनादेखि उनी चाबहिलस्थित होटलमा बस्दै आएका थिए। साथै, उनको भिसा अवधि गत फेब्रुअरी १० मा सकिएको कारणले उनलाई अध्यागमन विभागको जिम्मा लगाइएको प्रहरीले जनाएको छ।प्रहरीले सामाजिक सञ्जालमा फैलिने अपुष्ट तथा भ्रामक समाचारमा विश्वास नगर्न सर्वसाधारणलाई आग्रह गरेको छ।

Advertisement Banner
Previous Post

देउवा दम्पतीविरुद्ध पक्राउ पूर्जी जारी

Editorial Team

Editorial Team

Discussion about this post

Recommended

बंगलादेशमा आज आम निर्वाचन, मतदान जारी

बंगलादेशमा आज आम निर्वाचन, मतदान जारी

2 months ago
चिनियाँ कम्पनीले ४ खर्ब ३० अर्बको नोट छाप्न ठेक्का पायो

Nepal Government capital expenditure improved slightly compared to the previous fiscal year

3 months ago

Don't Miss

पशुपतिमा भिक्षा माग्ने फ्रान्सेलीबारे वास्तविकता खुल्यो

पशुपतिमा भिक्षा माग्ने फ्रान्सेलीबारे वास्तविकता खुल्यो

April 8, 2026
देउवा दम्पतीविरुद्ध पक्राउ पूर्जी जारी

देउवा दम्पतीविरुद्ध पक्राउ पूर्जी जारी

April 8, 2026
आज सिँचाइ दिवस मनाइँदै, विविध कार्यक्रम आयोजना गरी मनाइँदै

आज सिँचाइ दिवस मनाइँदै, विविध कार्यक्रम आयोजना गरी मनाइँदै

April 8, 2026
होर्मुज मार्गमा कडाइः इरानको निर्णयले अन्तर्राष्ट्रिय प्रभाव

होर्मुज मार्गमा कडाइः इरानको निर्णयले अन्तर्राष्ट्रिय प्रभाव

April 8, 2026
Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia

Copyright © 2025 Himalaya Diary.

Navigate Site

  • About Us
  • Editor In Chief
  • Contact

Follow Us

No Result
View All Result
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology

Copyright © 2025 Himalaya Diary.