Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
No Result
View All Result
No Result
View All Result
Home Nepal Provinces News Bagmati Province

शैलुङमा गोरखापत्र साहित्य सम्मेलन सम्पन्न

Editorial Team by Editorial Team
November 23, 2025
in Bagmati Province, Literary Festival & Event, Nepal, News
0
शैलुङमा गोरखापत्र साहित्य सम्मेलन सम्पन्न
0
SHARES
19
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ , गोरखापत्र संस्थान, मधुपर्क मासिकको आयोजना तथा शैलुङ गाउँपालिका, शैलुङ पर्यटन तथा कालापानी बजार टोल विकास संस्थाको सह-आयोजनामा मङ्सिर ५/६ गते साहित्य सम्मेलन सम्पन्न गरेको छ।
मधुपर्कका सम्पादक त्रिभुवनचन्द्र वाग्लेको अगुवाइमा शुरु भएको दुई दिवसीय भ्रमण टोलीमा कवि , साहित्यकारहरू र पत्रकारहरूको उपस्थिति रहेको थियो
सहभागी साहित्यकारहरूमा किशोर पहाडी, युवराज नयाँघरे, जय छाङ्छा, जयदेव भट्टराई, सुभाषचन्द्र पौडेल’भीमफेदीया’, मणि लोहनी, रञ्जना निरौला, अनिता कोइराला, उषा केसी, तुलसीहरि कोइराला, गीता रेग्मी, श्रीबाबु कार्की, अञ्जना पौडेल, चेतनपथ माधव, विष्णु आचार्य, भगवती बस्नेत, ऋषभ देव घिमिरे, उत्तम भट्टराई, कर्ण दयाल, सुमन घिमिरे, सुशीला शर्मा, सुशीला खड्का हसिना, रेखा शर्मा, प्रवीण थपलिया, लक्ष्मी ढकाल, मुरारि सिग्देल, नन्दु उप्रेती, पवित्रा सुवेदी तथा विमुन्स पौडेल रहेका थिए।
त्यसैगरी,टोलीमा तीनधारा मिडियाबाट बालकृष्ण श्रेष्ठ’पासा’, रेडियो नेपालबाट मनोजा कुँवर, तोकआदेश डटकमबाट सर्वेन्द्र निरौला, स्पेस फोर के टिभीबाट डेबिट पाण्डेय, वाग्मती टिभीबाट बालकृष्ण शर्मा, हिमालय टाइम्सबाट अक्कल कुँवर, प्राइम टिभीबाट कमलमणि पोखरेल र कृष्ण मल्ल, समाजसेवी नवीन शाही तथा प्राध्यापक जयन्तनाथ खनाल, गीतकार जानुका राई रहेका थिए।
भ्रमण टोलीलाई शैलुङ गाउँपालिकाका अध्यक्ष रिमलबाबु श्रेष्ठले गाउँपालिका प्राङ्गणमा भव्य स्वागत गर्दै शैलुङको ऐतिहासिक,धार्मिक तथा पर्यटकीय महत्त्वबारे प्रकाश पार्दै साहित्यकारहरूको भ्रमणले यस क्षेत्रको पर्यटन व्यवसायमा उल्लेखनीय योगदान पुग्ने विश्वास व्यक्त गरेका थिए।
मधुपर्कका सम्पादक त्रिभुवनचन्द्र वाग्लेले साहित्यकारहरू काठमाडौंबाट रित्तै हात आए पनि यहाँबाट फर्किँदा मुटुभरि शैलुङको माटोको सुगन्ध, मीठो सम्झना र आँखाभरि सुन्दर दृश्यहरू बोकेर जानेछौँ भनेर बताए।
गाउँपालिकाका प्रशासकीय अधिकृत सन्जीव न्यौपानेले साहित्यकारहरूको स्वागत गर्दै गाउँपालिकाका बारेमा संक्षेपमा प्रकाश पारेका थिए।
दोस्रो दिन बिहान कालापानी टोल विकास संस्थाले साहित्यकार तथा पत्रकारहरूलाई फूलको माला लगाइदिएर पञ्चे बाजाको धुनसँगै बजार परिक्रमा गराउँदै शैलुङको थुम्कोमा पुर्याएका थिए। करिब ३१०० फिटको उचाइमा रहेको शैलुङको थुम्को स्थित बुद्धको सुन्दर गुम्बाको प्राङ्गणमा गोरखापत्र साहित्य सम्मेलनको आयोजना गरिएको थियोे।
सम्मेलनमा साहित्यकारहरूबाट रचना वाचन पनि गरिएको थियोे।
गोरखापत्र दैनिकका कामु प्रधान सम्पादक जुनारबाबु बस्नेतको सभापतित्वमा भएको कार्यक्रमका प्रमुख अतिथि गोरखापत्रका महाप्रबन्धक लालबहादुर ऐरी रहेका थिए भने अन्य विशिष्ट अतिथिहरूमा शैलुङ गाउँपालिका अध्यक्ष रिमल बाबु श्रेष्ठ, वडा नम्बर ८ का अध्यक्ष धनबहादुर तामाङ, टोल विकास संस्थाका अध्यक्ष रुद्र थपलिया, समाजसेवी सोभित उप्रेती लगायतको उपस्थिति रहेको थियोे।
कार्यक्रममा स्थानीय कवि, विद्यार्थीवर्ग तथा काठमाडौंबाट आएका कविहरूले आ-आफ्ना रचना वाचन गरी गौरीशंकर हिमाललाई टाढैबाट साक्षी राखेर मनोरमस्थल शैलुङलाई साहित्यमय बनाएका थिए।
कार्यक्रममा प्रमुख अतिथि,अन्य अतिथिहरूले मन्तव्य राख्ने क्रममा शैलुङको धार्मिक,ऐतिहासिक तथा पर्यटकीय महत्त्वका बारे प्रकाश पारेका थिए।
दुई दिवसीय कार्यक्रम सम्पन्न गरी काठमाडौं फर्कने क्रममा बाटोमा पर्ने दुर्गा माध्यमिक विद्यालयको पुस्तकालयका लागि गोरखापत्रका प्रकाशनहरूका साथै अन्य साहित्यकारका कृतिहरू हस्तान्तरण गरिएका थिए ।

