Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
No Result
View All Result
No Result
View All Result
Home Nepal Provinces News Madhesh Province

मधेशको वर्तमान अवस्था र भविष्यको दिशामाथि गहन बहस

नयाँ नेतृत्व, संविधान संशोधन र प्राप्त उपलब्धि संरक्षणमा जोड

Editorial Team by Editorial Team
August 19, 2026
in Madhesh Province, Nepal, News
0
मधेशको वर्तमान अवस्था र भविष्यको दिशामाथि गहन बहस
0
SHARES
8
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं – ‘शहीद सञ्जय चौधरी स्मृति प्रतिष्ठान नेपाल’को आयोजनामा ‘मधेश : अबको बाटो’ विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा मधेश आन्दोलनको पृष्ठभूमि, त्यसबाट प्राप्त राजनीतिक उपलब्धि, वर्तमान चुनौती तथा आगामी दिनमा मधेशले लिनुपर्ने राजनीतिक, सामाजिक र आर्थिक दिशाबारे गहन छलफल गरिएको हो।

प्रतिष्ठानकी अध्यक्ष तथा शहीद सञ्जय चौधरीकी बहिनी ममता चौधरीको अध्यक्षतामा भएको कार्यक्रममा पूर्वन्यायाधीश गिरिशचन्द्र लाल, वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी, मधेश प्रदेशका पूर्वमुख्यन्यायाधिवक्ता सुरेन्द्र महतो तथा सहजकर्ता अधिवक्ता आनन्द गुप्तालगायत विभिन्न क्षेत्रका व्यक्तित्वहरूको सहभागिता थियो।

मधेशमा नेतृत्वको रिक्तता देखिएको दाबी

पूर्वन्यायाधीश गिरिशचन्द्र लालले मधेशका पुराना राजनीतिक नेतृत्वको परीक्षण भइसकेको भन्दै नयाँ नेतृत्व स्थापित हुन नसक्दा मधेशमा नेतृत्वको रिक्तता देखिएको बताएका छन्।

पुराना नेताहरूको विकल्पमा नयाँ नेतृत्व आउन नसक्दा मधेशको राजनीति नेतृत्वविहीनताको अवस्थामा पुगेको उनको धारणा थियो। विगतकै शैली र परम्परागत राजनीतिक अभ्यासबाट मात्रै अब नयाँ नेतृत्व स्थापित हुन नसक्ने भन्दै लालले मधेशका वास्तविक समस्या र जनताको अपेक्षा सम्बोधन गर्न सक्ने नेतृत्व पहिचान गर्नुपर्ने बताए।

उनले युवा पुस्ताले सक्रिय भएर राजनीतिक नेतृत्वमा नयाँ सोच, क्षमता र जनउत्तरदायित्व स्थापित गर्नुपर्नेमा जोड दिए। जनताको वास्तविक हितलाई केन्द्रमा राखेर नयाँ राजनीतिक संस्कार विकास गर्नुपर्ने उनको भनाइ थियो।

संविधान संशोधनमा सचेत हुनुपर्ने धारणा

कार्यक्रममा वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले संविधान संशोधनको विषय मधेशका लागि संवेदनशील रहेको बताए। वर्तमान राजनीतिक परिस्थितिमा संविधान संशोधन गर्दा मधेश आन्दोलनबाट प्राप्त अधिकारसमेत गुम्ने जोखिम रहेको उनको दाबी थियो।

प्राप्त उपलब्धिको संरक्षण गर्दै थप अधिकारका लागि राजनीतिक पहल गर्नुपर्नेमा जोड दिँदै त्रिपाठीले मधेशको राजनीतिलाई वर्तमान परिस्थितिअनुसार सचेत र रणनीतिक ढंगले अघि बढाउनुपर्ने बताए।

