Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
No Result
View All Result
No Result
View All Result
Home Feature

मतपेटिकाअघि उभिएको राष्ट्र: हामी नेताहरू बदल्दैछौँ कि केवल अनुहार?

Editorial Team by Editorial Team
April 8, 2026
in Feature, Nepal, News, Politics
0
मतपेटिकाअघि उभिएको राष्ट्र: हामी नेताहरू बदल्दैछौँ कि केवल अनुहार?
0
SHARES
91
VIEWS
Share on FacebookShare on Twitter

रन्जना निरौला

नेपाल फेरि निर्वाचनमा जाँदैछ। सडकमा झण्डा फहरिएका छन्, भाषणहरू गुञ्जिरहेका छन्, सामाजिक सञ्जालमा आरोप–प्रत्यारोपको बाढी छ। तर गम्भीर प्रश्न उठाउनैपर्छ—हामी साँच्चै नेतृत्व बदल्न खोज्दैछौँ, कि केवल पुरानै संस्कारलाई नयाँ नारामा सजाउँदैछौँ?

आदर्शको राजनीति कहाँ हरायो?

पहिले यो देशमा त्यस्ता नेताहरू थिए, जसले सत्ताभन्दा सिद्धान्त रोजे। विश्वेस्वरप्रसाद कोइरालाले जेल र निर्वासन सहेर पनि विचार त्यागेनन्। कृष्णप्रसाद भट्टराइले सादगीलाई नै राजनीतिक शक्ति बनाए। मनमोहन अधिकारीले सीमित स्रोतबीच पनि सामाजिक सुरक्षा कार्यक्रम अघि बढाए। यी नेताहरू पूर्ण थिएनन्, तर एउटा कुरा स्पष्ट थियो उनीहरुका लागि राजनीति पेशा होइन, प्रतिज्ञा थियो।

आज राजनीति कति बदलिएको छ?

आज, सिद्धान्तको ठाउँमा समीकरण, त्यागको ठाउँमा सुविधा, र नैतिकताको ठाउँमा अवसरवाद देखिन्छ। दलहरूबीचको विचारधारात्मक दूरी घटेको होइन धमिलिएको छ। आन्दोलन जितियो, संस्कार हारियो? गिरिजाप्रसाद कोइरालाको नेतृत्वमा शान्ति प्रक्रिया सफल भयो, यो ऐतिहासिक उपलब्धि हो। पुष्पकमल दाहालले सशस्त्र द्वन्द्वबाट गणतन्त्रसम्मको यात्रा तय गरे यो पनि ऐतिहासिक मोड हो तर त्यसपछि अस्थिर सरकार, दल फुट, आरोप–प्रत्यारोप, र सत्ताको अंकगणितले राजनीति थाकेको जस्तो देखिन्छ। परिवर्तनको ऊर्जा संस्थागत सुधारमा रूपान्तरण हुन सकेन।

क्रान्ति सम्भव भयो, तर सुशासन किन सम्भव भएन?

राष्ट्रवाद, विकास र ध्रुवीकरण

केपी शर्मा वलीले राष्ट्रवादको भाष्यलाई जनभावनासँग जोड्न सफल हुनुभयो। तर संवैधानिक विवाद र ध्रुवीकरणले लोकतान्त्रिक संस्कारमाथि प्रश्न उठायो। शेर बहादुर देउबा अनुभवी नेतृत्वका रूपमा देखिनुहुन्छ, तर दीर्घकालीन नीति स्थिरता र परिणाममुखी शासन किन कमजोर देखिन्छ? आजका अधिकांश नेता सत्ता टिकाउने रणनीतिमा दक्ष छन्; तर राज्य सञ्चालनमा दूरदृष्टि किन दुर्लभ छ?

समस्या नेतामा मात्र हो?

सजिलो उत्तर छ—नेता दोषी छन्। तर तीतो सत्य के हो भने—मतदाता पनि जिम्मेवार छन्। हामी जात, क्षेत्र, नातावाद, अल्पकालीन लाभ र भावनात्मक भाषणबाट प्रभावित हुन्छौँ। हामी प्रश्न सोध्न डराउँछौँ। हामी उम्मेदवारको विगत जाँच्दैनौँ।

यदि हामीले अयोग्यलाई जितायौँ भने दोष कसको ?

लोकतन्त्रमा जनता निर्दोष दर्शक होइन सक्रिय निर्णायक हुन्। मताधिकार: मौन क्रान्तिको अस्त्र हो । मतदान केवल औपचारिकता होइन यो सत्ता संरचना बदल्ने संवैधानिक हतियार हो। मतदान मात्र प्रक्रिया पनि होइन यो देशप्रति उत्तरदायित्व, समाजको विविधता र संविधानको सर्वोच्चताप्रति सम्मानको अभिव्यक्ति हो। प्रत्येक मतदाता जब सचेत, विवेकपूर्ण र उत्तरदायी निर्णय गर्छ, तब मात्र लोकतन्त्रको वास्तविक शक्ति प्रकट हुन्छ र राष्ट्रको एकता, जातीयता तथा सार्वभौमिक अधिकार सुरक्षित रहन्छ। मत नदिनु भनेको असन्तोष देखाउनु होइन यो जिम्मेवारीबाट पन्छिनु हो। मतदान नगरेको प्रत्येक नागरिकले अरूलाई आफ्नो भविष्य लेख्ने अनुमति दिएको हुन्छ।

