Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
No Result
View All Result
No Result
View All Result
Home Awards

खोटाङ सामाजिक सेवा मञ्चद्धारा स्रष्टा केदारप्रसाद रेग्मी एवं श्रीओम श्रेष्ठ ‘रोदन’ सम्मानित

Editorial Team by Editorial Team
November 23, 2025
in Awards, Literature, Nepal, News
0
खोटाङ सामाजिक सेवा मञ्चद्धारा स्रष्टा केदारप्रसाद रेग्मी एवं श्रीओम श्रेष्ठ ‘रोदन’ सम्मानित
0
SHARES
21
VIEWS
Share on FacebookShare on Twitter

विराटनगर, खोटाङ सामाजिक सेवा मञ्चद्धारा स्रष्टा केदारप्रसाद रेग्मी एवं श्रीओम श्रेष्ठ ‘रोदन’ सम्मानित गरेको छ। विराटनगरमा आयोजित एक भव्य समारोहमा उहाँहरूलाई सम्मानित गरिएको थियो ।
नेपाली भाषा,साहित्यमा अविछिन्न रुपमा साधनारत ९५ वर्षिय रेग्मी र नेपाल स्रष्टा समाजका अध्यक्ष समेत रहेका रोदन सम्मानित भएका हुन् ।
दुबै सम्मानित स्रष्टाहरूलाई कार्यक्रमका प्रमुख अतिथि प्रा.कविराज न्यौपाने, आयोजक संस्थाका अध्यक्ष कृष्णप्रसाद भण्डारी मार्सेली लगायतले सम्मान गरे ।
सम्मानित व्यक्तित्व मध्ये रेग्मी उमेर र स्वास्थ्यका कारण उपस्थित हुन नसक्दा उनका पुत्र डा.उत्तमकुमार रेग्मीले सम्मान ग्रहण गरे ।
कार्यक्रममा सम्मानित व्यक्तित्व रोदन तथा डा. रेग्मीले आआफ्नो मन्तव्य व्यक्त गरेका थिए ।
नेपाली भाषा,साहित्य र कलाको उन्नयनमा वि.सं.२०५४ मा स्थापित मञ्चले आयोजना गरेको उक्त कार्यक्रममा प्रमुख अतिथि प्रा.न्यौपानेले भाषा,साहित्यमा अविच्छिन्न क्रियाशिल व्यक्तित्वहरूलाई सम्मान गर्न पाउँदा खुशी लागेको बताए ।
कार्यक्रममा साहित्यकारहरू विवश पोखरेल, बलराम पोखरेल, महेश रेग्मी, प्रदीप सापकोटा लगायतले बधाई तथा शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
यसअघि सम्मानित व्यक्तित्वहरूको बारेमा साहित्यकार बाबुराम पोखरेलले प्रकाश पारेका थिए ।
कार्यक्रममा मधु पोखरेल, सरला चापागाईं, डा.देवी पन्थी, हरिप्रसाद बराल, हरि कट्टेल, पुष्पा सायरा, यमुना भट्टराई, दिङ्लाली कान्छो लगायत तीन दर्जनभन्दा बढी कवि तथा साहित्यकारहरूले आ आफ्नो रचना वाचन गरे ।
मञ्चका अध्यक्ष कृष्णप्रसाद भण्डारी मार्सेलीको अध्यक्षता एवं सञ्चालन लक्ष्मी पोखरेलले गरेको उक्त कार्यक्रममा स्रष्टाहरूले समसामयिक दृष्ट्रिचेत, विकृति र विसङ्गतिको विरुद्ध उज्यालोको पक्षमा आ आफ्नो सृजना सुनाएका थिए ।

Advertisement Banner
Previous Post

शैलुङमा गोरखापत्र साहित्य सम्मेलन सम्पन्न

Next Post

भानेन्द्र सम्बाहाङफे ‘जुझारु’को कवितासंग्रह ‘निर्झर’ सार्वजनिक

Editorial Team

Editorial Team

Next Post
भानेन्द्र सम्बाहाङफे ‘जुझारु’को कवितासंग्रह ‘निर्झर’ सार्वजनिक

भानेन्द्र सम्बाहाङफे 'जुझारु'को कवितासंग्रह 'निर्झर' सार्वजनिक

Recommended

Pope Leo remembers Gaza’s suffering during his first Christmas sermon

Pope Leo remembers Gaza’s suffering during his first Christmas sermon

5 months ago
Nepal Airlines Corporation to start Mumbai-Kathmandu flight from March 27

Govt decided to appoint Amritman Shrestha, a member of the board of directors of Nepal Airlines

6 months ago

Don't Miss

नेपाल र भारतका सर्जकबाट काव्य वर्षासंगै गीत र नृत्य प्रस्तुत

नेपाल र भारतका सर्जकबाट काव्य वर्षासंगै गीत र नृत्य प्रस्तुत

May 14, 2026
वसन्त ऋतुका लागि सगरमाथाको शिखरसम्म डोरी टाँग्ने कार्य सम्पन्न

वसन्त ऋतुका लागि सगरमाथाको शिखरसम्म डोरी टाँग्ने कार्य सम्पन्न

May 14, 2026
चीन र घानाबीचको व्यापारमा १९.३ प्रतिशतले वृद्धि, द्विपक्षीय व्यापार १४ अर्ब डलर नाघ्यो

चीन र घानाबीचको व्यापारमा १९.३ प्रतिशतले वृद्धि, द्विपक्षीय व्यापार १४ अर्ब डलर नाघ्यो

May 14, 2026
ट्रम्प रसी जिनपीङबीच बेइजिङस्थित ‘ग्रेट हल अफ द पिपुल’मा भेटवार्ता जारी

ट्रम्प रसी जिनपीङबीच बेइजिङस्थित ‘ग्रेट हल अफ द पिपुल’मा भेटवार्ता जारी

May 14, 2026
Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia

Copyright © 2025 Himalaya Diary.

Navigate Site

  • About Us
  • Editor In Chief
  • Contact

Follow Us

No Result
View All Result
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology

Copyright © 2025 Himalaya Diary.