काठमाडौं-नेपालमा असार १५ लाई महत्त्वपूर्ण दिनको रूपमा लिइने गरिन्छ । यो दिन परापूर्वकालदेखि नै दही चिउरा खाने र ‘मानो रोपेर मुरी फलाउने दिन’ को सुरुवाती दिनको रूपमा लिइन्छ । यस दिनलाई विगत १८ वर्षदेखि धान दिवसको रूपमा पनि मनाउने गरिएको छ । त्यसै अनुसार प्रत्येक वर्ष विभिन्न नाराका साथ विविध कार्यक्रम गरी राष्ट्रिय धान दिवस मनाइने गरिएको छ ।
आज ‘मानो रोपेर मुरी उब्जाउने’ दिन अर्थात् असार १५। आज नेपालभर धान दिवस, रोपाइँ यात्रा आदि नामले मनाइँदै छ।
कृषिप्रधान देश भएकाले नेपालका अधिकांश मानिसको पेसा खेतीपाती हो। किसान वर्षभरका लागि छाक जुटाउन यो महिनामा खेतीमा व्यस्त हुन्छन्। आजका दिन असारे भाकामा लोकदोहोरी गाउँदै छुपुछुपु हिलोमा धान रोपिन्छ। ‘छुपु र छुपु हिलोमा धान रोपेर छोडौँला, बनाई कुलो लगाई पानी आएर गोडौँला’ जस्ता लोक लयका गीत गाएर खेतमै रमाइलो पनि गरिन्छ।
मध्यगर्मीको यो समयमा युवा हली र युवती रोपाहारले खेतका गराको हिलो छ्यापाछ्याप गरेर मनोरञ्जन गर्छन् । कामको चटारोले थकित भएका किसान शक्ति प्राप्तिका लागि दही-चिउरा खान्छन्। यसबेला दही-चिउराले शरीरमा शीतलता भई शक्ति सञ्चय हुने विश्वास गरिन्छ। असार १५ लाई नेपाली समाजमा दही-चिउरा खाने पर्वका रुपमा पनि लिइन्छ। खेतीपातीबाहेक अन्य पेसा र व्यवसायमा लागेका नेपालीले पनि आज दही-चिउरा खाई असार १५ मनाउँछन्।
हाम्रो संस्कृतिमा दहीको स्थान महत्वपूर्ण छ। शुभकार्यका लागि घर बाहिर निस्कने, विदेश जाने आदि महत्वपूर्ण काम गर्नुअघि दही अक्षता मुछेर निधारमा रातो टीका लगाउने परम्परा छ। यस्ता शुभकाममा निस्कनुअघि सगुनका रुपमा पनि दही खुवाएर बिदाइ गरिन्छ। दही खुवाएर बिदा गरे शुभ प्राप्त हुने सांस्कृतिक मान्यता छ।
Trending Now
- वेस्ट बैंकको जेनिनमा इजरायली हवाई हमला : १ जनाको मृत्यु, ८ घाइते
- मिलन राईको गिरफ्तारीविरुद्ध ११ वटा संगठनको विरोध
- राजेन्द्र महतोको राष्ट्रिय मुक्ति क्रान्तिले सत्ताको छुट्टै अभ्यास गर्ने
- भारतसँग सम्बन्ध सुधार्छौं : पाकिस्तान
- जति पटक लिनुपरे पनि विश्वासको मत पाउँछु : प्रधानमन्त्री
- संसद् सधैँ बन्धक बन्न सक्दैन: सभामुख घिमिरे
- संसदीय छानबिन समिति गठन गरेर निकास दिन प्रधानमन्त्री तयार
- चितवनको देवनगर सबस्टेसन उद्घाटन
- पाथीभरामा एक महिनामा ६९ लाखभन्दा बढी भेटी संकलन
- राति १२ बजेदेखि मधेसका चार जिल्लाको सीमानाका बन्द
Comments are closed.