हामीले अब प्रश्न सोध्नुपर्छ:

उम्मेदवारको सम्पत्ति विवरण पारदर्शी छ ? विगतमा उहाँले सार्वजनिक पदमा के गरे ? पार्टीको घोषणापत्र व्यवहारिक छ कि केवल चुनावी कविता ? भ्रष्टाचार, शिक्षा, स्वास्थ्य, रोजगारीमा स्पष्ट योजना छ ? भावनाले होइन, प्रमाणले निर्णय गर्ने संस्कार विकास नगरेसम्म राजनीति बदलिँदैन।

यो निर्वाचन: अनुहार कि प्रणाली?

हरेक निर्वाचनमा हामी प्रायः एउटै प्रश्न सोध्छौँ—“कसलाई जिताउँ?” तर वास्तविक प्रश्न फरक छ: हामी अनुहार परिवर्तन गर्न चाहन्छौं कि प्रणाली सुधार गर्न? नेपालमा धेरै समयसम्म राजनीति अनुहार–केन्द्रित भएको छ। लोकप्रिय नेताको भाषण, झण्डा फहराउने क्षमता वा व्यक्तिगत छवि हेरेर मत दिने चलन हावी छ। तर सत्य के हो भने अनुहार बदल्दा मात्र सत्ता फेरिन्छ, तर प्रणाली सुधार हुँदैन। अनुहार–केन्द्रित मतदान: भावनामा बहिने प्रवृत्ति। पुरानो नेताले चुनाव जित्न सक्छ, तर शासनको स्थायित्व, नीति कार्यान्वयन र जनसरोकारमा सुधार आउँदैन। प्रणाली–केन्द्रित मतदान: उम्मेदवारको क्षमता, नीति स्पष्टता, पारदर्शिता र संस्थागत सुधारलाई प्राथमिकता दिन्छ। यसले नेतृत्वलाई उत्तरदायी बनाउँछ र राष्ट्रलाई दीर्घकालीन स्थायित्व दिन्छ। नेपाल बहुजातीय, बहुसांस्कृतिक र संघीय संरचनाको देश हो। केवल अनुहार हेरेर निर्णय गर्दा सांस्कृतिक प्रतिनिधित्व, क्षेत्रीय आवश्यकताहरू र प्रशासनिक क्षमता पर्याप्त मूल्याङ्कन हुँदैन। अब सोच्ने बेला आएको छ, के हामी क्षणिक लोकप्रियता रोज्ने कि दीर्घकालीन सुधार र सुशासन?

अन्तिम प्रश्न हामी कस्तो नेपाल चाहन्छौँ?

नारामुखी कि परिणाममुखी?

भावनात्मक कि संस्थागत?

क्षणिक लोकप्रियता कि दीर्घकालीन स्थायित्व?

लोकतन्त्रको स्तर नेताले होइन मतदाताले निर्धारण गर्छ। यसपटक मतदान गर्दा सम्झिऔँ: हामी केवल प्रतिनिधि छानिरहेका छैनौँ, हामी राजनीतिक संस्कारको दिशा तय गर्दैछौँ। यदि हामीले विवेक प्रयोग गर्यौँ भने राजनीति सुध्रिन्छ। यदि हामीले भावनामा निर्णय गर्यौँ भने निराशा दोहोरिन्छ। निर्वाचन लोकतन्त्रको उत्सव हो तर यो उत्सव सफल तब हुन्छ, जब मतदाता सचेत, साहसी र जिम्मेवार हुन्छन्। अब निर्णय हाम्रो हातमा छ।

Advertisement Banner
Previous Post

मध्यपूर्वमा रहेका १७ लाख नेपाली असुरक्षाको मनोवैज्ञानिक दबाबमा

Next Post

Nepal: 3,680 polling stations declared highly sensitive

Editorial Team

Editorial Team

Next Post
HoR preparations ends: 215,000 personnel deployed

Nepal: 3,680 polling stations declared highly sensitive

Recommended

Nepal: Printing of 5 million ballot papers for PR system remaining

Nepal: Printing of 5 million ballot papers for PR system remaining

8 months ago
प्रदीप अधिकारीलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश

प्रदीप अधिकारीलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश

10 months ago

Don't Miss

Praarthanaa: An Orison for Nepal by W. J. Manares

Praarthanaa: An Orison for Nepal by W. J. Manares

September 3, 2026
Rasuwa flood: 987 bodies recovered, Over 12,000 people rescued

Govt estimates over 6,000 private houses destroyed in Bhote Koshi and Trishuli floods

September 2, 2026
Nepal flood: Death toll reaches 903

Bhote Koshi flood insurance claims reach Rs 25.87 billion

September 2, 2026
India sends fifth Air Force plane carrying 5.5 tons of medicines to Nepal for disaster relief

India sends fifth Air Force plane carrying 5.5 tons of medicines to Nepal for disaster relief

September 2, 2026
Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia

Copyright © 2025 Himalaya Diary.

Navigate Site

  • About Us
  • Contact

Follow Us

No Result
View All Result
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology

Copyright © 2025 Himalaya Diary.