Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
No Result
View All Result
No Result
View All Result
Home Book Releases

भानेन्द्र सम्बाहाङफे ‘जुझारु’को कवितासंग्रह ‘निर्झर’ सार्वजनिक

Editorial Team by Editorial Team
November 23, 2025
in Book Releases, Literature, Nepal, News
0
भानेन्द्र सम्बाहाङफे ‘जुझारु’को कवितासंग्रह ‘निर्झर’ सार्वजनिक
0
SHARES
13
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ । कवि भानेन्द्र सम्बाहाङफे ‘जुझारु’को कवितासंग्रह ‘निर्झर’ सार्वजनिक गरिएको छ। नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्व कुलपति बैरागी काइँलाको प्रमुख आतिथ्यमा कवितासंग्रह ‘निर्झर’को लोकार्पण गरिएको छ। साहित्यकार प्रा. डा. गोविन्दराज भट्टराईको सभापतित्वमा आयोजित समारोहमा भानेन्द्र सम्बाहाङफे ‘जुझारु’द्वारा लिखित उक्त कविता संग्रह प्रमुख अतिथि काइँलासहित प्रा. डा. गोविन्दराज भट्टराई, सिक्किमेली साहित्यकार प्रा.डा. रुद्र पौडेल, डा. तुलसीप्रसाद भट्टराई, डा. तुलसी गौतम र डा. ज्ञानू अधिकारीले संयुक्तरुपमा लोकार्पण गरे ।

डा. तुलसी गौतमले कविता संग्रह ‘निर्झर’ नेपाली साहित्यमा एक अब्बल कृतिको रुपमा दर्ज भएको बताए । उनले यस संग्रहका कविताले जीवनका भोगाइ र अनुभूतिहरूलाई अत्यन्तै सुन्दर रुपमा उतारेको र पाठकलाई बडो मज्जा दिने उल्लेख गरे । डा. गौतमका अनुसार कवि भानेन्द्रका कवितामा हामीले अनुभव गरेका तर व्यक्त गर्न नसकेका भावना, संवेदना, स्वर र चोटहरू प्रतिबिम्बित भएका छन्। कवि भानेन्द्र सम्बाहाङफेको मन, वचन र कर्ममा एकरुपता पाइने बताउँदै उनले ‘दुःख, गरिबी र प्रकृति’ लाई गुरु तथा ‘ब्रह्मा, विष्णु र महेश्वर’ लाई विम्ब मानी आफ्नो जीवनयापन गरेको कुरामा प्रकाश पारे ।

यस्तै ‘निर्झर’ कविता संग्रहको शीर्षक जति सुन्दर छ, त्यति नै संग्रहभित्रका कविताहरूमा साधारण शब्द, स्वच्छन्द भाव र मिठासयुक्त सरल भाषा प्रयोग भए पनि अर्थ गम्भीर पाइने डा. ज्ञानू अधिकारीको भनाइ छ ।
डा. अधिकारीका अनुसार कविताहरूमा देशप्रेम, मातृभूमिप्रतिको प्रेम, प्रकृतिप्रेम, प्रणयप्रेम र अस्तित्वप्रेमजस्ता विभिन्न प्रकारका प्रेमहरू विशेषरुपमा प्रस्तुत भएका छन्।
प्रमुख अतिथि बैरागी काइँलाले ‘निर्झर’ कविता संग्रहले देश, संस्कृति, प्रेम र प्रकृतिलाई फ्युजन गर्दै उत्कृष्ट कृति नेपाली साहित्यिक जगतमा ल्याएकोमा शुभकामना व्यक्त गरे । उनले कवि भानेन्द्र सम्बाहाङफे ‘जुझारु’ लाई पूर्वी नेपालबाट नेपाली साहित्यमा विशेष स्थान बनाउने एक नयाँ प्रतिभाको रुपमा चित्रण गरे ।
यस्तै भट्टराईले ‘निर्झर’ कविता विधामा उज्यालो रंग लिएर आएको बताउँदै परम्परागत धार पक्रेर सुन्दरताले पूर्ण शब्दहरूको प्रयोग गर्ने, नौलो प्रयोगतिर नलाग्ने र समाजलाई ध्यानमा राखेर कविता लेख्ने उत्कृष्ट कविको रुपमा भानेन्द्रलाई चित्रित गरे । उनका अनुसार कवितामा कोमलता, राष्ट्रप्रेम र कोमल प्रेमजस्ता तीनवटा मुख्य तत्वहरू विद्यमान छन्।
डा. तुलसीप्रसाद भट्टराईले ‘निर्झर’ का कविताहरूमा देशको माटो बोलेको र राष्ट्रिय भावनाले ओतप्रोत कविताहरूले नेपाली मन जुरुक्कै उठाएको बताए ।

ओरिएन्टल पब्लिकेशन हाउसले बजारमा ल्याएको ‘निर्झर’ कविता संग्रह विमोचन समारोहलाई जलविद्युत व्यवसायी, समाजसेवी तथा विशाल हृदयका धनी चौधरी दम्पती ई. सुदिप कुमार चौधरी तथा निता चौधरीले प्रायोजन गरेका थिए । कार्यक्रममा कवि भानेन्द्र सम्बाहाम्फे ‘जुझारु’ ले संग्रहमा संग्रहित केही कविताहरू वाचन गरेका थिए । कार्यक्रमको संचालन नेत्र कार्कीले गरेका थिए।

काठमाडौँको नागपोखरीस्थित मेरियट होटलमा आयोजित यस कार्यक्रममा साहित्यानुरागी व्यक्तित्वहरूको बाक्लो उपस्थिति रहेको थियो।

Advertisement Banner
Previous Post

खोटाङ सामाजिक सेवा मञ्चद्धारा स्रष्टा केदारप्रसाद रेग्मी एवं श्रीओम श्रेष्ठ ‘रोदन’ सम्मानित

Next Post

गायक विक्रम धमलाको नयाँ गीत ‘दर्शन ढुङ्गा’ सार्वजनिक

Editorial Team

Editorial Team

Next Post
गायक विक्रम धमलाको नयाँ गीत ‘दर्शन ढुङ्गा’ सार्वजनिक

गायक विक्रम धमलाको नयाँ गीत ‘दर्शन ढुङ्गा’ सार्वजनिक

Recommended

545 students graduated from Nepal Open University

545 students graduated from Nepal Open University

8 months ago
बहराइन, यूएई र कुवेतले गरे नयाँ मिसाइल र ड्रोन हमलाको ‘अलर्ट’ जारी

बहराइन, यूएई र कुवेतले गरे नयाँ मिसाइल र ड्रोन हमलाको ‘अलर्ट’ जारी

6 months ago

Don't Miss

Praarthanaa: An Orison for Nepal by W. J. Manares

Praarthanaa: An Orison for Nepal by W. J. Manares

September 3, 2026
Rasuwa flood: 987 bodies recovered, Over 12,000 people rescued

Govt estimates over 6,000 private houses destroyed in Bhote Koshi and Trishuli floods

September 2, 2026
Nepal flood: Death toll reaches 903

Bhote Koshi flood insurance claims reach Rs 25.87 billion

September 2, 2026
India sends fifth Air Force plane carrying 5.5 tons of medicines to Nepal for disaster relief

India sends fifth Air Force plane carrying 5.5 tons of medicines to Nepal for disaster relief

September 2, 2026
Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia

Copyright © 2025 Himalaya Diary.

Navigate Site

  • About Us
  • Contact

Follow Us

No Result
View All Result
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology

Copyright © 2025 Himalaya Diary.