Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
No Result
View All Result
No Result
View All Result
Home Awards

योगमाया सम्मानहरुको घोषणा २०७९

Editorial Team by Editorial Team
June 29, 2022
in Awards, Literature, Nepal
0
योगमाया सम्मानहरुको घोषणा २०७९
0
SHARES
29
VIEWS
Share on FacebookShare on Twitter

नेपाल स्रष्टा समाजले महामना नारी योगमायाका नाममा प्रत्येक वर्ष सृजना तथा नारी जागरणका क्षेत्रमा योगदान दिएका विशिष्ट व्यक्तित्वलाई अर्पण गर्ने ‘योगमाया राष्ट्रिय नारी स्रष्टासम्मान’बाट विसं २०७८ का लागि साहित्यकार श्री हिरण्यकुमारी पाठक र २०७९ का लागि श्री रुकू कार्कीलाई सम्मानित गर्ने निर्णय गरेको कुरा प्रकाशमा आएको छ।

समाजका अध्यक्ष विधान आचार्य अनुसार उहाँकै नाममा स्थापित तथा योगमायाका आदर्शलाई विभिन्न कार्य, अभियान तथा खोज आदिबाट व्यवहारमा उतार्ने व्यक्तित्वलाई अर्पण गरिने ‘योगमाया न्यौपाने अभियन्ता राष्ट्रिय सम्मान’बाट विसं २०७९ का लागि भोजपुरमै रही योगमाया सम्बन्धी विभिन्न कार्यमा सक्रिय रहनुभएका श्री मोहनकुमार बस्नेतलाई सम्मानित गर्ने निर्णय गरिएको छ।

सम्मानपत्र तथा नगद राशिसहितका यी दुवै सम्मान,उहाँहरू तीनजना व्यक्तित्वलाई महामना नारी योगमायालगायत उहाँका अनुयायी (६८ जना) ले स्वातन्त्र्य चेतना, आध्यात्मिक जागरण तथा तत्कालीन राणा शासनका विरुद्ध विसं १९९८ असारमा जीवन उत्सर्ग गर्नुभएको दिन पारेर आगामी असार २२ गते नेपाल प्रज्ञा प्रतिष्ठानको लेखनाथ सभा कक्षमा दिनको ३:०० बजे एक समारोहमा सादर अर्पण गरिने छ।

नेपालको स्वातन्त्र्य चेतना, धार्मिक रूढिवादितामा परिमार्जन तथा सांस्कृतिक पुनर्जागरणका निमित्त महामना नारी योगमायाको योगदानको कदर गर्दै नेपाल सरकारले उहाँका नाममा यसअघि एक हुलाक टिकट प्रकाशन तथा योगमाया आयुर्वेद विश्वविद्यालयसमेत स्थापना गर्ने निर्णय गरिसकेको छ। यस्ता मनीषी व्यक्तित्व योगमायाका सम्मानमा प्रत्येक वर्ष असर २२ गतेलाई “योगमाया दिवस” का रूपमा मनाउने निर्णय गर्न नेपाल सरकारसमक्ष नेपाल स्रष्टा समाजले विगतदेखि नै बारम्बार अनुरोधसमेत गर्दै आएको छ।

Advertisement Banner
Previous Post

नेपाली फिल्म ‘ह्रस्व दीर्घ’मा भारतका हास्य अभिनेता ब्रह्मानन्दम

Next Post

हल्करा’ र ‘गड्स बफेलो’लाई अवार्ड 

Editorial Team

Editorial Team

Next Post
हल्करा’ र ‘गड्स बफेलो’लाई अवार्ड 

हल्करा' र 'गड्स बफेलो'लाई अवार्ड 

Recommended

Nepal Govt revokes license of Chinese state-owned company to construct 1200 MW hydel project

Nepal Govt revokes license of Chinese state-owned company to construct 1200 MW hydel project

4 years ago
Nepali Congress general convention to be held on schedule: Pradip Paudel

Nepali Congress general convention to be held on schedule: Pradip Paudel

4 weeks ago

Don't Miss

Praarthanaa: An Orison for Nepal by W. J. Manares

Praarthanaa: An Orison for Nepal by W. J. Manares

September 3, 2026
Rasuwa flood: 987 bodies recovered, Over 12,000 people rescued

Govt estimates over 6,000 private houses destroyed in Bhote Koshi and Trishuli floods

September 2, 2026
Nepal flood: Death toll reaches 903

Bhote Koshi flood insurance claims reach Rs 25.87 billion

September 2, 2026
India sends fifth Air Force plane carrying 5.5 tons of medicines to Nepal for disaster relief

India sends fifth Air Force plane carrying 5.5 tons of medicines to Nepal for disaster relief

September 2, 2026
Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia

Copyright © 2025 Himalaya Diary.

Navigate Site

  • About Us
  • Contact

Follow Us

No Result
View All Result
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology

Copyright © 2025 Himalaya Diary.