Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
No Result
View All Result
No Result
View All Result
Home Health & medicine

लोमसको प्यारासिटामोल ‘सेटोफेन’ गुणस्तरहीन

Editorial Team by Editorial Team
November 28, 2025
in Health & medicine, Nepal, News
0
लोमसको प्यारासिटामोल ‘सेटोफेन’ गुणस्तरहीन
0
SHARES
2
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ , औषधि व्यवस्था विभागले लोमस फर्मास्युटिकल्स प्रालिले उत्पादन गरेको प्यारासिटामोल ट्याब्लेट (सेटोफेन), ब्याच नं. सीटी २७२३ तत्काल बजारबाट फिर्ता (रिकल) गर्न निर्देशन दिएको छ ।
राष्ट्रिय औषधि प्रयोगशालामा गरिएको परीक्षणमा उक्त ब्याचको औषधि न्यून गुणस्तरको पाइएको हो । विभागले औषधि ऐन, २०३५ को दफा १४ बमोजिम बिक्री–वितरण रोक्का गर्दै उद्योगलाई बजारबाट फिर्ता गर्न आधिकारिक निर्देशन जारी गरेको छ ।
सम्बन्धित ब्याचको उत्पादन मिति २०२३ जून र म्याद सकिने मिति २०२६ मे रहेको छ । अर्थात, म्याद गुजार्न करिब ६ महिना मात्र बाँकी छ, तर यो औषधि बजारमा करिब अढाइ वर्षदेखि निर्वाध बिक्री–वितरण हुँदै आएको थियो ।
औषधि विभागले बजार अनुगमनका क्रममा विभिन्न कम्पनीका औषधि नमुना संकलन गरी परीक्षण गर्ने र मापदण्डविपरीत पाएमा सम्बन्धित ब्याच रिकल गर्ने बताएको छ ।
औषधि ऐनको दफा १२ अनुसार हरेक औषधि जनस्वास्थ्यका लागि सुरक्षित, प्रभावकारी र गुणस्तरीय हुनुपर्ने स्पष्ट व्यवस्था छ । सो दफाले बजारमा पुगेको गुणस्तरहीन औषधि उत्पादकले आफैं फिर्ता लिनुपर्ने बाध्यकारी व्यवस्था गरेको छ ।
यद्यपि, परीक्षण प्रक्रियामा हुने ढिलाइका कारण गुणस्तरहीन औषधि लामो समयसम्म बजारमा रहन सक्ने र उपभोक्ताको स्वास्थ्यमा गम्भीर जोखिम पुग्ने प्रश्न उठिरहेका छन् । स्वास्थ्य विज्ञहरूले बजारमा प्रयोगशालाले पहिचान गरेभन्दा धेरै गुणस्तरहीन तथा दुरुपयोग भएका औषधि रहेको र यसले गम्भीर साइड इफेक्ट निम्त्याउने चेतावनी दिएका छन् ।
विभागले यसअघि पनि विभिन्न कम्पनीका दर्जनौँ ब्याचको औषधि न्यून गुणस्तर प्रमाणित भएपछि बजारबाट रिकल गरिसकेको छ । उपभोक्ता र स्वास्थ्यकर्मीहरूले परीक्षण प्रक्रियालाई तीव्र र प्रभावकारी बनाउनुपर्ने माग निरन्तर उठाउँदै आएका छन् ।

Advertisement Banner
Previous Post

धनगढीमा सुरु नेपाली कम्युनिस्ट पार्टीको एकता सन्देश जुलुस

Next Post

चिनियाँ कम्पनीले ४ खर्ब ३० अर्बको नोट छाप्न ठेक्का पायो

Editorial Team

Editorial Team

Next Post
चिनियाँ कम्पनीले ४ खर्ब ३० अर्बको नोट छाप्न ठेक्का पायो

चिनियाँ कम्पनीले ४ खर्ब ३० अर्बको नोट छाप्न ठेक्का पायो

Recommended

U.S. Secretary of State Antony Blinken says Nepal has seen incredible changes in its governance, economic development, and international engagements

U.S. Secretary of State Antony Blinken says Nepal has seen incredible changes in its governance, economic development, and international engagements

4 years ago
प्रतिनिधि सभाको पहिलो अधिवेशन आजदेखि, यस्तो छ कार्यसूची

प्रतिनिधि सभाको पहिलो अधिवेशन आजदेखि, यस्तो छ कार्यसूची

3 months ago

Don't Miss

Lyricist Pushpa Khanal receives ‘Music Khabar Diaspora Music Award-2082’

Lyricist Pushpa Khanal receives ‘Music Khabar Diaspora Music Award-2082’

June 29, 2026
The Gold Ring, A short story by Ranjit K. Sahu from the USA

The Box of Treasures, a short story by Ranjit K. Sahu

June 23, 2026
नेपाल र भारतका सर्जकबाट काव्य वर्षासंगै गीत र नृत्य प्रस्तुत

नेपाल र भारतका सर्जकबाट काव्य वर्षासंगै गीत र नृत्य प्रस्तुत

May 14, 2026
वसन्त ऋतुका लागि सगरमाथाको शिखरसम्म डोरी टाँग्ने कार्य सम्पन्न

वसन्त ऋतुका लागि सगरमाथाको शिखरसम्म डोरी टाँग्ने कार्य सम्पन्न

May 14, 2026
Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia

Copyright © 2025 Himalaya Diary.

Navigate Site

  • About Us
  • Editor In Chief
  • Contact

Follow Us

No Result
View All Result
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology

Copyright © 2025 Himalaya Diary.