काठमाडौँ—आठ वर्षअघि सम्पन्न भएको सुन्दरी प्रतियोगिताकी प्रतिस्पर्धीले सामाजिक सञ्जालमार्फत आफूमाथि आयोजकले बलात्कार र यौन शोषण गरेको घटना सार्वजनिक गरेकी थिइन । पीडितको पक्षमा न्याय र बलात्कारीलाई सजायको माग गर्दै काठमाडौंको माइतीघरमा बलात्कारविरुद्धको प्रदर्शन भएको छ । सन् २०१४ मा भएको ‘मिस ग्लोबल इन्टरनेसनल’ प्रतियोगितामा सहभागी भएकी उनलाई आयोजकले होटलमा बोलाएर नशालु पदार्थ पिलाएर वेहोस पारेका थिए । वेहोसी अवस्थामा बलात्कार गरेको र त्यहाँ खिचेको फोटो, भिडियोले ‘ब्ल्याकमेल’ गर्दै निरन्तर ६ महिनासम्म यौन शोषण गरेको विषय सार्वजनिक भएसँगै माइतीघरमा बलात्कारविरुद्ध प्रदर्शन भएको हो ।
प्रदर्शनकारीहरूले बलात्कार र यौनजन्य हिंसाका मुद्दाहरूको निणर्य गर्न ‘फास्ट ट्र्याक’ अदालतको स्थापना गर्नुपर्ने, बलात्कार र अन्य यौनजन्य हिंसासम्बन्धी उजुरी गर्ने हदम्याद हटाउनुपर्ने‚ माग गर्दै प्रदर्शन गरेका थिए । प्रदर्शनमा ‘बलात्कार पीडितलाई न्याय दे’‚ ‘दोषीलाई सजाय दे’ लगायत नारा लगाएका थिए । मुलुकी ऐनमा बलात्कारविरुद्ध उजुरी गर्न एकवर्षे हदम्याद तोकिएको छ । बुधबार टिकटक र बिहीबार इन्स्टाग्रामबाट भिडियोमार्फत पीडित युवतीले आफूमाथि भएको घटना सार्वजनिक गरेपछि उनको समर्थन र बलात्कारविरुद्ध प्रदर्शन गरिएको हो ।
Trending Now
- श्रृंखलाको गीत ‘छैन हो छैन’ सार्वजनिक
- CONMEBOL proposes expanding 2030 FIFA World Cup to 64 teams
- ट्रम्प ट्यारिफमाथि चीनको जवाफ– हामी चुप लागेर बस्ने छैनौँ
- काठमाडौंमा आजदेखि तेस्रो अन्तर्राष्ट्रिय यातायात सम्मेलन हुँदै
- एउटै जिल्लामा १२ जलविद्युत् आयोजना निर्माणाधीन
- शुक्रबारदेखि देशभर टाटाको नयाँ वर्ष २०८२ एक्सचेन्ज उत्सव
- रोयल मर्चेन्ट बैंकिङ घोटाला: विशेषको फैसलाविरुद्ध एक वर्षपछि सर्वोच्च पुग्यो अख्तियार
- बंगालको खाडीबाट भित्रिरहेको जलवाष्पयुक्त हावाको प्रभाव कायमै
- दुर्गा प्रसाईंलाई भद्रपुर विमानस्थलबाट काठमाडौं ल्याइँदै
- 13 million people in Ukraine urgently need humanitarian assistance
Comments are closed.