प्रधानमन्त्री प्रचण्डलाई रविले भने- म तपाईंको मुटु चेक गर्न चाहन्छु, कुन अस्पतालमा गर्ने भन्नुस्

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापतिसमेत रहेका सांसद रवि लामिछानेले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको मुटु चेक गर्न चाहेको बताएका छन्।
नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर ठगी प्रकरणमा मुटु नकमाई अनुसन्धान हुने बताएका प्रधानमन्त्रीको मुटु कामेकोजस्तो लागेकोले चेक गर्नुपरेको लामिछानेको भनाइ छ।
‘प्रधानमन्त्रीजी, तपाईंले मुटु कमाउँदिनँ भन्नुभएको छ। अब म तपाईंको मुटु चेक गर्न चाहन्छु, कुन अस्पतालमा चेक गर्ने भन्नुस्,’ बुधबारको प्रतिनिधि सभा बैठकमा लामिछानेले भने, ‘काम्दैन भनेको तपाईंको मुटु काम्यो कि भन्ने मलाई शंका लागेको छ।’
भुटानी शरणार्थी प्रकरणमा नाम आएका विभिन्न मानिसलाई बयानसमेत नलिइएको लामिछानेको भनाइ छ।
प्रधानमन्त्रीजी, तपाईंले मुटु कमाउँदिनँ भन्नुभएको छ। अब म तपाईंको मुटु चेक गर्न चाहन्छु, कुन अस्पतालमा चेक गर्ने भन्नुस्,’ बुधबारको प्रतिनिधि सभा बैठकमा लामिछानेले भने, ‘काम्दैन भनेको तपाईंको मुटु काम्यो कि भन्ने मलाई शंका लागेको छ।’
भुटानी शरणार्थी प्रकरणमा नाम आएका विभिन्न मानिसलाई बयानसमेत नलिइएको लामिछानेको भनाइ छ।

Comments are closed.