Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
No Result
View All Result
No Result
View All Result
Home Author

‘अमर भावना राष्ट्रिय स्रष्टा सम्मान-२०७८’ शिवशंकरलाई 

himalaya Diary News Service by himalaya Diary News Service
May 5, 2022
in Author, Literary Festival & Event, Literature
0
‘अमर भावना राष्ट्रिय स्रष्टा सम्मान-२०७८’ शिवशंकरलाई 
0
SHARES
22
VIEWS
Share on FacebookShare on Twitter

 

काठमाडौँ — गीतकार संघ नेपालले यस वर्षको ‘अमर भावना राष्ट्रिय स्रष्टा सम्मान–२०७८’ अग्रज गीतकार शिवशंकर थापालाई प्रदान गर्ने निर्णय गरेको छ ।

संघले बिहीबार प्रेस विज्ञप्ति जारी गर्दै थापासहित गीतकार मानबहादुर दोङ तामाङ र गीता खत्रीलाई पनि क्रमश: ‘विष्णु मनसरा घले मातृभाषा गीतकार सम्मान–२०७८’ र ‘डायस्पोरा गीतकार सम्मान–२०७८’ प्रदान गर्ने निर्णय गरेको छ । पुरस्कार राशी क्रमश: १ लाख ५१ हजार, २५ हजार २ सय बाउन्न र १५ हजार रुपैयाँ रहेको छ ।

विज्ञप्तिअनुसार नेपाली गीत लेखनमा निरन्तर साधनारत झापा बिर्तामोड निवासी थापालाई जेठ १४ गते संघको स्थापना दिवसका अवसरमा ताम्रपत्रसहित दोसल्ला ओढाएर सम्मान गरिनेछ । त्यस्तै तामाङ भाषा गीत सिंर्जनामा योगदान पुराए बापत रामेछाप निवासी गीतकार तामाङलाई नगदसहित प्रमाण पत्र प्रदान गरिनेछ । विदेशमा बसेर नेपाली गीत लेखनमा योगदान पुराएकाले हाल अमेरिकाको न्यूयोर्कमा बसोबास गर्दै आएकी गीतकार खत्रीलाई पनि संघले नगदसहित प्रमाण पत्र प्रदान गर्नेछ ।

संघले संस्थामा आबद्ध सदस्यहरुले वि.सं २०७८ मा सार्वजनिक गरेका र संस्थामा विधिवत रूपमा दर्ता भएका गीति पुस्तकहरु र गीतहरुलाई विशेष समितिले चयन गरेर स्थापना दिवसकै अवसरमा ‘वर्ष गीत पुरस्कार –२०७८’, ‘वर्ष गीत पुस्तक पुरस्कार –२०७८’ समेत प्रदान गर्नेछ । संघले छनौट गरेको उत्कृष्ट १० गीतहरुमा ‘नवी अधिकारी‘टाकिन्द्र’ को ‘खोजी रहेछ देशले’, भूपेन्द्र महतको ‘कस्ले सक्छ छल्न’ लगायतका छन् । उत्कृष्ट गीति पुस्तकहरु छनौटमा भने विरेन्द्र राईको ‘रैछाकुले म’, टिका भट्टाराई नेपालको ‘मनका रंगहरु’ र विजय कट्टेल ‘छहरा’को ‘देशकै माया लाग्छ’ छन् ।

संघले संस्थामा आवद्ध सदस्यहरुले वि.सं २०७८ मा सार्वजनिक गरेका र संस्थामा विधिवत रुपमा दर्ता भएका गीति पुस्तकहरु र गीतहरुलाई विशेष समितिले चयन गरेर स्थापना दिवसकै अवसरमा ‘वर्ष गीत पुरस्कार –२०७८’, ‘वर्ष गीत पुस्तक पुरस्कार–२०७८’ समेत प्रदान गर्नेछ । सर्वोत्कृष्ट गीत र पुस्तक कार्यक्रम स्थलमा नै घोषणा गरी प्रत्येकलाई ५७ हजार रुपैयाँ नगद पुरस्कार तथा प्रमाण पत्र प्रदान गरिने विज्ञप्तिमा भनिएको छ । स्रष्टाहरुको सिर्जनामा ऊर्जा र उत्साह थप्नका लागि संघले हरेक वर्ष सम्मान तथा पुरस्कार प्रदान गर्दै आएको संघका उपाध्यक्ष बसन्त वित्यासी थापाले बताए ।

Advertisement Banner
Previous Post

युगकविलाई तीन दिन सम्झना

Next Post

Nepal, United States signed a $659 million new “development objective” agreement

himalaya Diary News Service

himalaya Diary News Service

Next Post
Nepal, United States signed a $659 million new “development objective” agreement

Nepal, United States signed a $659 million new “development objective” agreement

Recommended

इरानका सर्वोच्च नेता मोज्तबा र राष्ट्रपति पेजेस्कियानबीच भेटवार्ता

इरानका सर्वोच्च नेता मोज्तबा र राष्ट्रपति पेजेस्कियानबीच भेटवार्ता

3 weeks ago
आज नेपाली काँग्रेस विशेष महाधिवेशन पक्षधरको काठमाडौँमा विशेष भेला

आज नेपाली काँग्रेस विशेष महाधिवेशन पक्षधरको काठमाडौँमा विशेष भेला

9 months ago

Don't Miss

Rasuwa flood: 987 bodies recovered, Over 12,000 people rescued

Govt estimates over 6,000 private houses destroyed in Bhote Koshi and Trishuli floods

September 2, 2026
Nepal flood: Death toll reaches 903

Bhote Koshi flood insurance claims reach Rs 25.87 billion

September 2, 2026
India sends fifth Air Force plane carrying 5.5 tons of medicines to Nepal for disaster relief

India sends fifth Air Force plane carrying 5.5 tons of medicines to Nepal for disaster relief

September 2, 2026
NA session endorses special motion on Bhotekoshi disaster

NA session endorses special motion on Bhotekoshi disaster

September 1, 2026
Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia

Copyright © 2025 Himalaya Diary.

Navigate Site

  • About Us
  • Contact

Follow Us

No Result
View All Result
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology

Copyright © 2025 Himalaya Diary.