Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
No Result
View All Result
No Result
View All Result
Home Entertainment

भारतीय गायक नवजोत आहुजा सांगीतिक प्रस्तुतिका लागि नेपालमा

काठमाडौंमा आज साँझ प्रस्तुति दिँदै, नेपाली संगीतप्रति पनि रुचि

Editorial Team by Editorial Team
August 19, 2026
in Entertainment, Nepal, News
0
भारतीय गायक नवजोत आहुजा सांगीतिक प्रस्तुतिका लागि नेपालमा
0
SHARES
2
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं – चर्चित भारतीय गायक नवजोत आहुजा सांगीतिक प्रस्तुतिका लागि नेपाल आएका छन्। उनी मंगलबार साँझ काठमाडौं आइपुगेका हुन्। आहुजाले आज साँझ राजधानीमा आयोजना हुने सांगीतिक कार्यक्रममा आफ्ना चर्चित गीत प्रस्तुत गर्नेछन्।

कार्यक्रममा उनले ‘तेरे लिए मंदिर जाऊँ, तेरे नाम का दिया जलाऊँ’ लगायत आफ्ना लोकप्रिय गीतमार्फत दर्शकलाई मनोरञ्जन दिनेछन्। उक्त गीत उनको सांगीतिक यात्राको चर्चित गीतमध्ये एक हो, जुन ‘खत’ एल्बममा समावेश छ।

आहुजाका ‘तू ही हूँ’, ‘खुद से मोहब्बत’, ‘इंतज़ार’, ‘मेरे हो तुम’ र ‘चले गए’ लगायत गीत पनि चर्चित छन्।

नेपाल पहिलोपटक आएका आहुजाले विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै नेपाली दर्शकमाझ प्रस्तुति दिन आफू उत्साहित रहेको बताए।

‘म पहिलोपटक नेपाल आएको हुँ। मलाई नेपाल मन पर्छ। नेपाली संस्कार र संस्कृति राम्रो लाग्छ,’ उनले भने, ‘नेपाली दर्शकमाझ आफ्नो प्रस्तुति दिन म निकै उत्सुक छु।’ आहुजाले नेपाली संगीतप्रति समेत आफ्नो रुचि रहेको बताए। आफूले नेपाली गीतहरू सुन्ने गरेको उल्लेख गर्दै कुनै नेपाली संगीतकारले गीत गाउन प्रस्ताव गरे आफू सहकार्यका लागि तयार रहेको उनको भनाइ छ।

आहुजा नेपालमा तीन दिन रहनेछन्। यस क्रममा उनले काठमाडौंका विभिन्न धार्मिक तथा पर्यटकीय स्थलको भ्रमण गर्ने कार्यक्रम रहेको छ। नेपाल भ्रमणका क्रममा सांगीतिक प्रस्तुति र पर्यटन दुवैलाई प्राथमिकता दिएका आहुजाले नेपाली दर्शकसँग प्रत्यक्ष भेटघाट र सांगीतिक सम्बन्ध विस्तार गर्ने अवसरका रूपमा आफ्नो नेपाल आगमनलाई लिएका छन्।

Advertisement Banner
Previous Post

मधेशको वर्तमान अवस्था र भविष्यको दिशामाथि गहन बहस

Next Post

होर्मुजलाई ‘नयाँ अमेरिकी भूभाग’ बताउँदै ट्रम्प, इरानको कडा आपत्ति

Editorial Team

Editorial Team

Next Post
होर्मुजलाई ‘नयाँ अमेरिकी भूभाग’ बताउँदै ट्रम्प, इरानको कडा आपत्ति

होर्मुजलाई ‘नयाँ अमेरिकी भूभाग’ बताउँदै ट्रम्प, इरानको कडा आपत्ति

Discussion about this post

Recommended

साउथ एसिया ट्रेड फेयर २०२६ तयारी अन्तिम चरणमा, व्यवसायिक गतिविधि चलायमान हुने अपेक्षा

साउथ एसिया ट्रेड फेयर २०२६ तयारी अन्तिम चरणमा, व्यवसायिक गतिविधि चलायमान हुने अपेक्षा

4 months ago
पेरिसको नगरपालिका निर्वाचनमा इमानुएल ग्रेगोइरे विजयी

पेरिसको नगरपालिका निर्वाचनमा इमानुएल ग्रेगोइरे विजयी

5 months ago

Don't Miss

होर्मुजलाई ‘नयाँ अमेरिकी भूभाग’ बताउँदै ट्रम्प, इरानको कडा आपत्ति

होर्मुजलाई ‘नयाँ अमेरिकी भूभाग’ बताउँदै ट्रम्प, इरानको कडा आपत्ति

August 19, 2026
भारतीय गायक नवजोत आहुजा सांगीतिक प्रस्तुतिका लागि नेपालमा

भारतीय गायक नवजोत आहुजा सांगीतिक प्रस्तुतिका लागि नेपालमा

August 19, 2026
मधेशको वर्तमान अवस्था र भविष्यको दिशामाथि गहन बहस

मधेशको वर्तमान अवस्था र भविष्यको दिशामाथि गहन बहस

August 19, 2026
नेपाल रेडक्रसको जग्गा खरिदमा अनियमितता

नेपाल रेडक्रसको जग्गा खरिदमा अनियमितता

August 19, 2026
Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia

Copyright © 2025 Himalaya Diary.

Navigate Site

  • About Us
  • Contact

Follow Us

No Result
View All Result
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology

Copyright © 2025 Himalaya Diary.