Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
No Result
View All Result
No Result
View All Result
Home Book Releases

गजलकार रीता बलामीका ‘आभासपुञ्ज’ गजलसङ्ग्रह र ‘बालमञ्जरी’ बालकवितासङ्ग्रह विमोचन

Editorial Team by Editorial Team
December 1, 2025
in Book Releases, Literature, Nepal, News
0
गजलकार रीता बलामीका ‘आभासपुञ्ज’ गजलसङ्ग्रह र ‘बालमञ्जरी’ बालकवितासङ्ग्रह विमोचन
0
SHARES
18
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ – गजलकार रीता बलामीको ‘आभासपुञ्ज’ गजलसङ्ग्रह र ‘बालमञ्जरी’ बालकवितासङ्ग्रह विमोचन भएको छ ।

प्रज्ञाभवनको लेखनाथ सभाकक्षमा कार्यक्रमका प्रमुख अतिथि एवम् वरिष्ठ गीतकार प्राडा कृष्णहरि बराल र अन्य अथितिले संयुक्तरूपमा उनको गजलसङ्ग्रह आभासपुञ्जको विमोचन गरे ।

वरिष्ठ कवि स्नेह सायमीको संयोजकत्वमा रातोघर र कार्डिनल इन्टरनेशनल बोर्डिङ हाइस्कुलद्वारा आयोजित सो विमोचन कार्यक्रममा ‘बालमञ्जरी’ को विमोचन प्रमुख अतिथि प्राडा कृष्णहरि बराल, विशिष्ट अतिथि एवम् वरिष्ठ बालकविता विशेषज्ञ प्रमोद प्रधान र अन्य अतिथिले संयुक्तरूपमा गरेका हुन् ।

विमोचित गजलसङ्ग्रहमाथि वरिष्ठ कवि एवम् गजलकार ललिजन रावलले समीक्षात्मक टिप्पणी गरे । उनले गजलका न्यूनतम सौन्दर्यको पालना गर्नुपर्ने भन्दै गजलकार रीता बलामीले आफ्ना अधिकाँश गजलमा सो सौन्दर्यको पालना गरेको बताए । उनले भने, “गजल गेय विधा हो । त्यसैले यसको लयचेतनामा सचेत रहे गजलको पहिलो सौन्दर्य पूरा हुन्छ ।”
उनले हिन्दी र नेपाली गजलका शेरमार्फत लय र त्यसको संरचनाको उदाहरण प्रस्तुत गरे ।
त्यस्तै गरी बालमञ्जरीमाथि टिप्पणी गर्दै विशिष्ट अतिथि प्रमोद प्रधानले बालकविताका चुनौती, विशेषता र गुणका बारेमा सबिस्तार टिप्पणी गरे । उनले शिशुकविता, बालकविता, किशोर र युवाकविताका बारेमा सप्रसङ्ग समीक्षा गर्दै बालकवि रीता बलामी विधागत संरचना, सौन्दर्य र शक्तिका ज्ञाता रहेको बताए ।
शिक्षक एवम् सञ्चारकर्मी दीपक लामिछानेद्वारा सञ्चालित कार्यक्रममा जूनकीरी इङ्गलिश स्कुल र कार्डियल इन्तरनेशनल बोर्डिङ हाइस्कुलका विद्यार्थीहरूले सुन्दर नृत्य प्रस्तुत गरेका थिए ।
वरिष्ठ कवि एवम् प्राज्ञ लक्ष्मी मालीको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा कवि एवम् गजलकारले आफ्नो लेखनयात्रा, चुनौती र उपलब्धिका बारेमा छोटो जानकारी दिए ।
“आफ्नो शिक्षणयात्रामा आधाजीवन बिताएँ ।” उनले सुनाइन् “अब बाँकी जीवन पनि अभिभावकको सपना पूरा गर्न र बालबालिकाको सुन्दर भविश्यका लागि बिताउन चाहन्छु ।”
“२०५१ सालदेखि निरन्तर लेखेँ, तर आफ्नै कृति प्रकाशन गर्न शिक्षण पेशामा दत्तचित्त भएर लागेको कारण समय निकाल्न सकिएन ।” उनले थप्दै भनिन्, “सहयोगी मनहरू, काशीराम विरस, स्नेह सायमीलगायतका साथी र अभिभावकको हौसलाले यी कृति निकाल्न सकेको हुँ । अब निरन्तर प्रकाशनमा लाग्ने अठोट गर्छु ।”
प्रमुख अतिथि प्राडा बरालले दुई कृतिका लेखक रीतालाई बधाइ दिँदै निरन्तर लाग्न हौसला दिनुभयो । उनले लेखनका कष्ट, चुनौती र जोखिमका बारेमा बताउँदै साधनाले गायक र अभ्यासले लेखक बन्ने बताए ।
लेखक बलामीले शुभद्रा, नवबिहानी, आरम्भ, प्रतिभा सुमनलगायतका साहित्यिक पत्रिका र पुस्तकको सम्पादन गरेकी छन् । उनी कार्डिनल इन्टरनेशनल बोर्डिङ हाइस्कुलका सहायक प्रधानाध्यापक र जुनकीरी इङ्गलिश स्कुलकी प्रधानाध्यापकसमेत हुन् ।

Advertisement Banner
Previous Post

पुस २६देखि २८ गतेसम्म कांग्रेसको १५ औं महाधिवेशन काठमाडौंमा गर्ने निर्णय

Next Post

Nepali Congress is finally set to hold its Central General Convention on January 10–12, 2026

Editorial Team

Editorial Team

Next Post
Ruling Nepali Congress set to sweep local level polls

Nepali Congress is finally set to hold its Central General Convention on January 10–12, 2026

Recommended

मीना श्रेष्ठको कृति विमोचन र पूर्वप्रधानमन्त्रि केपी शर्मा ओलीको कविप्रति धारणा   

मीना श्रेष्ठको कृति विमोचन र पूर्वप्रधानमन्त्रि केपी शर्मा ओलीको कविप्रति धारणा  

4 years ago
प्रसिद्ध कथाकार र उपन्यासकार भवानी भिक्षुको ११३ औं जन्मजयन्ती सम्पन्न

प्रसिद्ध कथाकार र उपन्यासकार भवानी भिक्षुको ११३ औं जन्मजयन्ती सम्पन्न

4 years ago

Don't Miss

Chaudhary Group to launch $100 million Ritz-Carlton in Kathmandu

Chaudhary Group to launch $100 million Ritz-Carlton in Kathmandu

March 28, 2026
Finance Minister Wagle assumes office with reform mandate

Finance Minister Wagle assumes office with reform mandate

March 28, 2026
Former Nepal Prime Minister KP Oli arrested

Former Nepal Prime Minister KP Oli arrested

March 28, 2026
Former Home Minister Ramesh Lekhak arrested

Former Home Minister Ramesh Lekhak arrested

March 28, 2026
Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia

Copyright © 2025 Himalaya Diary.

Navigate Site

  • About Us
  • Editor In Chief
  • Contact

Follow Us

No Result
View All Result
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology

Copyright © 2025 Himalaya Diary.