१४, जेठ, युएई, युएईमा एक समारोह माझ गजलकारद्वय रोमु अधिकारीको ‘बरियो’ र वसन्त ओली वसन्तीको ‘बोई’ गजलसङ्ग्रह लोकार्पण गरिएको छ । हाल युएईमा रहेका गजलकार अधिकारी सुनसरी र ओली दाङ निवासी हुन् ।
लामो समयदेखि साहित्यिक गतिविधिमा सक्रिय रहँदै आएको युएईको “सिर्जना वाचन डबली” र हालसालै गठन भएको “अन्तर्राष्ट्रिय नेपाली समाज, युएई राष्ट्रिय कार्यसमिति” (इन्स) को संयुक्त आयोजनमा कार्यक्रम सम्पन्न भएको थियो ।
आयोजक डबलीका संरक्षक तथा गजलकार टंक गुरुङ, कार्यक्रमका प्रमुख अतिथि पत्रकार महासंघ युएईका अध्यक्ष लक्ष्मण खनाल, विशेष अतिथिहरू इन्सका युएई अध्यक्ष मेघप्रसाद धमला, सल्लाहकार कुल लेप्चा, सगरमाथा साहित्य प्रतिष्ठानका केन्द्रीय अध्यक्ष जीवित खड्का मगर, प्रतिष्ठानका केन्द्रीय वरिष्ठ उपाध्यक्ष अजित क्षेत्री, सञ्चारकर्मी तथा कवि निमेष गिरी, सुनसरी सेवा समाजका संरक्षक रोहित बस्नेत लगायतले कृतिको लोकार्पण गरेका थिए ।
आयोजक डबलीका सदस्य तथा इन्स युएईका सल्लाहकार डि जि शर्माले स्वागत मन्तव्य दिएका थिए । कार्यक्रममा पत्रकार महासंघ युएईका अध्यक्ष लक्ष्मण खनाल, इन्स युएईका सल्लाहकार कुल लेप्चा, सगरमाथा साहित्य प्रतिष्ठानका केन्द्रीय अध्यक्ष जीवित खड्का मगर, प्रतिष्ठानका केन्द्रीय वरिष्ठ उपाध्यक्ष अजित क्षेत्री, सञ्चारकर्मी तथा कवि निमेष गिरी लगायतले शुभकामना मन्तव्य राखेका थिए ।
कार्यक्रममा सर्जकहरू हरिहर कँडेल, विष्णु प्याकुरेल, डि एल घिमिरे, चन्द्रमन निलओम, सुरज राना मगर, राजेशराज गडतौला, भूपेन्द्र कान्छो आचार्य, शिव लामिछाने, डि जि शर्मा, त्यसैगरी अतिथि सर्जकहरू जीवित खड्का मगर, अजित क्षेत्री, जे सागर, निमेष गिरी, लक्ष्मण खनाल, टक गुरुङ, सोनी भण्डारी लगायत एक दर्जन बेसीले आ—आफ्नो रचना वाचन गरेका थिए । कार्यक्रम संयोजक जे सागरले गरेका थिए ।
आयोजक डबलीका संरक्षक टंक गुरुङको सभापतित्व र डबलीका सदस्य तथा इन्स युएईका महासचिव श्री भवानी नेपालले सञ्चालन गरिएको कार्यक्रममा सञ्चालक नेपालले बोई र बरियो गजल सङ्ग्रह भित्रका एक—एक ओटा गजल वाचन गरेका थिए ।
उक्त लोकार्पण कार्यक्रममा युएईमा रहेर रोजगारी र व्यवसायसँगै सामाजिक कार्यमा समेत लामो समयदेखि सक्रिय रहँदै आएका नवराज पाण्डे, सविता रिजाल पाण्डे, इन्स युएईकी सचिव सावित्रा अधिकारी लगायतको उपस्थिति रहेको थियो ।
Trending Now
- North Korea is building the largest warship ever
- प्राडा मोहनप्रसाद तिमल्सिना अभिनन्दन ग्रन्थ लोकार्पण
- भण्डारीको ‘दिए पुग्छ’ कृति लोकार्पण
- अमेरिकी पप गायिका केटी पेरीसमेत ६ जना महिलाको टोली अन्तरिक्षको यात्रा गरेर फर्कियो
- China has developed the world’s first medical drone
- More than 200 media workers killed in Israeli strikes
- कक्षा १२ को परीक्षामा सहयोग नगर्न शिक्षक–कर्मचारीहरूलाई महासंघको आग्रह
- भक्तपुरमा बिस्का जात्रा अन्तर्गत पर्ने सिन्दुर जात्रा सम्पन्न
- काठमाडौंमा सुरु भयो १८–डी सिनेमा
- स्रष्टा चैत्र ३०’ सम्मानबाट प्रा.डा. ज्ञानु पाण्डे र डा. विजय सुब्बा सम्मानित
Comments are closed.