Advertisement Banner
Previous Post

अस्ट्रेलियामा विनाशकारी आँधी : १९ हजार घर अन्धकारमा

Next Post

खोटाङ सामाजिक सेवा मञ्चद्धारा स्रष्टा केदारप्रसाद रेग्मी एवं श्रीओम श्रेष्ठ ‘रोदन’ सम्मानित

Editorial Team

Editorial Team

Next Post
खोटाङ सामाजिक सेवा मञ्चद्धारा स्रष्टा केदारप्रसाद रेग्मी एवं श्रीओम श्रेष्ठ ‘रोदन’ सम्मानित

खोटाङ सामाजिक सेवा मञ्चद्धारा स्रष्टा केदारप्रसाद रेग्मी एवं श्रीओम श्रेष्ठ ‘रोदन’ सम्मानित

Recommended

Nepal  Government organized an interaction program with Nepalese Diplomats for Tourism Promotion

Nepal Government organized an interaction program with Nepalese Diplomats for Tourism Promotion

4 years ago
कम्युनिस्टको दर्शन अनुसार नचल्दा आजको अवस्था आयो- विद्या भट्टराई

कम्युनिस्टको दर्शन अनुसार नचल्दा आजको अवस्था आयो- विद्या भट्टराई

6 months ago

Don't Miss

Praarthanaa: An Orison for Nepal by W. J. Manares

Praarthanaa: An Orison for Nepal by W. J. Manares

September 3, 2026
Rasuwa flood: 987 bodies recovered, Over 12,000 people rescued

Govt estimates over 6,000 private houses destroyed in Bhote Koshi and Trishuli floods

September 2, 2026
Nepal flood: Death toll reaches 903

Bhote Koshi flood insurance claims reach Rs 25.87 billion

September 2, 2026
India sends fifth Air Force plane carrying 5.5 tons of medicines to Nepal for disaster relief

India sends fifth Air Force plane carrying 5.5 tons of medicines to Nepal for disaster relief

September 2, 2026
Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia

Copyright © 2025 Himalaya Diary.

Navigate Site

  • About Us
  • Contact

Follow Us

No Result
View All Result
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology

Copyright © 2025 Himalaya Diary.