शिखर इन्स्योरेन्स र एन्फाबीच सम्झौता

ठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) र शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडबीच ए डिभिजन लिगका खेलाडीहरुको समूह व्यक्तिगत दुर्घटना र समूह चिकित्सा बीमा सम्झौता भएको छ ।आइतबार सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा एन्फाका महासचिव किरण राई र शिखर इन्स्योरेन्सका सहायक महाप्रबन्धक प्रार्थना शाहीले सम्झौतापत्रमा हस्ताक्षर गरे ।

सम्झौता अनुसार शिखर इन्स्योरेन्सले खेलाडीको दुर्घटनामा मृत्यु भएमा १० लाख रुपैयाँ उपलब्ध गराउने छ । साथै दुर्घटनामा घाइते भएका लिगका पहिलो पाँच खेलाडीलाई रु ५ लाख र लिगका बाँकी खेलाडीलाई रु १ लाख ५० हजार उपचार खर्च समेत प्रदान गरिनेछ ।

यसअघिको बैठकमा ए डिभिजन क्लबहरूसँग भएको सहमतिअनुसार राष्ट्रिय टोलीका खेलाडीको प्रिमियम एन्फाले तिर्नेछ भने बाँकी खेलाडीको प्रिमियम सम्बन्धित क्लबले ब्यहोर्नु पर्नेछ ।

दुई पक्षबीच भएको सम्झौता एक वर्षको लागि मान्य हुनेछ ।

Comments are closed.