कविवर द्वारिका श्रेष्ठका मातापिताको स्मृतिमा स्थापित ‘बुद्धि–रेशम स्मृति स्रष्टा सम्मान’ ९ जना लेखकलाई प्रदान गरिएको छ ।
वि.सं. २०६९ देखि प्रदान गर्न शुरु गरिएको यो सम्मान ‘जलरिका साहित्य प्रतिष्ठान’को वार्षिकोत्सव समारोहका अवसरमा ठ ३१ गते प्रदान गरिएको हो । जलरिका साहित्य प्रतिष्ठानका अध्यक्ष जलेश्वरी श्रेष्ठ र कवि द्वारिका श्रेष्ठले सम्मानित व्यक्तित्वहरुलाई ताम्रपत्र र जनही नगद रु १ लाख राशिसहित सम्मानित र पुरस्कृत गर्नु भएको थियो ।
कोरोना महामारीका कारण विगत ३ वर्षदेखि आयोजना हुन नसकेकाले यस वर्षको समारोहमा २०७७, ०७८ र ०७९ सालका लागि ९ जना लेखकहरुलाई एकै पटक सम्मानित गरिएको हो । सम्मानित हुनेहरुमा प्रा.डा. वासुदेव त्रिपाठी (समालोचना, २०७७०, शशी शाह (कला, २०७८०) सुनील पोखरेल (नाट्य, २०७९०,) वैरागी काइँला (काव्य, २०७७), नारायणदेवी श्रेष्ठ (काव्य, नेपालभाषा, २०७८०), दुर्गालाल श्रेष्ठ (काव्य, २०७९, नेपालभाषा), माया ठकुरी (आख्यान, २०७७०), पद्मावती सिंह (आख्यान, २०७८) र भागीरथी श्रेष्ठ (आख्यान, २०७९) रहेका छन् ।
समारोहमा प्रा.डा. अभि सुवेदीले कला र नाट्य, प्रा.डा. लक्ष्मणप्रसाद गौतमले समालोचना र काव्य, प्रा.डा. ज्ञानू पाण्डेले आख्यान र प्रा. ईश्वरी मैयाँ श्रेष्ठले नेपालभाषामा काव्य विषयहरुमा विशेष मन्तव्य व्यक्त गर्नु भएको थियो ।
जलरिका स्रष्टा दम्पती आख्यानकार जलेश्वरी श्रेष्ठको नामबाट जल र कवि द्वारिका श्रेष्ठको नामबाट रिका शब्द लिई दुवैलाई मिसाएर ‘जलरिका’ नामाकरण गरिएको यो साहित्य सेवाका लागि स्थापित संस्था हो । यस संस्थाले हरेक वर्ष फरक क्षमताका प्रतिभाहरुको कृति प्रकाशन, विद्यालयका बालबालिकाहरुका लागि सिर्जनात्मक लेखन तालिम लगायत विविध कार्यक्रमहरु गर्दै आइरहेको छ ।
Trending Now
- एकता महाधिवेशनको तयारी अन्तिम चरणमा : उच्चस्तरीय समिति
- सुस्मिता स्याङतानको आवाजमा ‘कुलमान दाइ’ गीत सार्वजनिक
- प्रेम प्रस्ताव अस्वीकार गरेकोमा युवतीलाई गोली’ हानियो
- Ukraine accuses Russia of continuing attacks despite temporary ceasefire announced for Easter
- शिक्षक र आवासीय चिकित्सकहरूसंगै स्थानीय तहका कर्मचारी पनि ‘आन्दोलित’ !
- उपन्यास याङरुपको परिचर्चा कार्यक्रम सम्पन्न
- Foreign Minister Dr. Arju Rana is going to Bangkok
- ३७ प्रतिशत बढ्यो ग्लोबल आईएमई बैंकको नाफा
- संयुक्त जनआन्दोलन समितिले ७७ वटै जिल्लामा सङ्गठन विस्तार गर्ने
- बार एसोसिएसनको नवनिर्वाचित कार्यसमितिलाई जिम्मेवारी हस्तान्तरण सञ्चारकर्मी तथा बारका कर्मचारीलाई सम्मान
Comments are closed.