बालकविता” विषयक विचारगोष्ठी तथा पुस्तक लोकार्पण

नेपाल प्रज्ञा-प्रतिष्ठान र नेपाल बालसाहित्य समाजको संयुक्त आयोजनामा २०८० चैत २५ गते “बालवार्ताको सापेक्षतामा बालकविता” विषयक विचारगोष्ठीको आयोजना सम्पन्न भएको थियोे ।साथै,बाल साहित्य समाजद्वारा प्रकाशित विजयराज न्यौपाने प्रधान सम्पादक रहेको नेबासास ‘प्रेरणापुन्ज ‘बालसाहित्यकार जीवनीसङ्ग्रह , प्रा.डा. कपिल लामिछाने प्रधान सम्पादक रहेको नेबासास प्रतिनिधि बालकथासङ्ग्रह र डा. विष्णु केसी प्रधान सम्पादक रहेको नेबासास प्रतिनिधि नेपाली बालनाटक सङ्ग्रहको लोकार्पण प्रज्ञा-प्रतिष्ठानका कुलपति भूपाल राई, उपकुलपति विमलकृष्ण श्रेष्ठ र नेपाल बालसाहित्य समाजका संस्थापक अध्यक्ष प्रा. डा. चूडामणि बन्धुले संयुक्तरूपमा लोकार्पण गर्नुभएको थियो
उक्त कार्यक्रममा प्राडा ध्रुवकुमार घिमिरेले विचारपत्र प्रस्तुत गर्दै नेपाली आधुनिक बालकविता लोकबालगीतका विषय, शैली र लयबाट अत्यन्त प्रभावित भएको बताउनु भएको थियोे । उहाँले विचारपत्रमा देवकोटा र माधव घिमिरेलगायत पछिल्लो पुस्ताका बालकविताको उदाहरण प्रस्तुत गर्नुभएको थियो।
उक्त कार्यक्रममा प्रज्ञा-प्रतिष्ठानका उपकुलपति विमलकृष्ण श्रेष्ठ ‘विमल निभा’ले विचारपत्रले बालबालिकाको मनोविज्ञानलाई समेट्न सकेको चर्चा गर्दै थप परिमार्जन गर्न सुझाव दिनु भएको थियो।यसैगरी प्रज्ञा-प्रतिष्ठानका आजीवन सदस्य तथा नेपाल बालसाहित्य समाजका संस्थापक अध्यक्ष प्रा.डा. चूडामणि बन्धुले समेत आफ्नो धारणा राख्नु भएको थियोे ।
उक्त विचारपत्रमाथि नेपाल प्रज्ञा -प्रतिष्ठानका सदस्य सचिव डा. धनप्रसाद सुवेदीले विचारपत्रले बालवार्ता जस्तो नवीनतम विषय उठाउनु अत्यन्त सकारात्मक रहेको धारणा राख्नुभएको थियो ।यसैगरी प्रा. डा. कपिल लामिछानेले विचारपत्रको शीर्षक र भित्री सामग्रीको तालमेलमा केही कमी देखिएको उल्लेख गर्नुभएको थियोे ।
उक्त कार्यक्रममा लोकार्पित कृतिहरूबारे क्रमश: मित्रलाल पङ्ज्ञानी, डा. विष्णु केसी र डा. शैलेन्दुप्रकाश नेपालले समीक्षात्मक मनतव्य राख्नुभएको थियो ।
उक्त कार्यक्रमको अध्यक्षता नेपाल बालसाहित्य समाजका अध्यक्ष प्रमोद प्रधानले
गर्नुभएको थियोे ।उहाँले समाजले नयाँ किसिमका सिर्जनात्मक काम गर्दैआएको र यसको निरन्तरतामा प्रतिबद्ध रहेको बताउनुभएको थियोे। समाजका महासचिव विजयराज आचार्यले सञ्चालन गर्नुभएको उक्त कार्यक्रममा उपाध्यक्ष विजयराज न्यौपानेले स्वागत मनतव्य राख्नुभएको थियो ।

Comments are closed.