काठमाडौँ । यस वर्षको ‘युवा वर्ष मोती पुरस्कार’ युवा बालसाहित्यकार तथा रङ्गकर्मी केदार श्रेष्ठलाई प्रदान गरिने भएको छ । बालसाहित्य र रङ्गमञ्चमार्फत नेपाली भाषा, कला, साहित्य र संस्कृतिमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रुपमा श्रीवृद्धिका लागि योगदान पुर्याएवापत श्रेष्ठलाई पुरस्कृत गर्न लागिएको हो ।
वरिष्ठ साहित्यकार प्रा रामकुमार पाँडेको संयोजकत्वमा राष्ट्रिय युवा सेवा कोषद्वारा गठित मूल्याङ्कन समितिको सिफारिसअनुसार विसं.२०८१ सालको पुरस्कार सर्जक केदार श्रेष्ठलाई प्रदान गर्ने निर्णय भएको हो ।
नेपाली साहित्यमा युवा पुस्तालाई प्रेरणा दिने महत्त्वपूर्ण पुरस्कार मानिने यस पुरस्कार राष्ट्रिय विभूति साहित्यकार मोतीराम भट्टको सम्झनामा विसं. २०४२ मा स्थापना भएको हो । ४० वर्ष ननाघेका युवा सर्जकलाई ४० हजार नगद, स्वर्ण पदक र प्रमाण पदकसहित पुरस्कार हरेक वर्ष मोती जयन्ती कुशे औँसीको दिन प्रदान गरिँदै आएको छ ।
नियमित प्रदान गरिँदै आएको ‘युवा वर्ष मोती पुरस्कार’ सर्वप्रथम साहित्यकार दैवज्ञराज न्यौपानेलाई प्रदान गरिएको थियो भने अघिल्लो वर्ष २०८० मा कवि, गीतकार तथा अनुवादक प्रमोद सारङ्गलाई प्रदान गरिएको थियो ।
Trending Now
- Discovering the Sisterly Bond Between Banaras and Nepal, A Travelogue by Dibya Dahal
- Elon Musk became the richest man in human history
- सर्वोच्चको आदेश दुर्गा प्रसाईंलाई पक्राउ गर्नुको कारण पेस गर्न
- Gratitude in Darkness, A Memoir by Dustin Pickering, Serialized in Himalaya Diary, Part 3
- The way for non-resident Nepalese to invest in the stock market has opened
- COP29 ends with $3 trillion for poor countries
- मेनुका राईको स्वरमा ‘तिमी मेरो पारुहाङ’ सार्वजनिक
- साहित्यकार समीपलाई “प्रेम शान्ति आख्यान सम्मान तथा पुरस्कार’
- शिक्षा जोगाउन शिक्षाशास्त्र जोगाउनु आजको आवश्यकता
- मीना चौलागाईंको ‘मनोकाङ्क्षा’ मुक्तकसंग्रह सार्वजनिक
Comments are closed.