Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
No Result
View All Result
No Result
View All Result
Home News

लागुऔषध नियन्त्रण गर्न मधेश प्रहरीको महाअभियान, सीमादेखि गाउँसम्म निगरानी बढाइने

Editorial Team by Editorial Team
May 3, 2026
in News
0
लागुऔषध नियन्त्रण गर्न मधेश प्रहरीको महाअभियान, सीमादेखि गाउँसम्म निगरानी बढाइने
0
SHARES
7
VIEWS
Share on FacebookShare on Twitter

सर्लाही – मधेश प्रदेश प्रहरीले लागुऔषध प्रयोगकर्ता पहिचान, नियन्त्रण र सुधारका नाममा प्रदेशव्यापी ‘लागुऔषध सेवनकर्ता खोजी एवं सुधार महाअभियान २०८३’ सुरु गरेको छ ।
प्रदेश प्रहरी कार्यालयले आठै जिल्लाका प्रहरी प्रमुख तथा मातहत इकाइलाई निर्देशन दिँदै अभियान अघि बढाएको जनाएको छ । प्रहरी नायब महानिरीक्षक गोविन्द थपलियाले अभियानमार्फत लागुऔषध प्रयोग बढ्दो चुनौती बनेकाले खोजी निगरानी र सुधारलाई एकसाथ अघि बढाइने बताएका छन् ।
अभियानअन्तर्गत मधेशका सीमा नाकामा ‘ड्रग्स टेस्टिङ चेकपोइन्ट’ स्थापना गरिनेछ । त्यहाँ ड्रग टेस्ट किट प्रयोग गरेर लागुऔषध सेवन गरेको वा नगरेको परीक्षण गरिने प्रहरीले जनाएको छ । सीमामा नियमित आवतजावत गर्ने युवायुवतीको विवरण संकलन गरेर निगरानीसमेत बढाइने योजना छ ।
प्रहरीका अनुसार लागुऔषध सेवनकर्तालाई सीमाक्षेत्रमै एक घण्टासम्म सचेतनामूलक अडियो–भिजुअल सामग्रीमार्फत प्रशिक्षण दिइनेछ । उनीहरूको अभिलेख तयार पारिने र अवस्थाअनुसार निगरानीसमेत गरिने बताइएको छ ।
अभियान केवल नियन्त्रणमा सीमित नराखी सुधार र पुनर्स्थापनामा पनि केन्द्रित गरिएको प्रहरीको दाबी छ । त्यसका लागि प्रदेश सरकार, स्थानीय तह तथा सरोकारवाला निकायसँग समन्वय गरेर युवालाई लक्षित खेलकुद, मनोरञ्जन, सीपमूलक तालिम र रोजगार कार्यक्रम सञ्चालन गरिने योजना बनाइएको छ ।
यस्तै, लागुऔषध ओसारपसार, भण्डारण तथा कारोबारमा संलग्न समूह, व्यक्ति, औषधि पसल वा अन्य स्थानलाई निगरानीमा राखेर कडा कानुनी कारबाही गरिने प्रहरीले जनाएको छ ।
मधेश प्रदेशमा पछिल्ला वर्षहरूमा लागुऔषध प्रयोग र सीमापार कारोबार बढ्दै गएको गुनासोबीच प्रहरीले यसलाई विशेष अभियानका रूपमा अघि सारेको हो ।

Advertisement Banner
Previous Post

“सरकारी गाडीमा निजी सवारी ! पहुँचवालाको मौजमस्ती अन्त्य

Next Post

इरानसँगको युद्ध अन्त्य गर्ने इरानको नयाँ प्रस्ताव, समीक्षा गर्दै ट्रम्प

Editorial Team

Editorial Team

Next Post
इरानसँगको युद्ध अन्त्य गर्ने इरानको नयाँ प्रस्ताव, समीक्षा गर्दै ट्रम्प

इरानसँगको युद्ध अन्त्य गर्ने इरानको नयाँ प्रस्ताव, समीक्षा गर्दै ट्रम्प

Recommended

सन् २०२२ को ‘सामाजिक न्यायका लागि दर्नाल पुरस्कार’ घोषणा

सन् २०२२ को ‘सामाजिक न्यायका लागि दर्नाल पुरस्कार’ घोषणा

4 years ago
G20-20 Summit Declaration Adopted by Overwhelming Majority

G20-20 Summit Declaration Adopted by Overwhelming Majority

9 months ago

Don't Miss

अनेसास नेपाल च्याप्टरको चौथो महाधिवेशन सम्पन्न : अध्यक्षमा मंजिला शर्मा निर्वाचित

अनेसास नेपाल च्याप्टरको चौथो महाधिवेशन सम्पन्न : अध्यक्षमा मंजिला शर्मा निर्वाचित

August 24, 2026
A Familiar Visitor, A Poem by Avignya  Abhilasha Kashyap

A Familiar Visitor, A Poem by Avignya  Abhilasha Kashyap

August 22, 2026
होर्मुजलाई ‘नयाँ अमेरिकी भूभाग’ बताउँदै ट्रम्प, इरानको कडा आपत्ति

होर्मुजलाई ‘नयाँ अमेरिकी भूभाग’ बताउँदै ट्रम्प, इरानको कडा आपत्ति

August 19, 2026
भारतीय गायक नवजोत आहुजा सांगीतिक प्रस्तुतिका लागि नेपालमा

भारतीय गायक नवजोत आहुजा सांगीतिक प्रस्तुतिका लागि नेपालमा

August 19, 2026
Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia

Copyright © 2025 Himalaya Diary.

Navigate Site

  • About Us
  • Contact

Follow Us

No Result
View All Result
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology

Copyright © 2025 Himalaya Diary.