Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
No Result
View All Result
No Result
View All Result
Home Book Releases

स्रष्टाको परिचयमूलक कृति ‘सहिद स्रष्टा परिचयकोश’ प्रकाशित

Editorial Team by Editorial Team
June 25, 2022
in Book Releases, Nepal
0
स्रष्टाको परिचयमूलक कृति ‘सहिद स्रष्टा परिचयकोश’ प्रकाशित
0
SHARES
29
VIEWS
Share on FacebookShare on Twitter

नेपालको परिवर्तनकारी आन्दोलनमा ज्यानको बलिदान दिने स्रष्टाको परिचयमूलक कृति ‘सहिद स्रष्टा परिचयकोश’ प्रकाशित भएको छ ।

समालोचक  तेजविलास अधिकारीद्वारा लिखित उक्त कृति नेपाल प्रज्ञा प्रतिष्ठानले प्रकाशन गरेको हो । कृतिमा नेपालको राजनीतिक तथा रुपान्तरणकारी आन्दोलनमा ज्यानको आहुति दिएका सहिद स्रष्टाको परिचय दिइएको छ । नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेतीले भाषा, साहित्य, धर्म, दर्शन, आदि क्षेत्रमा रहेको मुलुकको विविधतालाई सम्बोधन गर्दै यस्तो विविधताभित्र रहेको एकतालाई अझ समृद्ध पार्ने क्रममा नेपालको प्राज्ञिक जगत्का समग्र विज्ञहरुलाई समेट्दै अगि बढ्न आफूहरु कटिबद्ध रहेको जनाएका छन् ।

प्रतिष्ठानका उपकुलपति डा जगमान गुरुङले जीवित अवस्थामा रहँदा साहित्य, कला, संस्कृति, गीत, संगीतलगायतका विभिन्न विधा सिर्जना र प्रस्तुतिमा क्रियाशील रहेका सहिद स्रष्टाको खोज गरी तयार पारिएको यस ग्रन्थको प्रकाशनले सहिद हुनुभएका स्रष्टाहरूप्रति सच्चा सम्मान र श्रद्धाभाव अभिव्यक्त भएको जनाएका छन् ।

प्रतिष्ठानका साहित्य, समालोचना र निबन्ध विभागका प्रमुख प्राज्ञ प्रा.डा. गोपीन्द्र पौडेलले सहिदहरुप्रति सम्मान होस् भनेर नै सहिद स्रष्टा परिचयकोश प्रकाशन गरेको बताए ।  पौडेलले नेपालको इतिहासमा स्वतन्त्रता, स्वाधीनता तथा उन्मुक्तिका खातिर आफूलाई बलिदान गर्ने स्रष्टाको संख्या झण्डै दुई सय बढी रहेको आँकलन गर्न सकिने बताए ।

पुस्तकका लेखक तेजविलास अधिकारीले प्रथम साहित्यिक सहिद कृष्णलालदेखि भाषा, साहित्यमा राज्यस्तरमा समान हैसियत चाहिन्छ भनी आन्दोलन गर्ने रञ्जु झासम्मको खोजी पुस्तकमा गरिएको बताए । उनले सहिद स्रष्टा परिचयकोशको काम अलि चुनौतीपूर्ण भए पनि नेपालको परिवर्तनकारी आन्दोलनमा ज्यानको आहुति दिने स्रष्टा सहिद प्रति यो कार्य महत्वपूर्ण रहेको सुनाए । अधिकारीले भने, ‘सामग्रीलाई सकेसम्म तथ्यपरक बनाउन प्रत्येक सहिद स्रष्टाको परिचयात्मक लेख लगत्तै सहयोगी सन्दर्भ सामग्री र व्यक्तित्वको नाम उल्लेख गरिएको छ ।’

स पुस्तकमा क्याप्टेन यज्ञबहादुर थापा, भीमनारायण श्रेष्ठ, प्रजालाल राई, ऋषिराज देवकोटा ‘आजाद’ जस्ता प्रजातन्त्रका निम्ति जीवन अर्पण गर्ने राजनीतिज्ञदेखि क्रान्तिको फिलिङ्गो भीमदत्त पन्त, चुनु गुरुङ, कृष्णसेन इच्छुक, मस्तबहादुर विष्ट, शारदा श्रेष्ठ, तारा काफ्ले जस्ता सांस्कृतिक क्षेत्रमा विशेष योगदान र ऊर्जा दिने सहिदहरुको परिचय प्रस्तुत गरिएको छ । उनले पुस्तकमा मूलतः राज्य पक्षको दमनको, धरपकड र यातनाबाट जीवन गुमाउने स्रष्टाहरूको फोटो राख्ने चाहना हुँदाहुँदै पनि अधिकांशको प्रामाणिक फोटो नभेटिएका कारण समावेश गर्न नसकिएको जानकारी दिए ।

लेखक अधिकारीले पुस्तक प्रकाशन गर्ने क्रममा दुई सयभन्दा बढी व्यक्तिलाई सम्पर्क गरेको जनाउँदै कतिपय सहिदका परिवारसँग सम्पर्क हुन नसकेको बताए । उनका अनुसार नेपालको सांस्कृतिक इतिहासलाई हेर्ने हो भने झण्डै तीन सय जना स्रष्टाहरूले बलिदान गरेको सन्दर्भ उल्लेख भएको पाइन्छ ।

Advertisement Banner
Previous Post

 World Bank South Asia VP Hartwig Schafer visits  Dhulikhel Municipality

Next Post

युक्रेन युद्ध: आफ्ना फौजलाई सेभेरोडोनेट्स्कबाट पछि हट्न किएभको आदेश

Editorial Team

Editorial Team

Next Post
युक्रेन युद्ध: आफ्ना फौजलाई सेभेरोडोनेट्स्कबाट पछि हट्न किएभको आदेश

युक्रेन युद्ध: आफ्ना फौजलाई सेभेरोडोनेट्स्कबाट पछि हट्न किएभको आदेश

Recommended

Prime Minister Boris Johnson vows to continue delivering on what matters to the British public

Prime Minister Boris Johnson vows to continue delivering on what matters to the British public

4 years ago
Monsoon active, heavy rain likely over hilly areas

Monsoon active, heavy rain likely over hilly areas

4 weeks ago

Don't Miss

Praarthanaa: An Orison for Nepal by W. J. Manares

Praarthanaa: An Orison for Nepal by W. J. Manares

September 3, 2026
Rasuwa flood: 987 bodies recovered, Over 12,000 people rescued

Govt estimates over 6,000 private houses destroyed in Bhote Koshi and Trishuli floods

September 2, 2026
Nepal flood: Death toll reaches 903

Bhote Koshi flood insurance claims reach Rs 25.87 billion

September 2, 2026
India sends fifth Air Force plane carrying 5.5 tons of medicines to Nepal for disaster relief

India sends fifth Air Force plane carrying 5.5 tons of medicines to Nepal for disaster relief

September 2, 2026
Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia

Copyright © 2025 Himalaya Diary.

Navigate Site

  • About Us
  • Contact

Follow Us

No Result
View All Result
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology

Copyright © 2025 Himalaya Diary.