विष्णुहरि पौडेलका एकैसाथ ६ पुस्तक लोकार्पण

 

वैशाख २४, काठमाडौँ,  चार दशकदेखि निरन्तर लेखन र काव्ययात्रामा सक्रिय साहित्यकार विष्णुहरि पौडेलले प्रज्ञाप्रतिष्ठान कमलादी कठमाडौंमा एक समारोहका बीच एकैसाथ विभिन्न विधाका ६वटा कृतिहरू लोकार्पण गरेका छन्  । अंग्रेजी साहित्य र संस्कृत वाङ्मयमा निष्णात एवं नेपालबाट संयुक्त राष्ट्र संघका लागि प्रतिनिधि रहिसक्नु भएका भाषाशास्त्र विज्ञ प्रा= डा=जयराज आचार्यको प्रमुख आतिथ्य, तथा भौतिक शास्त्रविद् नेपाल विज्ञान तथा प्रविधि प्रतिष्ठानका पूर्व वैज्ञानिक प्राज्ञ प्रा. डा देवीदत्त पौडेलको विशेष आतिथ्यमा आयोजिक कृति विमोचन कार्यक्रममा त्रि= वि= र संस्कृत विश्व विद्यालयका प्रा=डा= द्वय जीवन अधिकारी र सह प्रा= माधव आचार्यले विष्णुहरिका कृति माथि समीक्षा गरेका थिए । नेपाल वचत तथा ऋण सहकारी राष्ट्रिय महासंघका वर्तमान अध्यक्ष परितोष पौडेलद्वारा सञ्चालित सो कार्यक्रममा कवि डा.बमबहादुर जिताली, कवि कल्पना भट्टराई, शिवहरि पौडेल आदि कविहरूले कविता वाचन र अन्य अतिथिहरूले मन्तव्य प्रकट गरेका थिए । सो कायक्रममा RAY Television  का प्रवन्ध सञ्चालक, लगायत विभिन्न कवि लेखक र प्राध्यापकहरूको सहभागिता रहेको थियो । सो कार्यक्रममा कवि तथा लेखक विष्णुहरि पौडेलका प्रारब्ध महाकाव्य चिन्तन आध्यात्मिक पुस्तक, चित्रण वैदेशिक यात्राहरूको संस्मरणका, तनहुँ रूपाकोटका पौडेलको वंश र कुल पूजाका साथै कविता कुसुम र तरङ्ग नामका कविता संग्रहहरू ६ थान विमोचित भएका थिए ।

Comments are closed.