Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
No Result
View All Result
No Result
View All Result
Home Book Releases

उषा केसीको दोस्रो मुक्तकसङ्ग्रह ‘माकुरी’को विमोचन

Editorial Team by Editorial Team
June 18, 2022
in Book Releases, Literature, Nepal
0
उषा केसीको दोस्रो मुक्तकसङ्ग्रह ‘माकुरी’को विमोचन
0
SHARES
4
VIEWS
Share on FacebookShare on Twitter
साहित्यिक पत्रकार संघको आयोजनामा ललितपुरमा भएको एक कार्यक्रममा मुक्तककार उषा केसीको दोस्रो मुक्तकसङ्ग्रह ‘माकुरी’को विमोचन भएको छ ।
कार्यक्रममा उषा केसीकी आमा माकुरी पाैडेल, प्रमुख अतिथि नेपाल मुक्तक प्रतिष्ठानका अध्यक्ष रामकाजी कोने, कार्यक्रमका अध्यक्ष राधेश्याम लेकाली, वरिष्ठ समालोचक प्रमोद प्रधान, नेपाल स्रष्टा समाजका पूर्व अध्यक्ष पवन आलोक लगायतले लोकार्पण गर्नुभएको थियो ।
स्रष्टा केसीले आफ्नी आमाको ९० औं जन्मदिनको उपलक्ष्यमा सो कृति प्रकाशित गर्नुभएको हो। यसमा ३०३ वटा मुक्तक छन्। कार्यक्रममा स्रष्टाका आमालाई जन्मदिनको उपलक्ष्यमा अभिनन्दन गर्दै उहाँको सुस्वास्थ्य र दीर्घायुको कामना पनि गरिएको थियो ।
साहित्यिक पत्रकार संघका अध्यक्ष साहित्यकार राधेश्याम लेकालीको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा प्रमुख अतिथि नेपाल मुक्तक प्रतिष्ठानका अध्यक्ष रामकाजी कोनले मुक्तकको छुट्टै पहिचानमा समस्या देखिएपछि प्रतिष्ठानले मुक्तक चतुश्पदीय शैलीमा लेखिनुपर्ने भनी एउटा मानक बनाएको बताउनुभयो ।
वरिष्ठ समालोचक प्रमोद प्रधान, वरिष्ठ पत्रकार राजन कार्की र समालाेचक प्राडा गोविन्दमानसिंह कार्कीले समीक्षात्मक मन्तव्य राख्दै केसीका मुक्तकहरू चतुश्पदीय शैलीमा लेखिएका र तिनले राजनीतिक विकृति, देशप्रेम, माया र आमालाई विषय बनाएको बताउनुभयो।
वरिष्ठ साहित्यकार पवन आलोकले आमाप्रति समर्पित छोरीबाट हामीले पनि धेरै कुरा सिक्नुपर्ने चर्चा गर्नुभयो। यसैगरी साहित्यिक पत्रकार संघका सदस्य नियात्राकार डा. दामोदर पुडासैनी र साहित्यकार मुरारि सिग्देलले पनि बोल्नुभएको उक्त कार्यक्रममा कविहरू निशा के.सी. र शान्ति शर्माले लोकार्पित कृतिबाट मुक्तकहरू वाचन गर्नुभएको थियो ।
कार्यक्रममा लेखिकाकी माता माकुरी पौडेलले फ्रेस नेपाल नामक सामाजिक संस्थाका लागि धन लोहारलाई १५ हजार ५ रुपैयाँ सहयोग प्रदान गर्नुभएको थियो ।
कार्यक्रममा साहित्यकारहरू रुकु कार्की, दिब्य गिरी, ललिता दोषी, विधान आचार्य, राजबाबु श्रेष्ठ सागर, ललिता दाेषी, रुद्र पौडेल, रिता खत्री, राजन नेउपाने, रूपा रिसाल, मन्दिरा मधुश्री, राधा कार्की दुलाल, जानु धिताल, विमला अधिकारी, सावित्रीश्रेष्ठ, नम्रता उप्रेती, लगायत ५० जना भन्दा बढी सर्जकहरूकाे उपस्थिति रहेकाे थियाे ।

 

Advertisement Banner
Previous Post

ससुराली गएका एकबहादुर तामाङ मृत फेला

Next Post

नगेन्द्र न्यौपानेको नियात्रा कृति ‘बर्मा र थाइल्यान्डभित्र नेपाल’ लोकार्पण

Editorial Team

Editorial Team

Next Post
नगेन्द्र न्यौपानेको नियात्रा कृति ‘बर्मा र थाइल्यान्डभित्र नेपाल’ लोकार्पण

नगेन्द्र न्यौपानेको नियात्रा कृति ‘बर्मा र थाइल्यान्डभित्र नेपाल’ लोकार्पण

Recommended

१२० राजनीतिक दल निर्वाचन प्रयाेजनका लागि दर्ता

१२० राजनीतिक दल निर्वाचन प्रयाेजनका लागि दर्ता

9 months ago
चीनद्वारा अवैध रूपमा आफ्नो जल क्षेत्रमा प्रवेश गरेको आरोपमा जापानी जहाजलाई निष्कासन

चीनद्वारा अवैध रूपमा आफ्नो जल क्षेत्रमा प्रवेश गरेको आरोपमा जापानी जहाजलाई निष्कासन

9 months ago

Don't Miss

Praarthanaa: An Orison for Nepal by W. J. Manares

Praarthanaa: An Orison for Nepal by W. J. Manares

September 3, 2026
Rasuwa flood: 987 bodies recovered, Over 12,000 people rescued

Govt estimates over 6,000 private houses destroyed in Bhote Koshi and Trishuli floods

September 2, 2026
Nepal flood: Death toll reaches 903

Bhote Koshi flood insurance claims reach Rs 25.87 billion

September 2, 2026
India sends fifth Air Force plane carrying 5.5 tons of medicines to Nepal for disaster relief

India sends fifth Air Force plane carrying 5.5 tons of medicines to Nepal for disaster relief

September 2, 2026
Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia

Copyright © 2025 Himalaya Diary.

Navigate Site

  • About Us
  • Contact

Follow Us

No Result
View All Result
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology

Copyright © 2025 Himalaya Diary.