उनले मधेशकेन्द्रित राजनीतिक दलहरूले आफ्नो कार्यशैली र संगठनात्मक संरचनामा समेत आमूल परिवर्तन गर्नुपर्ने आवश्यकता औँल्याए। बदलिँदो राजनीतिक परिस्थिति र जनताको अपेक्षाअनुसार रूपान्तरण हुन नसके मधेशकेन्द्रित दलहरूको प्रभाव थप कमजोर हुन सक्ने उनको भनाइ थियो।

नयाँ पुस्ताको भूमिकामा जोड

अन्तरक्रियामा मधेशको आगामी राजनीतिक यात्रामा नयाँ पुस्ताको भूमिकालाई विशेष महत्व दिनुपर्ने धारणा व्यक्त गरिएको थियो। विगतका आन्दोलन र संघर्षबाट प्राप्त अनुभवलाई आत्मसात गर्दै नयाँ पुस्ताले राजनीतिक, सामाजिक तथा आर्थिक परिवर्तनमा रचनात्मक भूमिका निर्वाह गर्नुपर्नेमा सहभागीहरूले जोड दिए।

मधेशका समस्या पहिचान गर्नु मात्र पर्याप्त नभई तिनको दीर्घकालीन समाधानका लागि स्पष्ट नीति, सक्षम नेतृत्व र जवाफदेही राजनीतिक संरचना आवश्यक रहेको कार्यक्रममा औँल्याइएको थियो।

सहभागीहरूले मधेशको विगतको राजनीतिक यात्रा र आन्दोलनबाट प्राप्त उपलब्धिको वस्तुनिष्ठ समीक्षा गर्दै वर्तमान चुनौती पहिचान तथा भविष्यको स्पष्ट मार्गचित्र निर्माणका लागि यस्ता बहस आवश्यक रहेको बताए।

कार्यक्रमले मधेशको आगामी यात्रामा अधिकार संरक्षण, सुशासन, समावेशिता र आर्थिक रूपान्तरणलाई केन्द्रमा राखेर नयाँ राजनीतिक सोच विकास गर्नुपर्नेमा जोड दिएको छ। साथै, पुरानो राजनीतिक अभ्यासको समीक्षा गर्दै नयाँ पुस्तालाई नेतृत्वमा स्थापित गर्ने विषयलाई पनि आगामी बहसको महत्वपूर्ण एजेन्डाका रूपमा अघि सारिएको छ।

Advertisement Banner
Previous Post

नेपाल रेडक्रसको जग्गा खरिदमा अनियमितता

Next Post

भारतीय गायक नवजोत आहुजा सांगीतिक प्रस्तुतिका लागि नेपालमा

Editorial Team

Editorial Team

Next Post
भारतीय गायक नवजोत आहुजा सांगीतिक प्रस्तुतिका लागि नेपालमा

भारतीय गायक नवजोत आहुजा सांगीतिक प्रस्तुतिका लागि नेपालमा

Recommended

पाँच उम्मेदवारविरुद्ध आयोगमा उजुरी

पाँच उम्मेदवारविरुद्ध आयोगमा उजुरी

8 months ago
शान्तिको ‘बिरानो शहरमा’ सार्वजनिक

शान्तिको ‘बिरानो शहरमा’ सार्वजनिक

4 years ago

Don't Miss

Praarthanaa: An Orison for Nepal by W. J. Manares

Praarthanaa: An Orison for Nepal by W. J. Manares

September 3, 2026
Rasuwa flood: 987 bodies recovered, Over 12,000 people rescued

Govt estimates over 6,000 private houses destroyed in Bhote Koshi and Trishuli floods

September 2, 2026
Nepal flood: Death toll reaches 903

Bhote Koshi flood insurance claims reach Rs 25.87 billion

September 2, 2026
India sends fifth Air Force plane carrying 5.5 tons of medicines to Nepal for disaster relief

India sends fifth Air Force plane carrying 5.5 tons of medicines to Nepal for disaster relief

September 2, 2026
Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia

Copyright © 2025 Himalaya Diary.

Navigate Site

  • About Us
  • Contact

Follow Us

No Result
View All Result
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology

Copyright © 2025 Himalaya Diary.