नेपाली साहित्यका विविध क्षेत्रमा विगत २५ वर्षदेखि क्रियाशील एपेक नेपालले ‘विश्वज्योति काव्य सम्मान’ स्थापना गरेको छ। एपेकका संयोजक कवि राजेन्द्र शलभको अध्यक्षतामा हिजो बैशाख ७ गते बसेको संस्थाको बैठकले हालै असामयिक निधन भएकी संस्थाका संरक्षक ज्योति श्रेष्ठप्रति सम्मान प्रकट गरेर उक्त सम्मान स्थापना गरेको हो।
ज्योति श्रेष्ठ एपेक नेपालका अध्यक्ष विश्वविमोहन श्रेष्ठकी धर्मपत्नी हुन्, जसको २०८१ शुरू भएकै दिन उपचारका क्रममा निधन भएको थियो।
बैठकले संरक्षक ज्योति श्रेष्ठको आत्माको चिरशान्तिको कामना गर्दै शोकसन्तप्त परिवारप्रति समवेदना पनि प्रकट गरेको छ ।
Trending Now
- बाँकेको जमुनाहा नाका आज रातिदेखि २ दिन बन्द हुने
- कांग्रेस सभापति देउवाले बोलाए विपक्षी दलहरुको बैठक
- एपीएफ क्लवकी पुष्पा भण्डारीलाई राष्ट्रिय खुल्ला हाफ म्याराथन दौडको उपाधी
- वेस्ट बैंकको जेनिनमा इजरायली हवाई हमला : १ जनाको मृत्यु, ८ घाइते
- मिलन राईको गिरफ्तारीविरुद्ध ११ वटा संगठनको विरोध
- राजेन्द्र महतोको राष्ट्रिय मुक्ति क्रान्तिले सत्ताको छुट्टै अभ्यास गर्ने
- भारतसँग सम्बन्ध सुधार्छौं : पाकिस्तान
- जति पटक लिनुपरे पनि विश्वासको मत पाउँछु : प्रधानमन्त्री
- संसद् सधैँ बन्धक बन्न सक्दैन: सभामुख घिमिरे
- संसदीय छानबिन समिति गठन गरेर निकास दिन प्रधानमन्त्री तयार
Comments are closed.